विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

January 10, 2018

अमेरिकामा धेरै नेपालीहरुले काम गर्ने सेभेन ईलेभेन स्टोरहरुमा आईसको छापा


बुधबार अमेरिकाको विभिन्न राज्यहरुमा रहेका ९८ वटा सेभेन ईलेभेन स्टोरहरुमा आईसीई (इमिग्रेशन कस्टम इन्फोर्समेंट)ले छापा मारेर त्यहाँ काम गरिरहेका केही गैर कानुनी कामदारलाई पक्राउ गरेको छ। 
                                              
वाशिंगटन डिसी लगायत अन्य १७ राज्यहरु क्यालिफोर्निया, कोलोराडो, डेलावेर,  फ्लोरिडा, इलिनोइस, इंडियाना, मेरिल्यान्ड, मिचीगान, मिसोरी, नाभडा, न्यूजर्सी, न्यूयोर्क, नर्थक्यारोलिना, ओरेगन, पेंसलभेनिया, टेक्सास र वाशिंगटनमा आईसीईले छापा मारेको थियो।

आईसीई अधिकारीहरुले ती स्टोरहरुमा प्रवेश गरि स्टोर व्यवस्थापक र कामदारसँग अन्तरवार्ता लिनुको साथै स्टोरका कागज पत्रहरु चेकजाँच गरेका थिए। अमेरिकामा आप्रवासी भिसामा आएका धेरै नेपालीहरुले सेभेन ईलेभेनमा काम गर्ने गर्छन। धेरै नेपालीहरुले आफ्नै लगानीमा समेत सेभेन ईलेभेन स्टोरहरु सञ्चालन गरिरहेका छन।

ट्रम्प प्रशासनका पछिल्ला कदमहरुले आप्रवासी नितिलाई कडा बनाउदै लागेको प्रस्ट हुन्छ। ट्रम्पले डाका र टिपियस प्रणालीलाई अन्त्य गर्ने घोषणा गरि सकेका छन भने डिभि चिठ्ठा प्रणालीलाई खारेज गर्ने प्रतिबद्धता जनाएकाछन।

Featured Post (चित्रित पोस्ट)

BishwaArt