विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

December 09, 2017

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा हिमपात शुरू

वाशिंगटन डिसी, अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा शनिबार विहानबाट हिमपात शुरू भएको छ।  राष्ट्रिय मौसम विभागका अनुसार १ देखि ३ इन्च सम्मको हिमपात हुने अनुमान गरिएको छ।  घर, आँगन र सडकहरु हिउँले भरिन थालिसकेका छन।  क्रिसमस पर्व शुरू हुनु पूर्व हिमपात हुनुपर्ने परम्परागत विश्वास रहीआएको छ। विगत वर्षहरु भन्दा यो पटक चाडै हिमपात शुरू भएको हो।  

December 07, 2017

सिनेटर अल फ्रयांकनको राजीनामा

सिनेटर अल फ्रयांकन
वासिंगटन डिसी,एक पछि अर्को महिलालाई  यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सिनेटमा प्रभावशाली उपस्थिति जनाई रहेका डेमोक्र्याटिक सिनेटर अल फ्रयांकनले आगामी हप्ता राजीनामा दिने बताएका छन्। आफ्नै पार्टीका सिनेटरहरूबाट चर्को दबाब आएपछि अन्तत उनी राजीनामाको मनस्थितिमा पुगेका हुन्। हास्य जगतबाट आफ्नो पेशा शुरू गरेका फ्रयांकनलाई ‘स्याटर्डे नाईट लाईभ ले चर्चाको शिखरमा पुर्याएको थियो।बिहिवार सिनेटमा आफ्नो भनाई राख्दै ‘ आफू जादै गरेको तर यौन दुर्व्यवहार गरेको कुरा रेकर्ड सार्वजनिक भएको मान्छे ओभल अफिसमा बसिरहेको अनि स्त्री माथि बारम्बार यौन दुर्व्यवहार गरेको मान्छे सिनेटको लागि पार्टीको समर्थनमा अभियान चलाईरेहेको छ’ भनेर राष्ट्रपति ट्रम्प र सिनेटका उम्मेदवार रोय मोर माथि संकेत गर्दै उन्ले भने। मिनिसोटा सिनेटरको राजीनामा पछि त्यहाँका गभर्नर मार्क डेटनले सन् २०१८ को चुनावसम्मको लागि अस्थाई सिनेटर नियुक्त गर्नेछन्। #मिटु भन्ने ह्यासट्याग सामाजिक संजालमा अभियानको रुपमा देखा परे सँगै  यौन दुर्व्यवहारका आरोपहरू एक पछि अर्को गर्दै बाहिर आईरहेका छन्। यस वर्षको टाईम वर्ष व्यक्ति २०१७को उपमा पनि तिनै यौन दुर्व्यवहारबारे मौनता भंगगर्ने महिलाहरूलाई दिने टाईम पत्रिकाले घोषणा  गरिसकेकोछ।
श्रोत:सीएनएन 

December 06, 2017

ट्रम्पद्वारा जेरूसेलम इजरायलको राजधानी भएको विवादस्पद घोषणा

वाशिंगटन डिसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको राजधानी जेरूसेलम भएको विवादस्पद घोषणा गरेका छन। यसका साथै ट्रम्पले टेलअभिभमा रहेको अमेरिकन राजदुतावासलाई विवादस्पद भूमि जेरूसेलममा सार्ने बताएका छन।  'इजरायल अरु सार्वभौम देश जस्तै सार्वभौम देश हो जस्लाई आफ्नो राजधानी कहाँ राख्ने भन्ने अधिकार छ' राष्ट्रपति ट्रम्पले व्हाइट हाउसको कूटनीतिक कक्षमा  आयोजित पत्रकार सम्मेलनमा भने। उक्त घोषणाले मुस्लिम विश्वमा नराम्रो तरंग फैलाई दिएको छ।   
सन १९४८मा स्थापना भएको इजरायलको राजधानीको रुपमा जेरूसेलमलाई अमेरिका सहित विश्व जगतले स्वीकार गरेका थिएनन्। यस घोषणा पछि जेरूसेलमलाई इजरायलको राजधानी स्वीकार्ने अमेरिका पहिलो राष्ट्र हुनेछ। उक्त घोषणाले  इजरायल र प्यालेस्टाइन बीचको शान्ति प्रक्रिया खल्बलिन सक्ने खतरा बढेर गएकोछ।
श्रोत:वाशिंगटनपोष्ट

'मौनता भंग गर्नेहरु' टाईमको वर्ष व्यक्ति २०१७

यस वर्ष टाईमले वर्ष व्यक्ति २०१७को उपमा यौन हिंसा बारेमा मौनाता भङ गर्ने महिलाहरुलाई प्रदान गरेकोछ। वर्षौ देखि यौन हिंसाको शिकार भएका महिलाहरुले  एक पछी अर्को गर्दै आफ्ना कथाहरु बाहिर लिएर आएका थिए। जस्ले अन्तराष्ट्रिय रुपमा अहिले एउटा सामाजिक आन्दोलनको रुप लिईरहेको छ।सामाजिक संजालहरु #मिटु भन्ने ह्यास्ट्यागले भरिएकाछन्।
अहिले हलिवुडका नाम कहलिएका हस्ती, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरु माथि पुराना यौन हिंसाका आरोपहरु लागिरहेछन्। ति आरोपहरु पछि कतीले आफ्ना कार्यस्थल बाट बिदा पाई सकेका छन भने कतिपय बिदा लिने क्रममा छन्। मौनता भंग गर्ने महिलाहरु लाई उनिहरुको सहासको उच्च मुल्याङ्कन गर्दै यो उपमा दिएको हो। टाईम वर्ष व्यक्तित्वको दोश्रो र तेश्रो स्थानमा क्रमश: अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपती सि जिन्पिङ छन। टाईमले बुधवार बिहान एनबिसिको 'टुडे' कार्यक्रममा उक्त घोषणा गरेको हो।
श्रोत:न्यूयोर्कटाईम्स

December 05, 2017

क्यालिफोर्नियामा जङली आगोले भयानक रुप लियो

लसएन्जेल्स, तेश्रो पटक दक्षिण क्यालिफोर्नियामा जङली आगोले भयानक रुप लिएर २०० एकरभन्दा बढी जमिन सखाप पार्दै मुख्य राजमार्गहरु बन्द गराईदिएको छ। उक्त आगो ३०माइल प्रतीघन्टाको दरले अघी बढीरहेको बताइन्छ। अहिले सम्म १५० सम्रचना जलेर नस्ट भाईसकेको छ भने २७,००० मनिसलाई सुरक्षित स्थानमा सारीएकोछ। गत अक्टोबरको जङली आगोमा परी ४४ मनिसको मृत्‍यु हुनुका साथै ८९०० घरहरु जलेर नस्ट भएका थिए।
श्रोत:सिबियस

रसियालाई सन् २०१८को ओलम्पिकमा प्रतिबन्ध

सन् २०१८मा चीनको प्यओङचङ्गामा आयोजना हुन लगेको शितकालिन ओलम्पिकमा रसिया माथि प्रतिबन्ध लगेको छ। अन्तरास्ट्रिय ओलम्पिक कमिटीले डोपिङको आरोपमा रसिया माथि यो प्रतिबन्ध लगाएको हो।रसियालाई खेलाडीलाई शक्तीबर्धक औषधी प्रयोग गर्न लगाएको आरोप छ।  अाईओसी मंगलवार जारी गरेको वक्तब्यमा रसियन खेलाडीहरुले रुसको झन्डा बोकेर खेल्न नपाए पनि स्वतन्त्र रुपमा भने खेल्न पाउने छन। प्रतिबन्धबारे रसियाका राष्ट्रपती व्लादिमिर पुटिनको प्रतिकृया आई सकेको छैन। 
         श्रोत:एनबीसी

December 03, 2017

सिभियसले एट्नालाई ६९ बिलियन डलरमा किन्ने पक्का

अमेरिकी औषधि बिक्रेता सिभियसले स्वास्थ्य बिमा कंपनी एट्नालाई ६९ बिलियन डलरमा किन्ने पक्का भएकोछ। यसबाट सिभियसलाई थप ग्राहक सम्म पुग्न  र आफ्ना नियमित ग्राहकलाई आफैसंग कायम राख्न मद्दत पुग्नेछ। एट्नाको प्रति शेयरलाई  २०७ डलर तिर्न सिभियस राजी भएको हो।
सिभियस संग ९,७०० वटा औषधी पसल र १,१०० वटा वाक इन क्लिनिक रहेकोछ भने एट्नाले २२ मिलियन ग्राहकलाई स्वास्थ्य बिमा सेवा दिदै आएको थियो। अब सिभियसको प्रतिस्पर्धा अर्को ठूलो कम्पनी यूनाइटेड हेल्थकेयर संग हुनेछ,जसले गर्दा औषधिको मूल्य घट्ने अनुमान गरिएकोछ।  
श्रोत:एपी 

नायक राजबल्लभ कोइराला वैवाहिक बन्धनमा

तस्विर सौजन्य:रमेश खनालको फेसबुकबाट 

वाशिंगटन डिसी- नेपाली चलचित्रमा  एक समयका  स्थापित नायक राजबल्लभ  कोइराला वैवाहिक बन्धनमा बांधिएका छन।  हाल अमेरिकामा बस्दै आएका नायक कोइरालाको अमेरिका निवासी प्रतिमा बिमली संग लगनगाँठो जुरेको हो। नायक कोइरालाले इंस्टाग्राममा जन्ति लिएर बेहुलीको घर जादै गरेको तस्वीर राख्दै विवाहको औपचारिक जानकारी सामाजिक संजालमा सार्बजनिक गरेका हुन। नव विवाहित दम्पतिलाई विश्वचौतरी टिम हार्दिक बधाई एबम शुभकामना ब्यक्त गर्दछ।

तस्विर सौजन्य:राजबल्लव कोइरालाको फेसबुकबाट

अमेरिकी सिनेटमा पेश भएको कर सम्बन्धी बिधेयक ५१/४९ मतले पारित

Image result for tax cut and jobs act in senate
वाशिंगटन डिसी-अमेरिकी माथिल्लो सदन सिनेटमा पेश भएको कर कटौती र काम सम्बन्धी बिधेयक ५१/४९ मतले पारित भएको छ।  शुक्रबार राति अबेर सम्म चलेको बहसमा डेमोक्रेट्स सिनेटर हरुले बिधेयकको चर्को आलोचना गरेका थिए। शनिबार बिहान करीब २ बजे पारित भएको उक्त बिधेयकको बिपक्षमा रिपब्लिकन सिनेटर बब क्रोकरले मतदान गरे। ऊनि राष्ट्रपति ट्रम्पको चर्को आलोचक मानिन्छन। अब तल्लो र माथिल्लो सदन मिलेर बिधेयकलाई अन्तिम रूप दिने काम हुनेछ। 
संयुक्त बिधेयक दुबै सदनमा पास भए पछि हस्ताक्षरको लागि राष्ट्रपति ट्रम्पसमक्ष  जानेछ। राष्ट्रपतिबाट हस्ताक्षर भए पछि उक्त बिल कानूनको रूपमा  लागु हुनेछ। उक्त कानून लागु भएको खण्डमा धनिहरुको ब्यापारिक करमा ब्यापक कटौती हुनेछ भने यस्ले ७५,००० डलर भन्दा कम आम्दानी गर्ने ब्यक्ति/परिवारको कर बढाउने निश्चित छ। 

Featured Post (चित्रित पोस्ट)

BishwaArt