![]() |
सिनेटर अल फ्रयांकन |
वासिंगटन डिसी,एक पछि अर्को महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सिनेटमा प्रभावशाली उपस्थिति जनाई रहेका डेमोक्र्याटिक सिनेटर अल फ्रयांकनले आगामी हप्ता राजीनामा दिने बताएका छन्। आफ्नै पार्टीका सिनेटरहरूबाट चर्को दबाब आएपछि अन्तत उनी राजीनामाको मनस्थितिमा पुगेका हुन्। हास्य जगतबाट आफ्नो पेशा शुरू गरेका फ्रयांकनलाई ‘स्याटर्डे नाईट लाईभ ले चर्चाको शिखरमा पुर्याएको थियो।बिहिवार सिनेटमा आफ्नो भनाई राख्दै ‘ आफू जादै गरेको तर यौन दुर्व्यवहार गरेको कुरा रेकर्ड सार्वजनिक भएको मान्छे ओभल अफिसमा बसिरहेको अनि स्त्री माथि बारम्बार यौन दुर्व्यवहार गरेको मान्छे सिनेटको लागि पार्टीको समर्थनमा अभियान चलाईरेहेको छ’ भनेर राष्ट्रपति ट्रम्प र सिनेटका उम्मेदवार रोय मोर माथि संकेत गर्दै उन्ले भने। मिनिसोटा सिनेटरको राजीनामा पछि त्यहाँका गभर्नर मार्क डेटनले सन् २०१८ को चुनावसम्मको लागि अस्थाई सिनेटर नियुक्त गर्नेछन्। #मिटु भन्ने ह्यासट्याग सामाजिक संजालमा अभियानको रुपमा देखा परे सँगै यौन दुर्व्यवहारका आरोपहरू एक पछि अर्को गर्दै बाहिर आईरहेका छन्। यस वर्षको टाईम वर्ष व्यक्ति २०१७को उपमा पनि तिनै यौन दुर्व्यवहारबारे मौनता भंगगर्ने महिलाहरूलाई दिने टाईम पत्रिकाले घोषणा गरिसकेकोछ।
श्रोत:सीएनएन
No comments:
Post a Comment