![]() |
रिपब्लिकन रोय मोर र डेमोक्र्याटिक डग जोन्स |
अमेरिकाको अलाबामा राज्यको सिनेटको निर्वाचनको नतिजा भर्खरै प्राप्त भएकोछ। यौन दुर्व्यवहारको आरोप खेपिरहेका रिपब्लिकन उम्मेदवार रोय मोरलाई डेमोक्रयाटिक डग जोन्सले पराजित गरेकाछन्। साह्रै प्रतिस्पर्धात्मक मानिएको उक्त निर्वाचनमा डेमोक्रयाटिक पार्टीको उम्मेदवारले २० वर्ष पछि पहिलोपल्ट सिनेटको सिट सुरक्षित गरेकाछन्।यस नतिजाले सिनेटमा अब रिपब्लिकन र डेमोक्रयाट्सको सिट संख्या ५१-४९ हुनेछ। जेफ सेसन्स महान्यायधिवक्ता भएपछि सिनेटबाट उन्ले राजीनामा दिएका थिए।सिनेटको उक्त रिक्तस्थानमा पदपूर्तिको लागि डिसेम्बर १२ तारिखमा निर्वाचन तोकिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले रोय मोरलाई समर्थन गरेका थिए।रिपब्लिकन पार्टीले सिनेटको एक सिट गुमाएपछि ट्रम्प प्रशासनलाई सिनेटमा विचाराधीन कर नीति सम्बन्धि परिमार्जित विधेयक पास गराउन चुनौती थपिएकोछ।
No comments:
Post a Comment