September 12, 2021
January 20, 2020
कथा-'दिल्लीको ठग'
अपोलो अस्पतालको चौथो तल्लाको बेड नम्बर ३२। म,आमा र दाई बुवाको उपचारको लागि दिल्लीमा थियौं। बुवा,आमा र दाई काठमाण्डूबाट आउनु भएको थियो भने म अमेरिकाबाट सीधै दिल्ली आएको थिए। बुवाको पहिलो चरणको कीमो सकिएको करीब पाँच दिन पछि हाम्रो वार्डमाँ एकजना ४०-४५ बर्षको नेपाली जस्तै देखिने ब्यक्ति दाईको साथमा आए। ती ब्यक्ति मेरो अन्दाज जस्तै नेपाली नै रहेछन् , झापा घर बताउने ती ब्यक्तिले बुवाको स्वास्थ्य अबस्थाबारे धेरै चासो दिए जस्तै गरी कुरा राखे। उनको प्रस्तुतिहरु सुन्दा र देख्दा बास्तबमै तिनी निकै सहयोगी नेपाली जस्तै लाग्यो। उनले भने "दिल्लीमाँ तीस बर्ष देखि बसिरहेछु अनि दुःखमा परेका थुप्रै नेपालीलाई सहयोग गरेकोछु , यहाँ पनि तपाईहरुलाई केहि सहयोग गर्न सक्छु की भनेर आएको। यस अस्पतालमा एउटा रिपोर्ट लिने क्रममा आएको हु, उहा भाई (मेरो दाई )लाई बाहिर भेट्दा नेपाली जस्तै लागेर कुरा गरेको थिए। "
कुराकानीकै क्रममा उनले थपे "तपाईहरु महँगो होटेलमामा बस्नु भएको रहेछ, यहाँ निकै सस्तो होटेलहरु पनि छन, अहिले तपाईहरुले बस्नु भएको होटेलमाझै सुबिधा भएको ,तपाईहरुलाई थाहा नभएर हो, अहिले तपाईहरुले ६०० दिनको तिर्नु हुन्छ, अब तपाईहरुले दिनको १०० भन्दा बढ़ी तिर्नु पर्दैन"
मैले सोधे "हो र ? अनि कहा छ त्यस्तो होटेल ?
उनले भने "त्यों यस्तै गंभीर रोग लागेका बिरामीको कुरुवाहरुकै लागि यहाँको सर्कारले उपलब्ध गराउने सुबिधा हो , तेस्का लागि एउटा फर्म भर्नु पर्छ। "
मैले फेरि उत्सुक भएर सोधे "त्यों फर्म भर्ने ठाउँ कहाँ छ ?"
तेस्पछी उनले भने" ल! म संग एकजना हिड्नुहोस, अलिकति प्रशासनिक खर्च पनि हुन्छ, ५००० भारू जति बोक्नुहोस्। "
एक जना मात्र होइन, दाई र म दुबै जना उसंग जाने भयौ।
अपोलो अस्पताल अघिको टेम्पो स्टॉपबाट हामी तीनजना हेम्स अस्पतालतीर लाग्यौ। उनले बताए अनुसार कम शुल्कक़ो होटेलक़ो लागि हेम्स अस्पतालमा आबेदन दिने ठाउँ छ। सबै काम तेही गएपछि हुन्छ।
हामी हेम्स अस्पतालको गेटमा ओर्लियौ अनि उनकै पछि-पछि लाग्यौ।अस्पतालमा सारै भीडभाड़ थियो। भुइतल्लाबाट पहिलो तल्ला उक्लने स्टेपनीर उनी रोक्किए ।
"ल अब प्रशासन नजिकै छौ हामी, मैले सबैलाई चिनेको छु,त्याका कर्मचारीहरुलाई,तपाईंहरु जानु भयो भने ढिलो हुन्छ, तपाईहरु यही बस्दै गर्नुस, बरु मलाई बिरामीको नाम, ठेगाना अनि ३००० भारु दिनुहोस प्रशासनिक खर्चको लागि, त्यों पैसा तपाईहरु होटेलमा बस्नको लागि डिपोजिट पनि हो। "
"ल अब प्रशासन नजिकै छौ हामी, मैले सबैलाई चिनेको छु,त्याका कर्मचारीहरुलाई,तपाईंहरु जानु भयो भने ढिलो हुन्छ, तपाईहरु यही बस्दै गर्नुस, बरु मलाई बिरामीको नाम, ठेगाना अनि ३००० भारु दिनुहोस प्रशासनिक खर्चको लागि, त्यों पैसा तपाईहरु होटेलमा बस्नको लागि डिपोजिट पनि हो। "
मेरो दिमाग शून्य जस्तै भयो। खल्तीबाट ३००० निकालेर उन्को हातमा राखीदिए, एउटा कागज़मा बुवाको बिबरण लेखेर दिए। त्यसपछि उनी माथिल्लो तल्लामा उक्लिए ।
म झस्किए। अनि दाईलाई भने "त्यों मान्छे भाग्यो भने त्यसको के परिचय हामीसँग छ त दाई ?"
दाईले भन्नुभयो "त्यों तेत्तिकै कहाँ भाग्न सक्छ र ?"
मेरा आँखामा उक्त ब्यक्तिको तस्बिर नाचिरहेको थियो। हामी अलिकति ढिलो भइसकेका थियौ।म त्यों मान्छे गएको बाटो हेर्दै पछि लागे, तर त्यो बिशाल अस्पतालमा उस्को नाम निशान भेटिएन। करीब एक घण्टा खोजिसकेपछि हामीले हेम्स अस्पतालको सेक्युरिटीलाई घटनाको जानकारी गरायौ। केहिबेरको बार्तालापमा उनीहरुले उल्टै यस्ता प्रश्नहरु सोझ्याए "अपरिचित ब्यक्तिको आपने क्यू बिस्वास किया? यहापे रोज यैसी घटनाएं होति हे, आपके पास उस्का कोही परिचय, फोटो या नंबर है ?
हामी नाजवाफ भयौ र भन्यौ "नही "!!!
-विश्वबन्धु कार्की,
हाल:अमेरिका
-विश्वबन्धु कार्की,
हाल:अमेरिका
September 14, 2019
‘छुटेको रेल’ चढेर एउटा यात्रा
🖋कुसुम ज्ञवाली
क्याल्गरी,अल्बर्टा

‘छुटेको रेल’ बजारमा आएपछि स्वाभाविक चर्चा-परिचर्चा भयो। प्रवासमा रहेर लेखिएको उपन्यास, विषयबस्तु पनि प्रवासकै अर्थात यो डायस्फोरिक उपन्यास हो। प्रवासको विषय पाठकहरूलाई रुची पनि हुने भयो। आधा करोड जनशक्ति देश वाहिर अर्थात प्रवासमा काम गर्छन्। त्यसको प्रभावमा त्यो भन्दा धेरैले प्रवासमा राम्रो आम्दानी हुने कामको सपना देख्छन्। पुस्तकलाइ प्रवासमा काममा जान चाहनेले पढ्नुपर्ने भनेर प्रचार गरिएका कारण पनि त्यो पाठकले यसलाइ रूचाएको हो। पुस्तकको दोसो संस्करणको तयारी हुँदै गर्दा यो पाठक प्रतिकृया लेखिदैछ। पुस्तकका कुरा सुरु गर्न भन्दा अगाडी मैले कसरी अनुभूत गरेँ ‘छुटेको रेल’मा यात्रा गर्दैगर्दा भन्ने वाक्यका कलश माथि सोँचको फूलको थुँगो राख्छु। लेखक विश्वबन्धू भाषा/साहित्यका औपचारिक विद्यार्थी वा प्रोफेसनल होइनन्, अर्थात् उनले भाषा साहित्य पढ्न विश्वविद्यालय गएनन्, न त नेपाली भाषाको अक्षर खेतिनै गरे। उनी पेशाले इन्जिनियर हुन। प्रोफेसनका हिसाबले उनले जीवनमा थुप्रै हिसाब गरे। कुस्त नक्सा कोरे। मनग्य रिपोर्ट लेखे। सुन्दर डिजाइनहरू श्रृजना पारेर पारिवारिक जीवनको आर्थिक रथ तानिरहे। उपन्यासहरूका श्रृजना भने उनले रहरले गरे, जे जति गरे।
‘छुटेको रेल’ विश्वबन्धुले आत्मपरक ढंगले लेखेका छन्, अर्थात् मुख्य पात्र शिसिर हो, त्यसैलाइ ‘म’ पात्र जस्तै बनाए। यो सहजशैली हो लेखकको लागी। धेरै लचकता भएको शैली। धेरै प्रकृयाहरू सामाजिक सञ्जालमा पढ्दा यो आत्मकथा नै हो कि जस्तो गरेको पनि देखियो। वास्तवमा यसमा भुल गर्नु हुँदैन, म पात्र भएपनि त्यो पात्र लेखक होइन, हुन सक्छ, नहुन पनि सक्छ, आंशिक हुन वा नहुन पनि सक्छ।
लेखकले जस्तै त्रिभुवन विश्वविद्यालयको इन्टिट्युट अफ इन्जिनिएरिंगमा मैले पनि पढेँ। मैले इन्जिनिएर साहित्य समाज (इन्सास)का जन्मदाता विजय भट्टराइ र खड्गसेन ओली जस्ता हस्तीहरूलाइ स्मरण गर्छु, यो हार्दिकताका आदि संगठक। यसरी म अलिकति हार्दिक हुन सक्छु लेखकप्रति, सापेक्ष हुनसक्छु विश्वबन्धूसँग। तर पनि सकेसम्म एकपल्ट लेखक को थियो भनेर विर्सेर टिप्पणी गर्ने जमर्को गर्दैछु।
(१ ) इमानदार अभिव्यक्ति
‘छुटेको रेल’को मुल पात्र शिशिरले आफुलाइ लागेको कुरा नढाटीकन बोलेको अनुभुत हुन्छ। उसका भनाइहरू सच्याइएका जस्तो लाग्दैन। उसका भनाइमा आम मान्छेका जस्ता धेरै प्याराडक्स छन्, त्यो लेखकले लुकाउन सक्थे, लुकाएनन्। यो इमानदारता हो। म पात्रले अहिलेको युगको एउटा सामाजिक रूपले सचेत नभएको युवाले जे जसरी सोच्छ र बोल्छ त्यो त्यसरी नै अर्थात् भनौं जसरी घटित भयो त्यसरीनै लेखेका छन्। उनले शिशिरलाई जसरी देखे जसरी भेटे त्यसरीनै प्रस्तुत गरे। लेखकले आफुले भोगेको र अनुभूत गरेको कुरा शिशिरलाई भारी बोकाएनन् होला भन्ने मेरो अनुमान हो, यो सहि हुन पनि सक्छ र नहुन पनि। कथा मुलत निम्नस्तरको साँस्कृतिक धरातल भएको एउटा समाजप्रति सचेत नभएको उडन्ते युवाको कथा हो। उसले जीवन र जगतलाइ अत्यन्त सतही ढंगले बुझेको देखाइएको छ। त्यस्ता युवाले बुझ्ने जीवन र जगत त्यस्तै नै हो।
लेखकले आफुलाइ आफूबाटै बाहिर निकाले। शिशिरलाई राखे। अनि लेखे। यो कठिन काम पनि हो। आफू गरिब भएर, धनीको भाषा हुबहु कल्पना गरेर बोल्न गाह्रो हुन्छ। आफू धनी भएर गरिबको भाषा बोल्न पनि उस्तै अप्ठेरो छ भनेर साहित्यमा बर्गको अस्थित्वको वारेमा पिएचडी थेसिस तयार पार्नु भएका रामप्रसाद ज्ञवालीले एउटा अर्कै प्रसंगमा भन्नुभएको थियो । आफुले नभोगेको पात्रको वारेमा स्वाभाविकता ल्याउन गाह्रो हुन्छ, त्यो यहाँ पनि देखिन्छ। विश्ववन्धूलाइ पनि त्यो मुस्किल परेको होला, किनकी त्यो पात्रले भोगेको विषय लेखकले भोगेको हो जस्तो लाग्दैन, त्यसैले अभिव्यक्तिमा कल्पना थप्न परेको छ। कल्पना गरिएको कुरा निकै कम मात्र स्वाभाविक जस्तो सुन्दर हुन्छ। यो अप्ठेरो कुरा हो, मलाइ यो बुझ्न मुस्किल छैन।
शिशिरले भोगेको भोगाइ उनले देखे। उनले त्यसलाई थोरै आफ्नो अनुभूति थपेर कथा बनाए। कथामा त्यो छनक प्रष्ट देख्छु मैले। चित्र बनाउँदा प्रकृति भन्दा सुन्दर बनाउन गाह्रो छ, प्रकृतिको विविध छटाको सम्पादित अंश प्रस्तुत गरिन्छ, त्यो सुन्दर हुन्छ।
लेखकले समाजको गति कसरी अगाडि बढ्छ, समाजको गतिका मुख्य तत्व के के हुन? समाजको गतिलाइ के ले कसरी भुमिका खेल्छ भन्ने पटक्कै हेक्का नभएको वा त्यसवारे प्रसस्त भ्रम रहेको एउटा ‘आम’ भनेर प्रचार गरिएको ब्यक्तिको चित्रण गरेका छन्। समाज, ब्यक्ति र सामाजिक वातारणका अन्तरसम्वन्ध र अन्तरविरोधको मेसै नपाएको एउटा पात्रलाइ चित्रण गर्नु निकै मुस्किल कामहो, जुन लेखकले गरेका छन्। लेखकले बनाएको पात्र यस्तो भएको भए हुन्थ्यो भन्ने आग्रह हुनसक्लान पाठकका आँखामा तर जुन पात्र चयन गरे त्यसलाइ न्याय गरेर चित्रण गरेका छन्। सही जीवन दृष्टि नभएको अर्थात स्थापित बैज्ञानिक मान्यतालाइ नबुझेको र नजानेको ब्यक्तिको चित्रण एउटा विज्ञानको विद्यार्थीले गरेको देखिन्छ त्यो इमानदारी हो, कमजोरी होइन।
(२ ) कथानक भित्रको प्रस्टता
उनको उपन्यास पढेपछि उनको कथाको बैचारिकपक्षमा प्रस्टता देखेँ। ‘छुटेको रेल’को कुनै पनि पात्रले सामाजिक जिम्मेवारी वोध गर्ने, कुनै पनि निश्चित सामाजिक उद्देश्यका लागी समर्पित हुने गरेको देखिँदैन। कुनै सामाजिक समस्याको समाधानको लागि कुनै प्रयास गरेको देखिँदैन। आफू, आफ्नो परिवार भन्दा बाहिर कुनै दायित्व र जिम्मेवारी बोध गरेको कतै पाइँदैन, त्यो पनि अत्यन्त ब्यक्तिगत फाइदाका अर्थमा। त्यसको अर्थ, अत्यन्त मनगढन्त विचार र ब्यवहारको चित्रण गरिएको छ कथामा, मन परो मलाइ। खराबलाई जस्ताको जस्तै देखाउनु इमानदारी हो। पैसा र यौन भनेकै जीवन हो, पैसा र यौन (प्रेम शब्द प्रयोग गर्छन् पात्रहरूले धेरै ठाउँमा, त्यसमा झुक्किनु हुँदैन) ले सबै कुराको हो जीवनका लागी। पैसा र यौननै जीवनका सुखी बनाउन प्रयाप्त छ भन्ने धारणा राख्ने एउटा ठुलै जमात छ हरेक देश वा सामाजिक समूहहरू भित्र। त्यो जमातको कथा हो यो। त्यो जमातले सोच्ने, त्यो जमात जीवन र जगतसँग गर्ने व्यवहार ठीक यस्तै हुन्छ। त्यस कुरामा लेखक सक्षम हुनुहुन्छ। पादरीको कथा बारेमा टिप्पणी गर्दा त्यसमा पुराण पढेको कुरै आएन भन्नु हास्यास्पद हुन्छ। पादरीले पुराण पढ्दैन, बाइबल पढ्छ। महामानव बुध्दको भनाइमा जीवनमा दुख छ, दुखको कारण पनि छ भने जस्तै छुटेको रेलको कथाले पनि समाजमा रहेको दुखको चित्रण गरेको छ तर जुन मुल चरित्र चयन गरिएको छ, उसको प्रकृति, सोँच र धारणा बैज्ञानिक छैन त्यसैले उसले दुखबाट पार पाउने जुन जुन उपाए गरेको छ, त्यसमा प्रसस्त प्याराडक्स छ। हाम्रो जीवनमा पनि प्रसस्त प्याराडक्स हुन्छन्, त्यसलाइ मैले जीवनको यथार्थ चित्रणको रूपमा बुझ्छु। समश्याको सहि पहिचान भएन भने समाधान पनि हासो उठ्दो हुनु स्वाभाविक हो। बजारले जहिले पनि हासो उठ्दो समाधानको पक्षमा पैरवी गर्छ, त्यसो नगरे बजारको उद्देश्य पुरा हुदैन। एउटा कम्पनीको स्लोगन नै छ- “Buy more Save More”। बढी खरिद गरेर बचत हुन्छ की खर्च? कुरो सिम्पल छ, यस्तै उट्पटाङ् कुरा गरेरै हो बजारले नाफा कमाउने। आवश्यकताभन्दा बढी खरीद गरेर कहिले बचत हुदैन, त्यसले स्रोतको दुरूपयोग हुन्छ र उपभोक्तालाइ क्षतिनै हुन्छ अन्ततोगत्वा। बजारले यस्ता प्रबृति र संस्कृतिको प्रबर्धनमा नाफाको निकै निकै ठुलो हिस्सा ‘इन्भेस्ट’ गर्छन् र फाइदाको साम्राज्य अकन्टक बनाउन चाहन्छन्। ढाँटेको कुरो काटे मिल्दैन। अनि नियमित आकस्मिकतामा आउँछ मन्दी। लेखकले यस्तै भुइफुट्टा प्रबृतिको प्रतिनीधि एउटा पात्रको मनस्थितिलाइ चित्रण गरेका छन्, म त्यो पात्रको भावसँग सहमत भइन तर मैले मनोरन्जन लिएँ पात्रको उट्पट्याङ भावधाराहरूबाट। कुनै पात्रसँग म एकाकार हुनै पर्छ भन्ने पनि छैन। महाभारत पढेर न सबै कर्ण बन्छन् न अर्जून न कृष्ण न धृतराष्ट्र।
(३ ) सांस्कृतिक धरातल
लेखक विश्वबन्धुले मान्छेको सांस्कृतिक धरातल कसरी निम्छरो बन्दै गएको छ त्यसको चित्रण बडो सरल ढंगले गरेका छन्। मुल पात्र शिशिरले उसकी घरबेटीकी श्रीमती एक्कासि आफूलाई उत्तेजित पार्न आएर आफ्नो ‘इज्जत’ गुमाउन बाध्य भएको भाव अभिव्यक्त गर्छ। त्यो भन्दा उच्चस्तरको परिहास अरू हुन सक्दैन, लेखकको यो सफलता हो। कुनै अर्धपागल पात्रले पृथ्वी च्याप्टो भएकाले म पृथ्वी नामको थालको विटबाट म खसेँ भनेर भन्यो भने त्यो हास्यरस त हो। महिलाहरूलाई यौनका-पुतली भन्ठान्ने सम्भ्रान्त वर्ग छ, जसले विगतमा आफू मर्दा श्रीमतीलाई पनि सँगै जलाउन सतीप्रथाको सुरुवात गरेको थियो। त्यसैका धरोहरलेनै हो आजको समयमा अर्काकी श्रीमतीले बाध्य पारेर आफ्नो इज्जत जोगाउन नसकेको भनेर सोच्ने। सामाजिक सञ्जालमा कवि सीमा आभासले लेखेकी थिइन, सन्नी लियोनलाइ सन्नी लियोन बनाउने उनीहरू, सन्नी लियोन रुचाउने उनीहरू, सन्नी लियोन ल्याउने उनीहरू, सन्नी लियोनलाइ विरोध गर्नेहरू उनीहरू। हो, समाजमा विकृति फैलाउने साँस्कृतिक औजारको प्रचुर प्रचार प्रबर्धन र ब्यापार गरेपछि समाज बिग्रिएको दोश कसैलाइ त दिन परो आफुलाइ दोशी करार गर्न त भएन, अनि महिलालाइ दोश बोकाएर बुर्काभित्र लुक्न बाध्य पार्ने कुरा पनि यस्तै मुर्कट्टा प्रबृत्तिको कारण हो।
लेखकले त्यस्ता पात्रको फोटो खिचेर उपन्यासमा प्रस्तुत गर्दा त्यो फोटो आफ्नो जस्तै मानेर तर्सिने प्रबृत्ति पनि अझ रोचक थियो। खराव प्रबृत्तिको समूल अन्त गर्न पहिले खरावलाइ देखाउनु पर्छ, कुहिन लागेको भाग यो हो भन्नुपर्छ। तर समाजको कुरूपपक्षलाइ जोगाइरहदा नाफा कमाइरहेको एउटा बर्गका प्रतिनीधि जसले आफूलाइ स्वतन्त्र भन्न रूचाउँछन्, उनीहरूले समाज भाडिने डर देखाएर त्यस्तो खराव प्रबृत्ति बेनकाव बन्नबाट जोगाउने कोशिष गरिरहन्छ। छुटेको रेलमा पनि त्यस्तै विद्रुप चरित्रको प्रतिनिधी पात्रलाइ सरस ढंगले लेखकले प्रस्तुत गरेका छन्। धेरै जसो सामाजिक विकृतिको रोग फैलाउने हरिया झिगाहरूले उनले उक्काइदिएको यो विकृत पक्षको चित्रणलाइ निकै असहज लिएको र सामाजिक सन्जालमा विरोध गरेको पनि दियो। छुटेको रेलले खाली पर्दा मात्र खोलिदिएको छ। त्यसपछिको स्टेप भनेको त्यसको कारण खोतल्ने हो, जुन कुरा छुटेको रेलले गरेको छैन, यदि त्यसो गर्दो हो त अझ धेरै विरोध हुने थियो। समाजको विकृति मास्ने तेस्रो प्रकृया भनेको बैकल्पिक साँस्कृतिक धरोहर उभ्याउने हो, जुन कुरा पारिजात र पारिजातहरूले गरेका छन्।
( ४ ) कथाको समापन
लेखक विश्वबन्धुले कथालाइ संयोगात्मक बनाएका छन्। यसलाइ मैले अर्को सकारात्मक पक्षको रूपमा लिएको छु। किनकी कथाले उठान गरेको विषयले यो पारिवारिक विग्रह तर्फ जानुपर्ने थियो तर लेखकले जानीबुझी यसलाइ आशावादी मोडमा छोडेका छन्। यसले उनले भविश्यमा अरू सिक्वेल लेख्ने र त्यसमा थप सकारात्मक सन्देश दिने मार्ग प्रसस्त गरेको देखिन्छ। प्रेममा जुन पागलपन देखाइएको छ त्यो युवा सम्वेग हो, जसले समाजमा परिवर्तनको मुल तत्व हो। युवाहरूको सचेत पागलपनबाट मात्र समाजमा परिवर्तन आउँछ। फाइदाका लागी मात्र लाग नाफाका लागि मात्र लाग भन्ने बजारू आह्वानको विरूद्दमा त्याग र समर्पणको जुन कथा बुनिएको छ त्यो स्रहानीय छ। यध्यपि यो कथाको पात्रको जुन चेतनास्तर देखाइएको छ उसकोस्तरसँग यो मेल खाँदैन। हुनत लेखकले देखाउन खोजेको वैचारिक प्याराडक्स पनि हो। जुन कुरालाइ भने यो समर्पित हुने प्रबृतिले पुष्टि गर्छ।
(५ ) सारमा
लेखकले यो छुटेको रेललाइ सकेसम्म सरल र सरस बनाउन प्रयास गरेका छन्। समाज विज्ञानका जार्गन र नेपालको पृष्ठ भुमिको बढी ब्याख्या गर्नबाट जोगाएका छन्। राम्रो साहित्यले समाजको सुन्दर भविष्य प्रतिको प्रतिबद्धता मुखर गर्नुपर्छ। असल साहित्यले असल र उन्नत चरित्रको समानता, न्याय र शोषण-न्युनिकृत समाजको परिकल्पना गर्नुपर्छ ‘विट्युन द लाइन’ अर्थमा। त्यस अर्थमा छुटेको रेलले पनि प्रवासको जीवनमा देखिएको कुरूप पात्र र चरित्रको चित्रण गरेर खराव तत्वलाइ नङ्ग्याउने प्रयास गरेको छ, अर्को स्टेप भनेको त्यसको भित्री कारक तत्व उधिन्ने र विकल्पको प्रस्तुति दिने काम आगामी दिनमा गर्लान भनेर आशा गर्ने ठाउँ भने देखिन्छ। हो, काब्यिक विम्वको आलोकमा भन्दा कतिपय यौनका दृश्यहरूमाथि अलि मेहनत गरेको भए अझ प्रभावकारी हुन्थ्यो। त्यसलाइ नयाँ बिम्व र प्रयोगले चित्रण गरेको भए राम्रो हुन्थ्यो भन्ने चाहि लागिरहन्छ। मैले यो उपन्यासलाइ २१ सताब्दीको महान साहित्य भनेर तारिफ गरेको छैन, तर एउटा इन्जिनिएरले अर्थात गैरसाहित्यको विद्यार्थीले गरेको यो प्रयासलाइ प्रोत्साहित गर्न भने कन्जुस्याइ गर्न हुदैन। उनले भोलीका दिनमा उनका कलमबाट जन्मिन सक्ने अझ प्रभावकारी रचनाहरूको भविश्यलाइ भने देखाएको छ। फरक परिवेश, फरक परिवेश रहेको डायस्फोराको क्षितिज सम्मको घाँसे मैदान खुलाछ लेखकका लागी त्यसमा जति पनि विचरण गर्न सक्छन्, र लेख्न सक्छन्। हाम्रो जस्तो आप्रवासी अर्थतन्त्रले धानेको मातृभूमिमा अझै लाखौ जना ब्यक्ति शीशिर हुन अभिसप्त छन्, रहने छन्। तीनकालागि लेखक र यस्तै परिवेशमा बाँचेका लेखकहरूले अझ धेरै गर्नु छ।
(साहित्यकार कुसुम ज्ञवाली नेपाली रेडियो क्याल्गरीका कार्यक्रम संयोजक पनि हुनुहुन्छ। )
July 07, 2019
विश्वबन्धु कार्कीको उपन्यास 'छुटेको रेल' सार्वजनिक
उपन्यासकार विश्वबन्धु कार्कीले आफ्नो दोश्रो उपन्यास 'छुटेको रेल' पाठक सामु लिएर आएका छन्।उन्को पहिलो उपन्यास 'मोना' वि. सं. २०७० सालमा प्रकाशित भएको थियो।'छुटेको रेल'लाई बुकवर्ल्ड पब्लिकेशनले प्रकाशन गरेको हो। अमेरिका भासिएको एक शिक्षित नेपाली युवाको कथा बोकेको छुटेको रेलको मूल्य रु. ३०० रहेको छ। सुनेको र भोगेको अमेरिका फरक छ भन्ने सार उपन्यासमा देख्न पाइन्छ।अमेरिकी जीवन नभोगेका पाठकले यो उपन्यास एक पटक पढ्नै पर्ने उपन्यासकार कार्की बताउनुहुन्छ।पेशाले सिभिल इन्जिनियर कार्की अमेरिकाको भर्जिनिया राज्यमा बस्छन्।
कृति : छुटेको रेल
विधा :उपन्यास
मूल्य :रु. ३००
प्रकाशक तथा बितरक: बुक वर्ल्ड पब्लिकेशन
प्रकाशन मिति :२०७६ असार
काठमाडौंका निम्न पुस्तक पसलहरूमा उपलब्ध छ:
मन्जरी पब्लिकेशन, पुतलीसडक
कालिन्चोक बुक्स, प्रदर्शनीमार्ग
जागरण बुक हाउस, अद्वैतमार्ग, बागबजार
ज्ञानज्योति (शिखा) बुक्स, अद्वैतमार्ग
प्राइम बुक्स, अद्वैतमार्ग, बागबजार
पाँचपोखरी बुक स्टोर, न्युरोड
हिमशिखर बुक्स, न्युरोड
पश्चिमान्चल बुक्स, न्युरोड
बज्रबाराही बुक्स, भोटाहिटी
एमके बुक डिस्ट्रीब्युटर्स, भोटाहिटी
एजुकेशनल बुक हाउस, जमल
रत्न पुस्तक भण्डार, बागबजार
राई बुक्स, जावलाखेल,
सुनवर्षी बुक हाउस, टोखारोड, धापासी
अभियान बुक्स, गंगबु।
उपत्यका बाहिर:
सक्षम बुक्स, धनगढी
बुकमार्ट, पोखरा,
सम्पूर्ण किताब र सुनगाभा पुस्तक पसल, नारायणगढ
हिमालय बुक हाउस,बुटवल।
अबको केही दिनमा निम्न पुस्तक पसलहरूमा उपलब्ध हुनेछ:
मैनाली पुस्तक पसल, बिराटनगर
प्रभात पुस्तक पसल,बुटवल
अनलाइन अर्डरमार्फत विश्वको जुनसुकै स्थानमा उप्लब्ध हुनेछ,अर्डर गर्न लिन्कमा थिच्नुहोस्।
Order online at:
www.kitabyatra.com
www.esewapasal.com
पुरस्कार घोषणा
उपन्यास ‘छुटेको रेल’सँगको फोटो /सेल्फी खिची छुटेको रेलको फेसबुक पेजमा ट्याग गर्ने पाठकहरु मध्ये गोलाप्रथाद्वारा रू.दश हजार रकम पुरस्कार घोषणा भएको छ ।विजेताको नाम २०७६ भाद्र १ गते Facebook Live मार्फत घोषणा भएको थियो। पहिलो पुरस्कार पर्वत कुश्माका प्रदिप पुरीले प्राप्त गर्नु भएको छ ।
https://www.facebook.com/watchparty/675641159578868/?entry_source=PAGE_FEED_OPTION&av=320802585519329
कृति : छुटेको रेलविधा :उपन्यास
मूल्य :रु. ३००
प्रकाशक तथा बितरक: बुक वर्ल्ड पब्लिकेशन
प्रकाशन मिति :२०७६ असार
काठमाडौंका निम्न पुस्तक पसलहरूमा उपलब्ध छ:
मन्जरी पब्लिकेशन, पुतलीसडक
कालिन्चोक बुक्स, प्रदर्शनीमार्ग
जागरण बुक हाउस, अद्वैतमार्ग, बागबजार
ज्ञानज्योति (शिखा) बुक्स, अद्वैतमार्ग
प्राइम बुक्स, अद्वैतमार्ग, बागबजार
पाँचपोखरी बुक स्टोर, न्युरोड
हिमशिखर बुक्स, न्युरोड
पश्चिमान्चल बुक्स, न्युरोड
बज्रबाराही बुक्स, भोटाहिटी
एमके बुक डिस्ट्रीब्युटर्स, भोटाहिटी
एजुकेशनल बुक हाउस, जमल
रत्न पुस्तक भण्डार, बागबजार
राई बुक्स, जावलाखेल,
सुनवर्षी बुक हाउस, टोखारोड, धापासी
अभियान बुक्स, गंगबु।
उपत्यका बाहिर:
सक्षम बुक्स, धनगढी
बुकमार्ट, पोखरा,
सम्पूर्ण किताब र सुनगाभा पुस्तक पसल, नारायणगढ
हिमालय बुक हाउस,बुटवल।
अबको केही दिनमा निम्न पुस्तक पसलहरूमा उपलब्ध हुनेछ:
मैनाली पुस्तक पसल, बिराटनगर
प्रभात पुस्तक पसल,बुटवल
अनलाइन अर्डरमार्फत विश्वको जुनसुकै स्थानमा उप्लब्ध हुनेछ,अर्डर गर्न लिन्कमा थिच्नुहोस्।
Order online at:
www.kitabyatra.com
www.esewapasal.com
पुरस्कार घोषणा
उपन्यास ‘छुटेको रेल’सँगको फोटो /सेल्फी खिची छुटेको रेलको फेसबुक पेजमा ट्याग गर्ने पाठकहरु मध्ये गोलाप्रथाद्वारा रू.दश हजार रकम पुरस्कार घोषणा भएको छ ।विजेताको नाम २०७६ भाद्र १ गते Facebook Live मार्फत घोषणा भएको थियो। पहिलो पुरस्कार पर्वत कुश्माका प्रदिप पुरीले प्राप्त गर्नु भएको छ ।
https://www.facebook.com/watchparty/675641159578868/?entry_source=PAGE_FEED_OPTION&av=320802585519329
July 06, 2019
July 04, 2019
बजारमा उपलब्ध छ
काठमाडौंका निम्न पुस्तक पसलहरूमा उपलब्ध छ:
मन्जरी पब्लिकेशन, पुतलीसडक
कालिन्चोक बुक्स, प्रदर्शनीमार्ग
जागरण बुक हाउस, अद्वैतमार्ग, बागबजार
ज्ञानज्योति (शिखा) बुक्स, अद्वैतमार्ग
प्राइम बुक्स, अद्वैतमार्ग, बागबजार
पाँचपोखरी बुक स्टोर, न्युरोड
हिमशिखर बुक्स, न्युरोड
पश्चिमान्चल बुक्स, न्युरोड
बज्रबाराही बुक्स, भोटाहिटी
एमके बुक डिस्ट्रीब्युटर्स, भोटाहिटी
एजुकेशनल बुक हाउस, जमल
रत्न पुस्तक भण्डार, बागबजार
राई बुक्स, जावलाखेल,
सुनवर्षी बुक हाउस, टोखारोड, धापासी ।
पोखरा, बुटवल, चितवन, धनगढी, बिराटनगरमा अबको केही दिनमा उपलब्ध हुनेछ।
विश्वको जुनसुकै स्थानमा उप्लब्ध हुनेछ,अर्डर गर्न लिन्कमा थिच्नुहोस्।
June 20, 2019
June 02, 2019
February 10, 2019
उपन्यास अंश 'छुटेको रेल'-'पौंड तर नडुब'
'पौंड तर नडुब' लिनाले मलाई बारम्बार भनिरहेकी हुन्थिन। तर म उन्को वासनामा डुबिरहेको थिए। फोन र
टेक्स्टको क्रम बढ्न थालेको थियो।लिना फुर्सदिली थिइन। उन्लाई कुनै कुराको कमी थिएन। जुन कुराको कमि थियो त्यो मैले पुरा गरिरहेकै थिए बेलाबेलामा। लिनाको छोरा म उन्कै घरमा भएको बेला आएको घटनापछि म उन्को घर जान डर मानिरहेको हुन्थे।म खुकुरीको धारमा हिडिरहेको थिए। एउटा विवाहित महिलासँग मेरो सम्बन्धबारे यदि उन्को पतिलाई यो कुरा थाहा भएको खण्डमा मैले ठूलो मूल्य चुकाउनु पर्ने निश्चित थियो। म आगोको भुंग्रो भित्र छिरिरहेको थिए। म आफै कारक थिए त्यो आगोको। लिनाले त्यो आगोमा घ्यू थपिरहेकी थिइन्।

नियमित जस्तै काम सकिएपछि उन्को फोन बज्छ। म कामले थकित छु। रोशन नेपाल गएदेखि मेरो कामको चाप अलि बढेको छ। म केही ढिला फोन उठाउछु।
'कति साह्रो व्यस्त भको तिमी? किन फोन नउठाएको?' उनी घुर्कीको भाषामा छिन्।
'भर्खर त कामबाट निस्कदै छु,म फोन गरि हाल्थे नि, किन हतारिएको तिमी?' मेरो बोलीमा केही थकान मिसिएकोछ।
'मलाई कस्तो भेट्न मन लागेकोछ, तिमीलाई भेट्न मन लागेको छैन? ' उन्को बोली केही अघिको भन्दा केही नम्र छ।
'घरमा त मलाई अाउन डर लाग्यो, बाहिर हो भने आउछु नि, तर कोठामा गएर नुहाउनु छ, कामले गनाएको शरीर लिएर के आउनु' म कोठामा गएर जाने योजना बनाउदैछु।
'केही गनाउदैन तिम्रो शरीर, किन समय खेर फाल्छौ घर गएर,सिधै आउ कामबाटै' उन्को अनुरोध सिधै आउ भन्नेछ।
'हुन्छ म हिडे, घर बाहिर बसि राख, बाहिर कतै जाउला' यति भनेर मैले गाडी स्टार्ट गरे।
गर्मीको समय छ। मेरो पुरानो गाडीको एसीले राम्ररी काम गर्दैन। म झ्यालबाट दुबैतिरका सिसा खोल्छु। गाडीको गति बढेपछि केही चिसो हावा भित्र छिर्छ। मलाई कुनै हतार छैन।म बिस्तारै बिस्तारै गाडीको गति बढाउदै जान्छु।
म उन्को घर अगाडी छु। रोडको साइडमा गाडी रोकेर बसेकोछु। लिना घर भित्रै छिन्। मैले फोन हेरिरहेछु। उन्को कुनै अत्तोपत्तो नभएपछि फोन लगाए। उनी कुन कपड़ा लगाएर जाने दोधारमा रैछिन।
'शरीर छोप्ने जे लगाए नि भो नि हामी पार्टीमा जान लाग्या हैनौ है' मेरो कुरा केही व्यंग्यात्मक छ।
'छोपेरै आउने हो' उनी मेरो जवाफ दिन्छिन।
जिन्सप्यान्ट र टिसर्टमा छिन् उनी आज। मेरो कारभित्र छिर्छिन्। शरीरमा उन्को अत्तर केही बढी प्रयोग भएकोछ।
'अब कता जाने त? घरमा आउन डराई हाल्यौ' उन्को प्रश्नमा मुस्कान मिसिएकोछ।
'हिड्दै जाउ कहि त पक्कै पुगिएला नि' मेरो उत्तरमा केही अनिश्चितता छ। मेरो गाडी अघि बढ्छ। उनी एउटा हात मेरो घुडामा ल्याएर राख्छिन्।
'गाडी चालकलाई डिस्टर्व गर्न पाइन्न' उन्को स्पर्शलाई मेरो कडा जवाफ छ। उनी हाँस्दै मेरो हातलाई समाउछिन। म हात छुटाउन खोज्छु। हामी गाडी मै गुडिरहेका छौ। उन्ले भनेजस्तो बसेर कुरा गर्ने ठाँउ कतै भेटिएको छैन। विस्तारै साँझ पर्दैछ।म लि हाइवेको वालमार्टको पार्किंगको कुनामा गाडी लिएर जान्छु। वरिपरि कुनै गाडी पार्क गरिएको छैन। ठाँउ सुनसान छ। म गाडीको स्टार्ट बन्द गर्छु। गाडीको दुबै झ्याल आधा खोलिएका छन्। बाहिरबाट सिर्रसिर्र हावा भित्र छिरिहेकोछ।
क्रमश।
विश्वबन्धु कार्कीको प्रकाशोन्मुख उपन्यास 'छुटेको रेल' बाट।
February 02, 2019
January 16, 2019
प्रदिपको नयाँ गीत 'के नै छ र'मा पल शाह र आँचल शर्माको उत्कृष्ट नृत्य
अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँले आफ्नो नयाँ गीत लिएर आएका छन्।नेपाल आईडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियोमा सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ।भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका हुन्।कल्याण सिंहले संगीत भरेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ। हाल सम्म भिडियो लाई करिब चार लाख पटक हेरि सकिएको छ :
प्रस्तुत छ युट्युब भिडियो:
Lyrics: Pradeep Chapagain Music: Kalyan Singh Arrange: Rikesh Gurung Vocal: Pratap Das Actors: Paul Shah & Aanchal Sharma Cinematography: Utsav Dahal Choreography: Gamvir Bista Edit: Suprim Parajuli Direction: Bikash Subedi
December 02, 2018
कविता 'पुरस्कार पसल'
मेरो घर छेउ
अहिले नयाँ पसल खुलेको छ,
'पुरस्कार पसल'
पसल अगाडीको बोर्डमा
ठूलो अक्षरले लेखिएकोछ
हे महोदय,
कस्तो पुरस्कार खोज्नु भएको?
रोजी रोजी, छानी छानी लानुहोस्
अब पुरस्कार नपाएर मर्ने दिन गए।
मैले साहुजीलाई सोधे
कस्तो पसल खोल्नु भएको?
यस्तो नि काही पसल हुन्छ?
साहुजीले मुस्कुराउदै सोध्नु भो
कहिले पुरस्कार पाउनु भएकोछ?
‘छैन’
केही लेख्नु भएको छ?
‘अलिअलि’
कति भयो लेख्न थालेको?
‘१५-२० वर्ष’
हो यो पसल
तपाई जस्तैहरूको लागि हो
देख्नु भयो
खुलेको दुई दिन मै
सबै पुरस्कार बिक्री भैसकेका छन्,
अब केही मात्र बाँकी छ,
त्यो पनि भरैसम्ममा बिक्री हुनेछ।
‘तपाईको पुरस्कार कस्ले किन्छ?’
त्यो माख्लाघरे कान्छो छैन
एकै दिनमा तीनवटा किनेर लग्यो
सबै राम्रा र महँगा पुरस्कार।
‘उल्ले के कुरामा योगदान गरेको छ?’
पुरस्कार पैसाले पाइन्छ
योगदान चाहिन्न
त्यतिकैमा एउटा ग्राहक आयो
‘पुरस्कार छ?’
छ कस्तो चाहिने हो?
ताम्रपत्र सहितको कि सामान्य?
‘किनेपछि राम्रै किन्ने हो’
लु यो लिनुस् सबैभन्दा राम्रो
‘पैसो कति हो?’
कति दिन सक्नु हुन्छ?
‘उधारो दिनुहुन्छ?’
पुरस्कार नि उधारो?
‘पुरस्कार चाहिएको छ पैसा छैन’
आफ्नै मान्छे विश्वास गरे
लिएर जानुहोस्
‘पुरस्कारको वारेन्टी छैन?’
कतिको वारेन्टी लिनुहुन्छ?
छ महिना, एक वर्ष, पाँच वर्ष?
चिन्ता गर्नु पर्दैन
हाम्रो पसलको पुरस्कार धेरै टिक्छ
घामपानी, हुरीवतास, असिनाले यो बिग्रदैन
‘लु राखिदिनुहोस् झोलामा’
खुशी हुदै ग्राहक लाग्छ आफ्नो बाटो
पसले नयाँ पुरस्कारको
प्याकेट खोल्दैछन्।
म छाम्छु खल्तिमा
र निकाल्छु गाता नभएको मेरो पुरानो किताब
मलाई देखेर किताब
केहि भन्न खोज्दैछ
किताबलाई हेर्दै म मौन उभिएको छु
साहुजी चिच्याउन थाले
‘पुरस्कार, पुरस्कार, पुरस्कार..
सस्तो, भरपर्दो, विशेष छुटसहित....’
पसल अगाडि अर्को ग्राहक उभियो
म सोच्दैछु
आजकल,पुरस्कार पसलको व्यापार चम्कदैछ।
-विश्वबन्धु कार्की, हाल:अमेरिका
November 04, 2018
October 24, 2018
July 15, 2018
फ्रान्सलाई दोश्रो पटक विश्वकप फुटबलको उपाधि
![]() |
| विश्वकप विजेता फ्रान्सेली टोली ट्रफीको साथमा |
विश्वकप फुटबलको एक्काइसौ संस्करण फ्रान्सले जित्न सफल भएको छ। एम्बाप्पे,ग्रिञ्ज्म्यान र पोग्बाजस्ता खेलाडीले भरिएको फ्रान्सका अगाडी उत्कृस्ट खेल खेलेको क्रोएसियाको केहि लागेन। मोर्डिच र रेकेटिच जस्ता उदयमान खेलाडीले भरिएको क्रोएसिया फ्रान्स संग ४-२को गोल अन्तरले पराजित भएको हो।क्रोएसिया पहिलो पटक विश्वकपको फाईनलमा पुग्न सफल भएको थियो। फ्रान्सले दोश्रो पटक उपाधि जितिरहदा फ्रान्सका प्रशिक्षक डेस्च्याम्पले खेलाडी र प्रशिक्षक दुवैको रुपमा विश्वकप जित्ने तेश्रो व्यक्ति बन्दै ईतिहासमा नाम लेखाएका छन्।
विश्वकपको उत्कृस्ट खेलाडी क्रोएसिया लुका मोर्डिच ,उत्कृस्ट युवा खेलाडी फ्रान्सका एम्बाप्पे,उत्कृस्ट गोलकर्ता (सुनौलो जुत्ता) इंगलैंडका ह्यारी केन, उत्कृस्ट गोल रक्षक बेल्जियमका निकोलस कोर्टिजले जितेका छन् भने फेयर प्लेको उपाधि स्पेनले हात पारेको छ।
![]() |
| विश्वकपका उत्कृस्ट खेलाडी घोषित मोर्डिच र युवा खेलाडी एम्बाप्पे |
विश्वकपको फाईनल हेर्न फ्रान्सका रास्ट्रपति एम्मानुएल म्यक्रॊन, क्रोएसियाकि रास्ट्रपति कोलिण्डा किटारोविच र रुसी रास्ट्रपति ब्लाधिमिर पुटिनपनि उपस्थित थिए। विश्वकप विजेता बनेको फ्रान्सका समर्थकहरु फ्रान्सको राजधानी पेरिस लगायत विश्वभर खुशी मनाइरहेका छन्। एक महिना सम्म चलेको विश्वकपको एक्काइसौ संस्करण सकिए लगत्तै २०२२मा कतारमा हुने २२ औ संकरणतिर फुटबल प्रेमी हरुको ध्यान मोडिएकोछ।
July 10, 2018
भर्जिनियामा मारिएका रेशम बजगाईको परिवारलाई सहयोगको अपिल
पुर्ख्यौली घर गोरखा भई चितवन जिल्लाको भरतपुर निबाशी रेशम बजगाईलाई भर्जिनियाको हरन्डन स्थित फ़्रेंकलिन फ़ार्मको “SUNOCO “ ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा यही जुलाई ४ तारिक बिहान १:१५ बजे अज्ञात समुहले हत्या गरेका छन् । उनी अमेरिका आएको ९ महिना मात्र भएको र एउटी ५ बर्षकी छोरी र श्रीमतीका लागि यस दु:खद अवस्स्थामा केही सहयोग पुगोस भनेर एन आर एन भर्जिनिया च्याप्टरबाट यो गो फण्ड एकाउन्ट खोलिएको छ। कृपया यो मानबीय सहयोगमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौ।
सहयोग गर्न इच्छुक महानुभावहरुले कृपया उहाको तेह्रौं पुण्य तिथि (July 17) अगावै सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।
सहयोगको लागि तलको लिन्कमा जानु होला:
https://www.gofundme.com/helpfamily-of-resham-who-was-killed
May 06, 2018
गजल ‘झरी’
रातभर नै अविरल झरी परेको दिन
जूनले आँगनीमा याद छरेको दिन।
पीडाले खुशीलाई बस्ने ठाउँ नि दिएन
खाली होला मनले बसाई सरेको दिन।
भाग्यमा साढे सातको दशा लागेकोछ
सुख पाईएला कि त दशा टरेको दिन?
चल्छ सम्बन्धको रथ सधै विश्वासले
यात्रा रोकिन्छ कुठाराघात गरेको दिन।
संसारलाई स्वार्थी बनाईरहेछ पैसाले
हारालुछ चल्छ घरमै अाफै मरेको दिन।
-विश्वबन्धु कार्की, हाल:भर्जिनिया,अमेरिका
-विश्वबन्धु कार्की, हाल:भर्जिनिया,अमेरिका
April 20, 2018
April 01, 2018
समयको कुरुप तस्बिर
उपन्यासकार विश्वबन्धु कार्कीले आफ्नो प्रथम उपन्यास ‘मोना’मार्फत नेपाली समाजको अत्यन्तै कुरुप र असमान अनुहारलाई सार्वजनिक गर्ने ध्येय सँगालेको प्रतीत हुन्छ । उपन्यासमा उनले सामाजिक एवम् परिवेशगत विडम्बनालाई धेरै नै मिहिन र प्रभावकारी ढंगले चित्रित गरेका छन् । एउटा समाज र परिवारभित्रका व्यक्तिको जीवनकथा बुनिएको ‘मोना’मा विपन्न वर्गका कामकाजी महिलाको जीवन–संसार हामीसामु उपस्थित हुन्छ । उनले नेपाली समाजमा नारी वर्गले भोग्नुपरेका दु:ख, कष्ट, उत्पीडन, अपमान, अवसादजस्ता पक्षहरूलाई कलात्मक ढंगले पस्किएका छन् उपन्यासमा ।
उपन्यासकी मूलपात्र मोना एउटा गरिब परिवारमा जन्मिएकी दु:खका अनेक आयामहरूसित परिचित व्यक्ति हुन् । ग्रामीण भेगमा जन्मिएका उनले सानैदेखि पारिवारिक दायित्व बेहोर्न बाध्य हुनुपर्छ । ग्रामीण क्षेत्रका एउटा गरिब परिवारका नारीले के–कस्ता दु:खका शृंखलाहरू पार गर्नुपर्छ ? यो सर्वविदितै पक्ष हो । दु:खका पक्षहरू घना रहेकै अवस्थामा, किशोरकालीन दिनहरूमा टेक्दै गर्दा उनी र उनका समकालीन दलित युवा चन्द्रेबीच मायाका पोयोहरू बाटिन्छन् । उनीहरू एकैसाथ जिउने र मर्ने वाचासँगै सपनाका बान्कीहरू पनि बुन्छन् । तर, परिस्थिति भने उनीहरूले सोचेअनुरूप सरल र सुगम तरिकाले विकसित हुँदैन । अपवादलाई छोड्ने हो भने, सामाजिक कुरीति, विसंगति, जातीय भेदभाव र धार्मिक/सांस्कृतिक जटिलताहरूले बेरिएको नेपाली समाजमा एउटा दलित युवा र गैरदलित युवतीबीच विवाह हुने कुरा असम्भवप्राय: नै हुन्छ । त्यही कारण, मोनाको बिहे एउटा सम्पन्न परिवारको युवासित हुन्छ । तर, मोनाको बिहे जुन युवासित हुन्छ, ऊ एड्सद्वारा पीडित व्यक्ति हुन्छ । सहरमा बसोवास गर्ने क्रममा त्यहाँका वेश्यालयहरूमा धाउने चरित्र भएका मोनाको पतिले अन्तत: मोना र उनको पेटमा रहेको शिशुलाई समेत एड्स सारेर मृत्युको सिकार बन्न पुग्छ । पतिको मृत्युपछि मोनाको जीवन कहालीलाग्दो स्थितिबीच गुज्रिन्छ र अन्तत: उसले आफ्ना बाल्यकालदेखिकै साथी चन्द्रेसित नै निकटता बढाउँछे । तर, चन्द्रेसित निकट भए तापनि उनीहरूको गाउँमा बस्ने वातावरण भत्किन्छ । गाउँमा अनेक किसिमका दु:ख, अपमान झेल्नुपरेपछि सहर छिरेका ती तीनै पात्रको दु:खद् अन्त्य हुन्छ । बियोगान्त तरिकाले उपन्यास टुंगिन्छ ।
नेपाली समाजको वास्तविक स्थितिको उत्खनन् गर्ने क्रममा ‘मोना’ले धेरै प्रश्न पनि उठाएको छ । हुन पनि, नारीहरू एकै दृष्टिमा चरित्रहीन बन्न पुग्छन्, यही नै नेपाली समाजको कटु यथार्थ हो । एउटी नारीलाई हरेक किसिमले प्रयोग गरेर उसलाई चरित्रगत हिसाबले समाप्त पार्नका लागि हरसम्भव प्रयास गर्ने गरिन्छ । त्यसको ज्वलन्त दृष्टान्त मोनाजस्तै असंख्य पात्र हुन् । साथै, एउटा पतिको घनघोर भोगवादी प्रवृत्तिका कारण उसका पत्नी र सन्तानले समेत कसरी दु:ख भोग्नुपर्छ र दारुण मृत्युको सिकारसमेत बन्न पुग्नु पर्दछ भन्ने देखाउने क्रममा पनि उपन्यास अग्रसर छ ।
नारीप्रति हिंसा र संवेदनहीनताको विष कतिसम्म फैलिएको छ ? यो पक्ष देखाउन सक्षम उपन्यासमा पारिवारिक अपवादको सम्पूर्ण दोष एउटी नारीको टाउको खन्याएर नेपाली समाजले आफूलाई कतिसम्म क्रूर र अमानवीयताको गोरेटोमा पाइला बढाइरहेको छ भन्ने पनि प्रस्ट पारेको छ । र, उपन्यासमा नारीप्रति समाजको पूर्वाग्रहको खुलासासमेत गरिएको छ । नेपाली समाजको विद्रुप तस्बिर उतार्न अग्रसर ‘मोना’ निम्न वर्गीय नेपाली सामाजिक जीवनको ‘रफ ड्राफ्ट’ प्रतीत हुन्छ । तर, उपन्यासभित्रका पात्रहरू भने ‘फेयर’ जीवन बाँच्ने उत्कट अभिलाषा राख्छन् । तर समाज, समय र परिस्थितिले तिनीहरूलाई ‘रफ’ मा नै बाँच्न बाध्य तुल्याउँछ ।
‘मोना’ केवल स्थुल निर्वाह र सामाजिक स्थितिहरूको बयानमा मात्र बढी केन्द्रित छ । पात्रहरू परिस्थितिसित टक्कर लिन त्यति सक्षम र सबल छैनन् । तथापि, विश्वबन्धुको यो उपन्यासले एउटा के आशा निश्चित रूपमा जगाउँछ भने, भविष्यमा उनीबाट नेपाली साहित्यक्षेत्र र पाठकहरूले अझ धेरै उम्दा उपन्यास पाउनेछन् ।
उपन्यासकार : विश्वबन्धु कार्की
विधा : उपन्यास
प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी, अमेरिका
पृष्ठ : २०८
मूल्य : २५०।–
February 04, 2018
सावधान:निशुल्क वाईफाई चलाउन पाएर मख्ख नपर्नुहोला
अहिले प्रविधिको प्रयोगले मानिसलाई यति सम्म नतमस्तक बनाईदिएको छ कि आफन्त साथीभाईको घर जादा समेत सन्चो विसन्चो भन्दा पहिला हामी वाईफाईको पासवर्ड सोध्न शुरु गर्छौँ। सबैलाई आफ्नो फोनको इन्टरनेट डाटा कम खर्च गर्न मनपर्छ,अझ नि:शुल्क वाईफाई प्रयोग गर्न पाउदा हामी खुशी महसुस गर्ने गर्छौं।अबदेखि भने निशुल्क वाईफाई चलाउने बानीलाई परिवर्तन गरि हाल्नु होला,किनकि असुरक्षित वाईफाईको प्रयोग तपाईंको लागि खतरा बन्न सक्ने विवरणहरु आइरहेकाछन्।
अमेरिकामा ५७ प्रतिशत व्यक्तिको व्यक्तिगत विवरणको चोरी सार्वजनिक वाईफाईको प्रयोग गर्दा हुने गरेको तथ्य सार्वजनिक भएकोछ।जब तपाई घर बाहिर वाईफाई प्रयोग गर्दै हुनुहुन्छ,तपाइँको व्यक्तिगत विवरणमाथि वाईफाईको स्वामित्व भएको व्यक्तिले चाहेमा पहुँच पुर्याउन सक्छ भने उक्त व्यक्तिले तपाईंको विवरण गलत उद्देश्यका लागि प्रयोग गर्न पनि सक्दछ।
तपाईंको सामाजिक संजाल जस्तै, बैंक वा क्रेडिट कार्ड विवरणहरू,फोटोहरू,महत्वपूर्ण जानकारीहरू गलत व्यक्तिको हातमा पर्नु तपाईंको लागि अवश्य खतरापूर्ण हुनेछ।अहिले हामी सबै बढ्दै गएको साइबर अपराध र इन्टरनेट हैकिंग बारे जानकार छौ। त्यसैले तपाईंको घर जस्तै घरको वाईफाई पासवर्ड पनि सुरक्षित हुनु अति आवश्यक छ,किनकि तपाईंको घरको वाईफाई गलत व्यक्तिको हातमा पर्नु भनेको तपाइँको व्यक्तिगत विवरणहरू माथि बाह्य व्यक्तिको पहुच पुग्नु जस्तै मानिन्छ। वाईफाईको प्रयोगलाई कसरी सुरक्षित बनाउन सकिन्छ त? त्यसको लागि यी सामान्य कुराहरूमा ध्यान पुर्याऔ:
• सधैँ सुरक्षित र विश्वसनीय वाईफाई प्रयोग गर्ने,
• यदि तपाईलाई घर बाहिर हुदा वाईफाई चलाउनै पर्ने परिस्थिति आए पनि उक्त स्थानमा आफ्ना सामाजिक सञ्जाल, बैंक र क्रेडिट कार्डको अनलाईनल खाता पहिला लगआउट गरेर मात्र चलाउने
• घरको लागि सुरक्षित वाईफाईको पासवर्ड छनौट गर्ने, समय समयमा पासवर्ड परिवर्तन गरी राख्ने
• अनलाईन खाताहरूको पासवर्ड पनि समय समयमा परिवर्तन गरि राख्ने
• सधै तपाईको घरको वाईफाई प्रयोग गर्ने उपकरणहरूको तथ्यांक जाँच गर्ने
• असुरक्षित वाईफाईको प्रयोग गर्नु भन्दा आफ्नै फोनको डाटा प्रयोग गर्नु बुद्धिमानी हुनेछ
नयाँ वाईफाईको प्रयोग गर्नु पूर्व एक पटक सोच्नुहोस् र आफूलाई सुरक्षित राख्नुहोस् अनि अरूलाई पनि कसरी सुरक्षित हुने सुझाव दिनुहोस्।
Subscribe to:
Posts (Atom)
Featured Post (चित्रित पोस्ट)
-
https://youtu.be/M4I365UXV7A
-
अपोलो अस्पतालको चौथो तल्लाको बेड नम्बर ३२। म,आमा र दाई बुवाको उपचारको लागि दिल्लीमा थियौं। बुवा,आमा र दाई काठमाण्डूबाट आउनु भएको थियो भने ...







