रातभर नै अविरल झरी परेको दिन
जूनले आँगनीमा याद छरेको दिन।
पीडाले खुशीलाई बस्ने ठाउँ नि दिएन
खाली होला मनले बसाई सरेको दिन।
भाग्यमा साढे सातको दशा लागेकोछ
सुख पाईएला कि त दशा टरेको दिन?
चल्छ सम्बन्धको रथ सधै विश्वासले
यात्रा रोकिन्छ कुठाराघात गरेको दिन।
संसारलाई स्वार्थी बनाईरहेछ पैसाले
हारालुछ चल्छ घरमै अाफै मरेको दिन।
-विश्वबन्धु कार्की, हाल:भर्जिनिया,अमेरिका
-विश्वबन्धु कार्की, हाल:भर्जिनिया,अमेरिका