संयुक्त राष्ट्रसंघले उत्तरकोरिया विरुद्ध भर्खरै पारित गरेको थप नाकाबन्दीबारे प्रतिक्रिया जनाउँदै उस्ले आइतबार उक्त प्रक्रियाको समर्थन गर्ने मुलुकहरुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।उस्का पछिल्ला क्षेप्यास्त्र परिक्षणहरूको अन्तराष्ट्रिय समुदायले चर्को विरोध गर्दै आईरहेकाछन्।
![]() |
उत्तर कोरियाका शासक किम जोन उन |
अन्तराष्ट्रिय समुदायको आलोचनाको वेवास्ता गरिरहेको उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले भर्खरै थप नाकाबन्दी लगाएको हो। पछिल्लो नाकाबन्दी पछि उस्ले पेट्रोलियम पदार्थको निर्यात गर्न पाउने छैन। उक्त कदमबाट परमाणुजडित क्षेप्यास्त्र बनाउने अभियानमा रहेको उत्तर कोरियालाई नकारात्मक आर्थिक प्रभाव पर्नेछ।
संयुक्त राष्ट्रसंघमा उत्तरकोरिया विरुद्धको नाकाबन्दीलाई समर्थन गर्ने मुलुकहरु प्रति र मुख्य रुपमा संयुक्त राज्य अमेरिका प्रति उत्तर कोरिया रुस्ट बनेको छ। यसलाई उत्तर कोरियाले ऊ बिरुद्ध युद्द छेडिएको घोषणाको रुपमा लिएको जनाएको छ। केहि समय अघि अमेरिकी मेरिन कोर्प्सका जनरलले आफ्ना फौजलाई 'युद्ध नजिकिएको' जानकारी दिनुलाई कोरिया प्रायद्वीपमा जुनसुकै बेला युद्ध शुरू हुन सक्ने खतरा बढेर गएको हो।
No comments:
Post a Comment