पुर्ख्यौली घर गोरखा भई चितवन जिल्लाको भरतपुर निबाशी रेशम बजगाईलाई भर्जिनियाको हरन्डन स्थित फ़्रेंकलिन फ़ार्मको “SUNOCO “ ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा यही जुलाई ४ तारिक बिहान १:१५ बजे अज्ञात समुहले हत्या गरेका छन् । उनी अमेरिका आएको ९ महिना मात्र भएको र एउटी ५ बर्षकी छोरी र श्रीमतीका लागि यस दु:खद अवस्स्थामा केही सहयोग पुगोस भनेर एन आर एन भर्जिनिया च्याप्टरबाट यो गो फण्ड एकाउन्ट खोलिएको छ। कृपया यो मानबीय सहयोगमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौ।
सहयोग गर्न इच्छुक महानुभावहरुले कृपया उहाको तेह्रौं पुण्य तिथि (July 17) अगावै सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।
सहयोगको लागि तलको लिन्कमा जानु होला:
https://www.gofundme.com/helpfamily-of-resham-who-was-killed
No comments:
Post a Comment