www.bishwachautari.com
विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.
October 24, 2018
दशैं आयो
दुवोमा लागेको शित सम्झें दशैं आयो
सुमधुर मालश्री गित सम्झें दशैं आयो।
हार्न जानेको छैन नेपाली मनले कतै
दुर्गा भवानीको जीत सम्झें दशैं आयो।
हुर्केको बचेरो पुग्यो सात समुन्द्र पारी
चराचुरूंगीको प्रीत सम्झें दशैं आयो।
देउरालीमा पिंग खेल्नेको भीड होला
सुन्दर नेपाली रित सम्झें दशैं आयो।
-विश्व कार्की,
हाल-भर्जिनिया, अमेरिका
Newer Post
Older Post
Home
Featured Post (चित्रित पोस्ट)
BishwaArt
मोना || नेपाली उपन्यास || MONA || Full Nepali Novel Audiobook || Bishwa Bandhu Karki ||
https://youtu.be/M4I365UXV7A
कविता :'मैले छाडेको स्वर्ग'
प्रभातमा मेरो घरछेउ बज्ने मन्दिरका घन्टीहरुका आवाज सुन्न नपाउदा आजकल, म बहिरो बनिरहेछु, मोटरगाडीका कानै खाने टड्कारा हर्नहरु मलाई प...