 |
नेकपा एमालेका अध्यक्ष एवम भूतपूर्व प्रधानमन्त्रि केपी शर्मा ओली |
नेपालमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४मा नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनलाई पछि पार्दै नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धन दुई तिहाई सिट जित तर्फ अघि बढीरहेकोछ। नेपाली कांग्रेस हस्तीहरु नै निर्वाचनमा नराम्रो संग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवा माथि राजीनामाको दबाब बढ्दै गएको चर्चा शुरू हुन थालेकोछ। प्रतिनिधि सभामा निर्वाचित युवानेता गगन थापाले अनलाईन खबर संगको कुराकानीमा पार्टीका पहिलो पंक्तिका नेताहरुले नेतृत्व दोश्रो पुस्तालाई सुम्पनु पर्ने र राष्ट्रिय महाधिबेशन बोलाइनु पर्ने बताएका छन। उन्ले पार्टीको हारबारे केन्द्रिय समितिमा समीक्षा गरिने साथै अब यही ढंगले कांग्रेस अघि बढ़न नसक्ने पनि बताएका छन।
निर्वाचनको पछिल्लो परिणाम अनुसार केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचन्ड,शेरबहादुर देउवा,गगन थापा,प्रकाशमान सिंह,शशांक कोईराला,माधव नेपाल,झलनाथ खनाल,डा.बाबुराम भट्टराई,योगेश भट्टराई,जनार्दन शर्मा,कृष्णबहादुर महरा,राम कार्की,विना मगर,लालबाबु पन्डित, ,महेश बस्नेत,अग्नी सापकोटा,हरिबोल गजुरेल,मिनेन्द्र रिजाल,राजेन्द्र महतो,अनिल झा,उपेन्द्र यादव,नवराज सिलवाल,ज्ञानेन्द्र बहादुर कार्की,रविन्द्र अधिकारी,महन्थ ठाकुर,सुवाशचन्द्र नेम्वाङ,ईश्वर पोख्रेल लगायतका नेताहरु प्रतिनिधि सभामा निर्वाचित भएकाछन भने चर्चित राजनैतिक छवि भएका रामचन्द्र पौडेल,कृष्णप्रसाद सिटौला,शेखर कोइराला,बिमलेन्ध्र निधी,प्रकाशशरण महत,महेश आचार्य,नविन्द्रराज जोशी,वामदेव गौतम,रविन्द्र मिश्र,नारायणकाजी श्रेष्ठ,विश्वप्रकाश शर्मा,कमल थापा,विक्रम पाण्डे, पूर्णबहादुर खड्का जस्ता नेताहरुले भने निर्वाचनमा पराजय व्यहोर्नु परेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा वाम गठबन्धनले स्पस्ट बहुमत सहितको सरकार बनाउने नतिजा आईरहेको छ। समानुपातिक तर्फको नतिजा पनि प्रत्यक्ष जस्तै आएको खण्डमा वाम गठबन्धनको दुई तिहाई पुग्ने निश्चित देखिन्छ। दुई तिहाईको नतीजाले वाम गठबन्धनलाई स्थाई र शक्तिशाली सरकार गठनमा सहयोग मिल्नेछ भने संविधान संशोधन गर्न सक्ने संबैधानिक अधिकार पनि सुनिश्चित हुनेछ। नेपाली कांग्रेस आगामी पाँच वर्षको लागि प्रतिपक्षको भूमिकामा आउदै गर्दा नेकपा एमालेका अध्यक्ष एवम भूतपूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा हेर्न थालिएकोछ।
No comments:
Post a Comment