![]() |
व्हाईट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्प तस्विर:फक्स न्यूज |
दुबै सदनले कर कटौती विधेयक पारित गरेपछि व्हाईट हाउसमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले 'जीत हासिल गर्नु सधै रमाईलो हुने' बताए। ३१ वर्ष अघि तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले जारी गर्नु भएको कर विधेयकलाई भर्खरै जारी कर कटौती विधेयकले प्रतिस्थापन गरेको छ।
सभामा तल्लो सदन हाउसका स्पिकर पउल रायन, माथिल्लो सदन सिनेटमा बहुमत प्राप्त रिपब्लिकन दलका नेता मिच म्याकोनलका साथै कर कटौती विधेयकलाई निर्णायक बनाउन भूमिका खेल्ने रिपब्लिकन दलका नेताहरुको उपस्थिति थियो।
राष्ट्रपति ट्रम्पले कर कटौती अमेरिकी जनताको लागि क्रिसमस उपहार भएको र विदेशिएका ठूला कम्पनीहरु अब अमेरिका फर्किएर रोजगार सिर्जना गर्ने बताएकाछन।कर कटौती विधेयक माथिल्लो सदन सिनेटबाट ५१-४८ र तल्लो सदन हाउसबाट २२४-२०१ भोटले पारित भएको थियो। दुबै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ।
No comments:
Post a Comment