![]() |
![]() |
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल शुरू गर्ने बित्तिकै मुश्लिम बाहुल्यता रहेका देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाए पछि त्यसको विरोधमा कैयौ प्रदर्शनहरु भए। सर्वोच्च अदालतले ट्रम्पको कदमको पक्षमा निर्णय गरेपछि मुश्लिम देश माथिको प्रतिबन्ध कायम राख्न ट्रम्प प्रशासनलाई आंशिक सफलता मिल्यो।
ट्रम्पले आफ्नो प्रशासनमा रहेका केहि व्यक्तिलाई पद्च्युद गरे। माइकल फ्लायन, सिन स्पाइसर, स्टिभ ब्याननहरु व्हाईट हाउसमा धेरै बेर टिक्न पाएनन। सबभन्दा बढ़ी चर्चा संघीय अनुसन्धान विभागका निर्देशक जेम्स कोमीको वर्खास्तीले पायो, त्यो निर्णय सँगै वाशिंगटन तात्यो।
![]() |
ट्रम्प प्रशासनको ठूलो उपलब्धिको रुपमा कर कटौती विधेयक दुबै सदनबाट पारित हुनुलाई मानियो, उन्ले उक्त विधेयकलाई हस्ताक्षर गरिसकेका छन र सन २०१८ देखि यो कानूनको रुपमा लागु हुदैछ। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसको प्रभावको विषयमा अहिले पनि रबर्ट मुलरको छानबीन समितिले अनुसन्धान गरिरहेको छ।
यो वर्ष अमेरिकाको ह्यूस्टन टेक्सासमा हरिकेन हार्भी र फ्लोरिडा/पोर्टो रिको मा हरिकेन मारियाले ठूलो जनधनको क्षति पुर्यायो।
सूचना प्रबिधिको क्षेत्रमा यो वर्ष एप्पलले आफ्नो बहुप्रतीक्षित फोन आईफोन १० र ८ सार्वजनिक गर्यो। यही वर्ष रोबोट सोफियालाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो।

नेपालमा यो वर्ष स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनहरु शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा सम्पन्न भए। नेपालको संबिधान जारी भए पछि त्यसको कार्यान्वयनको लागि सम्पन्न भएका ती निर्वाचनहरुले नेपाललाई विकाश र सम्बृद्धिको दिशातर्फ अघि बढाउन कोशेढुङ्गा सावित हुनेछ।
यहाँहरु सबैमा आउदै गरेको अंग्रेजी नववर्ष २०१८को हार्दिक मंगलमय शुभकामना।