भर्खरै सम्पन्न स्पेनिस लालिगाको खेलमा बार्सिलोनाले रियललाई ३-० ले हराएकोछ। बार्सिलोनाका लागि लुईस स्वारेजले ५४,मेस्सीले ६४(पेनाल्टी) र एलेक्स भिडालले ९०+३ मिनेटमा गोल गर्दै यो जित दिलाएका हुन। रियल म्याड्रिडका डानी कार्भजलले ६३ मिनटमा रातो कार्ड खादै बाहिरिनु पर्यो। जित सँगै बार्सिलोना ४५ अंकका साथ लिगको पहिलो स्थानमा कायम नै छ भने रियल ३१ अंकका साथ चौथो स्थानमा छ। आजको खेलमा रियालका लागि क्रिस्टियानो रोनाल्डोले खासै जादु देखाउन सकेनन।

December 23, 2017
नयाँ अवतारमा अनमोल,चर्चामा चलचित्र 'कृ' को ट्रेलर
अहिले अनमोल केसी अभिनित चलचित्र 'कृ' को ट्रेलर चर्चामा छ। एकहप्ता अघि सार्वजनिक भएको चलचित्र 'कृ' को ट्रेलरललाई अहिले सम्म १४ लाख भन्दा बढी पटक हेरिएकोछ। नयाँ अवतारमा देखिएका अनमोललाई यस चलचित्रमा नवनायिका अदिती बुढाथोकीले साथ दिएकी छिन। सुरेन्द्र पौडेलद्वारा निर्देशित 'कृ' लाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन। चलचित्र 'कृ' सिनेमा घरहरुमा माघ २६ गते देखि लाग्दैछ।
चलचित्र 'कृ' को ट्रेलर यस लिंकमा गएर हेर्नुहोस :https://www.youtube.com/watch?v=aRoObj9rnn0
December 20, 2017
राष्ट्रपति ट्रम्पलाई कार्यकालमा पहिलो सफलता,कर कटौती २०१८ जनवरी १ बाट लागु हुँदै
![]() |
व्हाईट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्प तस्विर:फक्स न्यूज |
दुबै सदनले कर कटौती विधेयक पारित गरेपछि व्हाईट हाउसमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले 'जीत हासिल गर्नु सधै रमाईलो हुने' बताए। ३१ वर्ष अघि तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले जारी गर्नु भएको कर विधेयकलाई भर्खरै जारी कर कटौती विधेयकले प्रतिस्थापन गरेको छ।
सभामा तल्लो सदन हाउसका स्पिकर पउल रायन, माथिल्लो सदन सिनेटमा बहुमत प्राप्त रिपब्लिकन दलका नेता मिच म्याकोनलका साथै कर कटौती विधेयकलाई निर्णायक बनाउन भूमिका खेल्ने रिपब्लिकन दलका नेताहरुको उपस्थिति थियो।
राष्ट्रपति ट्रम्पले कर कटौती अमेरिकी जनताको लागि क्रिसमस उपहार भएको र विदेशिएका ठूला कम्पनीहरु अब अमेरिका फर्किएर रोजगार सिर्जना गर्ने बताएकाछन।कर कटौती विधेयक माथिल्लो सदन सिनेटबाट ५१-४८ र तल्लो सदन हाउसबाट २२४-२०१ भोटले पारित भएको थियो। दुबै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ।
December 19, 2017
December 18, 2017
सियाटलमा दौडिरहेको रेल लिक बाहिर जादा कैयौ हाताहाती
![]() |
फोटो:एनबिसि |
कम्तिमा पाँचवटा कारलाई अनियन्त्रित रेलले थिचेको बताइएकोछ।एमट्र्याक रेल ५०१ विहान ६ बजे सियाटलबाट पोर्टल्याण्डको लागि छुटेको थियो।पहिला रहेको घुमाउरो लिकलाई उक्त नयाँ लिकले प्रतिस्थापन गरेको थियो। अघिल्लो हप्ता मात्र नयाँ लिकको परिक्षण सफल भएको बताइन्छ। आज एमट्र्याक रेल उक्त नयाँ लिक हुँदै पहिलो सार्वजनिक यात्रुहरु लिएर गन्तव्यतिर जादै थियो। अहिले सम्म प्राप्त जानकारी अनुसार ३ जनाको मृत्यु भैसकेको खबर छ।
Subscribe to:
Posts (Atom)
Featured Post (चित्रित पोस्ट)
-
खाली मेरो निधार छुट्यो टीका दिदीबैनीको प्यार छुट्यो टीका। आउछु भन्दाभन्दै वर्षौ बितिगो विदेशको घरवार छुट्यो टीका। झिलीमिली होला त्यो ...
-
https://youtu.be/M4I365UXV7A