
अमेरिकामा ५७ प्रतिशत व्यक्तिको व्यक्तिगत विवरणको चोरी सार्वजनिक वाईफाईको प्रयोग गर्दा हुने गरेको तथ्य सार्वजनिक भएकोछ।जब तपाई घर बाहिर वाईफाई प्रयोग गर्दै हुनुहुन्छ,तपाइँको व्यक्तिगत विवरणमाथि वाईफाईको स्वामित्व भएको व्यक्तिले चाहेमा पहुँच पुर्याउन सक्छ भने उक्त व्यक्तिले तपाईंको विवरण गलत उद्देश्यका लागि प्रयोग गर्न पनि सक्दछ।
तपाईंको सामाजिक संजाल जस्तै, बैंक वा क्रेडिट कार्ड विवरणहरू,फोटोहरू,महत्वपूर्ण जानकारीहरू गलत व्यक्तिको हातमा पर्नु तपाईंको लागि अवश्य खतरापूर्ण हुनेछ।अहिले हामी सबै बढ्दै गएको साइबर अपराध र इन्टरनेट हैकिंग बारे जानकार छौ। त्यसैले तपाईंको घर जस्तै घरको वाईफाई पासवर्ड पनि सुरक्षित हुनु अति आवश्यक छ,किनकि तपाईंको घरको वाईफाई गलत व्यक्तिको हातमा पर्नु भनेको तपाइँको व्यक्तिगत विवरणहरू माथि बाह्य व्यक्तिको पहुच पुग्नु जस्तै मानिन्छ। वाईफाईको प्रयोगलाई कसरी सुरक्षित बनाउन सकिन्छ त? त्यसको लागि यी सामान्य कुराहरूमा ध्यान पुर्याऔ:
• सधैँ सुरक्षित र विश्वसनीय वाईफाई प्रयोग गर्ने,
• यदि तपाईलाई घर बाहिर हुदा वाईफाई चलाउनै पर्ने परिस्थिति आए पनि उक्त स्थानमा आफ्ना सामाजिक सञ्जाल, बैंक र क्रेडिट कार्डको अनलाईनल खाता पहिला लगआउट गरेर मात्र चलाउने
• घरको लागि सुरक्षित वाईफाईको पासवर्ड छनौट गर्ने, समय समयमा पासवर्ड परिवर्तन गरी राख्ने
• अनलाईन खाताहरूको पासवर्ड पनि समय समयमा परिवर्तन गरि राख्ने
• सधै तपाईको घरको वाईफाई प्रयोग गर्ने उपकरणहरूको तथ्यांक जाँच गर्ने
• असुरक्षित वाईफाईको प्रयोग गर्नु भन्दा आफ्नै फोनको डाटा प्रयोग गर्नु बुद्धिमानी हुनेछ
नयाँ वाईफाईको प्रयोग गर्नु पूर्व एक पटक सोच्नुहोस् र आफूलाई सुरक्षित राख्नुहोस् अनि अरूलाई पनि कसरी सुरक्षित हुने सुझाव दिनुहोस्।
No comments:
Post a Comment