विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

December 16, 2017

कर विधेयकको संयुक्त दस्तावेज सार्वजनिक, के के छन कर विधेयकमा?

वाशिंगटन डिसी,अन्तिम समयमा रिपब्लिकन सिनेटरहरु मार्को रुबियो,माइक लि,बब  क्रोकर,जेफ फ्लेकले  कर विधेयकको पक्षमा भोट गर्ने जनाए पछी अर्को हप्ता कर विधेयक पास हुने निश्चित भएको हो।  शुक्रबार साँझ अमेरिकी कंग्रेस र सिनेटको संयुक्त कर विधेयकको दस्तावेज सार्वजनिक भएको थियो। सिनेटरहरु मार्को रुबियो र माइक लि ले बालबालिका कर सहुलियत नबढाएको खण्डमा विधेयकको विपक्षमा मतदान गर्ने जनाए पछि वाशिंगटनमा तरंग फैलिएको थियो। उक्त मागको सम्बोधन गर्दै बालबालिका कर सहुलियत प्रस्तावित ११०० डलरबाट बढाएर १४०० डलर पुर्याइएको छ। 
सिनेटमा पास भएको कर विधेयकको पहिलो भर्सनको  विपक्षमा एक मात्र रिपब्लिकन सिनेटर बब  क्रोकरले मतदान गरेका थिए, तर यो कर विधेयकको संयुक्त दस्तावेजलाई भने उन्ले समर्थन गर्ने जनाई सकेकाछन। सार्वजनिक भएको कर विधेयकमा धनिहरुको कर्पोरेट कर ३५% बाट घटाएरा २१% बनाइएको छ। ओबामाकेयर लागु भएपछिको अनिवार्य स्वास्थ्य वीमा हुनै पर्ने प्रावधान हटाइएको छ। आगामी हप्ता क्रिसमसको विदा हुनु पूर्व दुवै सदनबाट विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पको टेबलमा हस्ताक्षरको लागि जानेछ। यो राष्ट्रपति ट्रम्पका लागि कार्यकालको पहिलो संवैधानिक विजय हुनेछ।भर्खरै भर्जिनिया,न्यूजर्सी र अलबामा राज्यहरुमा भएको  चुनावमा रिपब्लिकन पार्टीको हारले कर विधेयक पास गर्नै पर्ने दबाब रिपब्लिकन पार्टीमा बढेर गएको थियो। रिपब्लिकनहरुलाई आगामी वर्ष २०१८को मध्यचुनावमा अहिले दुबै सदनमा रहि आएको बहुमत गुम्ने डर छ। डेमोक्र्याट्सहरुले कर विधेयकले धनिहरुलाईमात्र फाइदा हुने र मध्यम वर्गीय परिवारलाई मार पर्ने भन्दै चर्को आलोचना गरेकाछन।   

December 13, 2017

अलाबामा सिनेट निर्वाचनमा डेमोक्रयाटिक डग जोन्सद्वारा रिपब्लिकन रोय मोर पराजित

रिपब्लिकन रोय मोर र डेमोक्र्याटिक डग जोन्स
अमेरिकाको अलाबामा राज्यको सिनेटको निर्वाचनको नतिजा भर्खरै प्राप्त भएकोछ। यौन दुर्व्यवहारको आरोप खेपिरहेका रिपब्लिकन उम्मेदवार रोय मोरलाई डेमोक्रयाटिक डग जोन्सले पराजित गरेकाछन्। साह्रै प्रतिस्पर्धात्मक  मानिएको उक्त निर्वाचनमा डेमोक्रयाटिक पार्टीको उम्मेदवारले २० वर्ष पछि पहिलोपल्ट सिनेटको सिट सुरक्षित गरेकाछन्।यस नतिजाले सिनेटमा अब रिपब्लिकन र डेमोक्रयाट्सको सिट संख्या ५१-४९ हुनेछ। जेफ सेसन्स महान्यायधिवक्ता भएपछि सिनेटबाट उन्ले राजीनामा दिएका  थिए।सिनेटको उक्त रिक्तस्थानमा  पदपूर्तिको लागि डिसेम्बर १२ तारिखमा निर्वाचन तोकिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले रोय मोरलाई समर्थन गरेका थिए।रिपब्लिकन पार्टीले सिनेटको एक सिट गुमाएपछि ट्रम्प प्रशासनलाई सिनेटमा विचाराधीन कर नीति सम्बन्धि परिमार्जित विधेयक पास गराउन चुनौती थपिएकोछ।

December 11, 2017

न्यूयोर्कमा आत्मघाती बम विष्फोट,आक्रमणकारी बंगलादेशी नागरिक भएको पुस्टि

न्यूयोर्क, सोमबार विहान ७:२० बजेको व्यस्त समयमा न्यूयोर्क पोर्ट अथोरिटीको बस टर्मिनलमा पाइप बम विष्फोट भएकोछ। घटनामा परि संदिग्घ आक्रमणकारी सहित केही व्यक्ति घाईते भएका छन्।घटना लगत्तै उक्त क्षेत्रमा पुलिस,एफबिआई र अग्नि नियन्त्रकहरूको बाक्लो उपस्थित रहेको थियो।सडकहरु केहि समयका लागि बन्द गरिएका थिए। अधिकारीहरूले आत्मघाती आक्रमण गर्ने  घाईते आक्रमणकारीलाई  नियन्त्रणमा लिएको बताएका छन। पाईपबम विस्फोट गराउने व्यक्ति बंगलादेशी मुलको २७ वर्षिय नागरिक अकायद उल्लाह भएको र उस्ले वम विस्फोट गर्दै गर्दाको  भिडियो न्यूयोर्क प्रहरीद्वारा  सार्वजनिक गरिएको छ। आप्रवासी भिसामा सन २०११मा अमेरिका आएको उक्त व्यक्ति ब्रुकलिनमा बस्दै आएको थियो। इलेक्ट्रीशियनको  काम गर्ने आक्रमणकारीले  आफु आईएसआईएसबाट प्रेरित भएको र मुस्लिम माथि अमेरिकाले गरेको हमलाको बदला स्वरुप आक्रमण गरेको प्रहरीलाई बताएको छ।  

December 10, 2017

वाम गठबन्धन दुई तिहाईतर्फ,केपी शर्मा ओली भावी प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष एवम भूतपूर्व प्रधानमन्त्रि  केपी शर्मा ओली
नेपालमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४मा नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनलाई पछि पार्दै नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धन दुई तिहाई सिट जित तर्फ अघि बढीरहेकोछ। नेपाली कांग्रेस हस्तीहरु नै निर्वाचनमा नराम्रो संग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवा माथि राजीनामाको दबाब बढ्दै गएको चर्चा शुरू हुन थालेकोछ। प्रतिनिधि सभामा निर्वाचित युवानेता गगन थापाले अनलाईन खबर संगको कुराकानीमा पार्टीका पहिलो पंक्तिका नेताहरुले नेतृत्व दोश्रो पुस्तालाई सुम्पनु पर्ने र राष्ट्रिय महाधिबेशन बोलाइनु पर्ने बताएका छन। उन्ले पार्टीको हारबारे केन्द्रिय समितिमा समीक्षा गरिने साथै अब यही ढंगले कांग्रेस अघि बढ़न नसक्ने पनि बताएका छन। 
निर्वाचनको पछिल्लो परिणाम अनुसार केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचन्ड,शेरबहादुर देउवा,गगन थापा,प्रकाशमान सिंह,शशांक कोईराला,माधव नेपाल,झलनाथ खनाल,डा.बाबुराम भट्टराई,योगेश भट्टराई,जनार्दन शर्मा,कृष्णबहादुर महरा,राम कार्की,विना मगर,लालबाबु पन्डित, ,महेश बस्नेत,अग्नी सापकोटा,हरिबोल गजुरेल,मिनेन्द्र रिजाल,राजेन्द्र महतो,अनिल झा,उपेन्द्र यादव,नवराज सिलवाल,ज्ञानेन्द्र बहादुर कार्की,रविन्द्र अधिकारी,महन्थ ठाकुर,सुवाशचन्द्र नेम्वाङ,ईश्वर पोख्रेल  लगायतका नेताहरु प्रतिनिधि सभामा निर्वाचित भएकाछन भने चर्चित राजनैतिक छवि भएका रामचन्द्र पौडेल,कृष्णप्रसाद सिटौला,शेखर कोइराला,बिमलेन्ध्र निधी,प्रकाशशरण महत,महेश आचार्य,नविन्द्रराज जोशी,वामदेव गौतम,रविन्द्र मिश्र,नारायणकाजी श्रेष्ठ,विश्वप्रकाश शर्मा,कमल थापा,विक्रम पाण्डे, पूर्णबहादुर खड्का जस्ता नेताहरुले  भने निर्वाचनमा पराजय व्यहोर्नु परेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा वाम गठबन्धनले स्पस्ट बहुमत सहितको सरकार बनाउने नतिजा आईरहेको छ।  समानुपातिक तर्फको नतिजा पनि प्रत्यक्ष जस्तै आएको खण्डमा वाम गठबन्धनको दुई तिहाई पुग्ने निश्चित देखिन्छ। दुई तिहाईको नतीजाले वाम गठबन्धनलाई  स्थाई र शक्तिशाली सरकार गठनमा सहयोग मिल्नेछ भने संविधान संशोधन गर्न सक्ने संबैधानिक अधिकार पनि सुनिश्चित हुनेछ। नेपाली कांग्रेस आगामी पाँच वर्षको लागि प्रतिपक्षको भूमिकामा आउदै गर्दा नेकपा एमालेका अध्यक्ष एवम भूतपूर्व प्रधानमन्त्रि  केपी शर्मा ओलीलाई  भावी प्रधानमन्त्रीको रुपमा हेर्न थालिएकोछ। 

Featured Post (चित्रित पोस्ट)

BishwaArt