हिन्दु धर्मावलम्बीहरुले पवित्र मानेर पूजाआजामा प्रयोग गर्ने स्वस्तिक चिन्ह अब देखि अमेरिकामा प्रयोग गर्दा ध्यान पुर्याउनु होला, किनकि स्वस्तिक चिन्ह अहिले स्वेत सर्वोच्चता वकालत गर्ने नियो नाजी,केकेके जस्ता समूहहरुले प्रयोग गरिरहेछन। यो चिन्ह हिटलरको नाजी पार्टी र नाजी जर्मनीले दोश्रो विश्वयुद्द पहिला प्रयोगमा ल्याएको थियो।

गत शुक्रबार मात्र स्वस्तिक चिन्हको विवादले भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा रहेको रेस्टन शहरमा दुई जनाको ज्यान गएको छ। नजिकैको पार्कमा स्वस्तिक चिन्ह बनाउने ब्यक्तिले प्रेमिकालाई सोही कारणले भेट्न नपाएपछि उक्त ब्यक्तिले प्रेमिकाको आमाबुवालाई गोलीहानी हत्या गरेको थियो र पछि आफैलाई गोली हानेको थियो।
अमेरिकामा रहदा आफ्नो घर बाहिर पूजाआजा गर्दा देखिने गरि स्वस्तिक चिन्ह नबनाउदा नै राम्रो, यदि बनाउनै परे पूजाकोठाको वरिपरि बनाउँदा ठिक हुनेछ। आफ्नो शरीरमा देखिने गरि स्वस्तिक चिन्हको टाटु बनाउनु भएको छ भने अब सार्वजनिक ठाउँमा जादा भने अवश्य विचार पुर्याउनु पर्नेछ।