विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

December 16, 2017

कर विधेयकको संयुक्त दस्तावेज सार्वजनिक, के के छन कर विधेयकमा?

वाशिंगटन डिसी,अन्तिम समयमा रिपब्लिकन सिनेटरहरु मार्को रुबियो,माइक लि,बब  क्रोकर,जेफ फ्लेकले  कर विधेयकको पक्षमा भोट गर्ने जनाए पछी अर्को हप्ता कर विधेयक पास हुने निश्चित भएको हो।  शुक्रबार साँझ अमेरिकी कंग्रेस र सिनेटको संयुक्त कर विधेयकको दस्तावेज सार्वजनिक भएको थियो। सिनेटरहरु मार्को रुबियो र माइक लि ले बालबालिका कर सहुलियत नबढाएको खण्डमा विधेयकको विपक्षमा मतदान गर्ने जनाए पछि वाशिंगटनमा तरंग फैलिएको थियो। उक्त मागको सम्बोधन गर्दै बालबालिका कर सहुलियत प्रस्तावित ११०० डलरबाट बढाएर १४०० डलर पुर्याइएको छ। 
सिनेटमा पास भएको कर विधेयकको पहिलो भर्सनको  विपक्षमा एक मात्र रिपब्लिकन सिनेटर बब  क्रोकरले मतदान गरेका थिए, तर यो कर विधेयकको संयुक्त दस्तावेजलाई भने उन्ले समर्थन गर्ने जनाई सकेकाछन। सार्वजनिक भएको कर विधेयकमा धनिहरुको कर्पोरेट कर ३५% बाट घटाएरा २१% बनाइएको छ। ओबामाकेयर लागु भएपछिको अनिवार्य स्वास्थ्य वीमा हुनै पर्ने प्रावधान हटाइएको छ। आगामी हप्ता क्रिसमसको विदा हुनु पूर्व दुवै सदनबाट विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पको टेबलमा हस्ताक्षरको लागि जानेछ। यो राष्ट्रपति ट्रम्पका लागि कार्यकालको पहिलो संवैधानिक विजय हुनेछ।भर्खरै भर्जिनिया,न्यूजर्सी र अलबामा राज्यहरुमा भएको  चुनावमा रिपब्लिकन पार्टीको हारले कर विधेयक पास गर्नै पर्ने दबाब रिपब्लिकन पार्टीमा बढेर गएको थियो। रिपब्लिकनहरुलाई आगामी वर्ष २०१८को मध्यचुनावमा अहिले दुबै सदनमा रहि आएको बहुमत गुम्ने डर छ। डेमोक्र्याट्सहरुले कर विधेयकले धनिहरुलाईमात्र फाइदा हुने र मध्यम वर्गीय परिवारलाई मार पर्ने भन्दै चर्को आलोचना गरेकाछन।   

No comments:

Post a Comment

Featured Post (चित्रित पोस्ट)

BishwaArt