![]() |
आगलागी नियन्त्रण गर्दै वारुणयन्त्र सहित अग्नि नियन्त्रकहरु |
न्यूयोर्क, तीन वर्षीय बच्चाले चुल्होमा आगोसंग खेल्दा फैलिएको आगलागीमा परि पाँच तल्ले एक अपार्टमेन्ट घरमा पाँच बालबालिका सहित १२ जनाको मृत्यु भएको छ भने कैयौ व्यक्ति घाइते भएकाछन।
आगो बिहीबार साँझ ७ बजेको समयमा शुरू भएको थियो। अपार्टमेन्टको पहिलो तल्लाको भान्सामा खेलिरहेको बच्चा आगो देखेर चिच्याए पछि मात्र बच्चाको आमालाई थाहा भएको थियो,लगत्तै ऊनी बच्चालाई लिएर ढोका खुल्लै छाडी भागेकी थिइन। खुल्ला ढोकाबाट चिम्नीको रुपमा क्षणभरमै आगो पुरै अपार्टमेन्टमा फैलिएको थियो। न्यूयोर्कमा २५ वर्ष यता कै खतरनाक आगलागीको रुपमा यसलाई लिईएको छ। यस आगलागीमा नेपाली परे/नपरेको विवरण भने प्राप्त भैसकेको छैन। घटनाबारे अनुसन्धान जारी छ।
No comments:
Post a Comment