विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Don't forget to subscribe for new post and updates.

2/10/2019

उपन्यास अंश 'छुटेको रेल'-'पौंड तर नडुब'


'पौंड तर नडुब' लिनाले मलाई बारम्बार भनिरहेकी हुन्थिन। तर म उन्को वासनामा डुबिरहेको थिए। फोन र
टेक्स्टको क्रम बढ्न थालेको थियो।लिना फुर्सदिली थिइन। उन्लाई कुनै कुराको कमी थिएन। जुन कुराको कमि थियो त्यो मैले पुरा गरिरहेकै थिए बेलाबेलामा। लिनाको छोरा म उन्कै घरमा भएको बेला आएको घटनापछि म उन्को घर जान डर मानिरहेको हुन्थे।म खुकुरीको धारमा हिडिरहेको थिए। एउटा विवाहित महिलासँग मेरो सम्बन्धबारे यदि उन्को पतिलाई यो कुरा थाहा भएको खण्डमा मैले ठूलो मूल्य चुकाउनु पर्ने निश्चित थियो। म आगोको भुंग्रो भित्र छिरिरहेको थिए। म आफै कारक थिए त्यो आगोको। लिनाले त्यो आगोमा घ्यू थपिरहेकी थिइन्।

नियमित जस्तै काम सकिएपछि उन्को फोन बज्छ। म कामले थकित छु। रोशन नेपाल गएदेखि मेरो कामको चाप अलि बढेको छ। म केही ढिला फोन उठाउछु।

'कति साह्रो व्यस्त भको तिमी? किन फोन नउठाएको?' उनी घुर्कीको भाषामा छिन्।

'भर्खर त कामबाट निस्कदै छु,म फोन गरि हाल्थे नि, किन हतारिएको तिमी?' मेरो बोलीमा केही थकान मिसिएकोछ।

'मलाई कस्तो भेट्न मन लागेकोछ, तिमीलाई भेट्न मन लागेको छैन? ' उन्को बोली केही अघिको भन्दा केही नम्र छ।

'घरमा त मलाई अाउन डर लाग्यो, बाहिर हो भने आउछु नि, तर कोठामा गएर नुहाउनु छ, कामले गनाएको शरीर लिएर के आउनु' म कोठामा गएर जाने योजना बनाउदैछु।

'केही गनाउदैन तिम्रो शरीर, किन समय खेर फाल्छौ घर गएर,सिधै आउ कामबाटै' उन्को अनुरोध सिधै आउ भन्नेछ।

'हुन्छ म हिडे, घर बाहिर बसि राख, बाहिर कतै जाउला' यति भनेर मैले गाडी स्टार्ट गरे।

गर्मीको समय छ। मेरो पुरानो गाडीको एसीले राम्ररी काम गर्दैन। म झ्यालबाट दुबैतिरका सिसा खोल्छु। गाडीको गति बढेपछि केही चिसो हावा भित्र छिर्छ। मलाई कुनै हतार छैन।म बिस्तारै बिस्तारै गाडीको गति बढाउदै जान्छु।

म उन्को घर अगाडी छु। रोडको साइडमा गाडी रोकेर बसेकोछु। लिना घर भित्रै छिन्। मैले फोन हेरिरहेछु। उन्को कुनै अत्तोपत्तो नभएपछि फोन लगाए। उनी कुन कपड़ा लगाएर जाने दोधारमा रैछिन।

'शरीर छोप्ने जे लगाए नि भो नि हामी पार्टीमा जान लाग्या हैनौ है' मेरो कुरा केही व्यंग्यात्मक छ।

'छोपेरै आउने हो' उनी मेरो जवाफ दिन्छिन।

जिन्सप्यान्ट र टिसर्टमा छिन् उनी आज। मेरो कारभित्र छिर्छिन्। शरीरमा उन्को अत्तर केही बढी प्रयोग भएकोछ।

'अब कता जाने त? घरमा आउन डराई हाल्यौ' उन्को प्रश्नमा मुस्कान मिसिएकोछ।

'हिड्दै जाउ कहि त पक्कै पुगिएला नि' मेरो उत्तरमा केही अनिश्चितता छ। मेरो गाडी अघि बढ्छ। उनी एउटा हात मेरो घुडामा ल्याएर राख्छिन्।

'गाडी चालकलाई डिस्टर्व गर्न पाइन्न' उन्को स्पर्शलाई मेरो कडा जवाफ छ। उनी हाँस्दै मेरो हातलाई समाउछिन। म हात छुटाउन खोज्छु। हामी गाडी मै गुडिरहेका छौ। उन्ले भनेजस्तो बसेर कुरा गर्ने ठाँउ कतै भेटिएको छैन। विस्तारै साँझ पर्दैछ।म लि हाइवेको वालमार्टको पार्किंगको कुनामा गाडी लिएर जान्छु। वरिपरि कुनै गाडी पार्क गरिएको छैन। ठाँउ सुनसान छ। म गाडीको स्टार्ट बन्द गर्छु। गाडीको दुबै झ्याल आधा खोलिएका छन्। बाहिरबाट सिर्रसिर्र हावा भित्र छिरिहेकोछ।

क्रमश।

विश्वबन्धु कार्कीको प्रकाशोन्मुख उपन्यास 'छुटेको रेल' बाट।