वाशिंगटन डिसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको राजधानी जेरूसेलम भएको विवादस्पद घोषणा गरेका छन। यसका साथै ट्रम्पले टेलअभिभमा रहेको अमेरिकन राजदुतावासलाई विवादस्पद भूमि जेरूसेलममा सार्ने बताएका छन। 'इजरायल अरु सार्वभौम देश जस्तै सार्वभौम देश हो जस्लाई आफ्नो राजधानी कहाँ राख्ने भन्ने अधिकार छ' राष्ट्रपति ट्रम्पले व्हाइट हाउसको कूटनीतिक कक्षमा आयोजित पत्रकार सम्मेलनमा भने। उक्त घोषणाले मुस्लिम विश्वमा नराम्रो तरंग फैलाई दिएको छ।
सन १९४८मा स्थापना भएको इजरायलको राजधानीको रुपमा जेरूसेलमलाई अमेरिका सहित विश्व जगतले स्वीकार गरेका थिएनन्। यस घोषणा पछि जेरूसेलमलाई इजरायलको राजधानी स्वीकार्ने अमेरिका पहिलो राष्ट्र हुनेछ। उक्त घोषणाले इजरायल र प्यालेस्टाइन बीचको शान्ति प्रक्रिया खल्बलिन सक्ने खतरा बढेर गएकोछ।
श्रोत:वाशिंगटनपोष्ट
श्रोत:वाशिंगटनपोष्ट
No comments:
Post a Comment