
कुराकानीकै क्रममा उनले थपे "तपाईहरु महँगो होटेलमामा बस्नु भएको रहेछ, यहाँ निकै सस्तो होटेलहरु पनि छन, अहिले तपाईहरुले बस्नु भएको होटेलमाझै सुबिधा भएको ,तपाईहरुलाई थाहा नभएर हो, अहिले तपाईहरुले ६०० दिनको तिर्नु हुन्छ, अब तपाईहरुले दिनको १०० भन्दा बढ़ी तिर्नु पर्दैन"
मैले सोधे "हो र ? अनि कहा छ त्यस्तो होटेल ?
उनले भने "त्यों यस्तै गंभीर रोग लागेका बिरामीको कुरुवाहरुकै लागि यहाँको सर्कारले उपलब्ध गराउने सुबिधा हो , तेस्का लागि एउटा फर्म भर्नु पर्छ। "
मैले फेरि उत्सुक भएर सोधे "त्यों फर्म भर्ने ठाउँ कहाँ छ ?"
तेस्पछी उनले भने" ल! म संग एकजना हिड्नुहोस, अलिकति प्रशासनिक खर्च पनि हुन्छ, ५००० भारू जति बोक्नुहोस्। "
एक जना मात्र होइन, दाई र म दुबै जना उसंग जाने भयौ।
अपोलो अस्पताल अघिको टेम्पो स्टॉपबाट हामी तीनजना हेम्स अस्पतालतीर लाग्यौ। उनले बताए अनुसार कम शुल्कक़ो होटेलक़ो लागि हेम्स अस्पतालमा आबेदन दिने ठाउँ छ। सबै काम तेही गएपछि हुन्छ।
हामी हेम्स अस्पतालको गेटमा ओर्लियौ अनि उनकै पछि-पछि लाग्यौ।अस्पतालमा सारै भीडभाड़ थियो। भुइतल्लाबाट पहिलो तल्ला उक्लने स्टेपनीर उनी रोक्किए ।
"ल अब प्रशासन नजिकै छौ हामी, मैले सबैलाई चिनेको छु,त्याका कर्मचारीहरुलाई,तपाईंहरु जानु भयो भने ढिलो हुन्छ, तपाईहरु यही बस्दै गर्नुस, बरु मलाई बिरामीको नाम, ठेगाना अनि ३००० भारु दिनुहोस प्रशासनिक खर्चको लागि, त्यों पैसा तपाईहरु होटेलमा बस्नको लागि डिपोजिट पनि हो। "
"ल अब प्रशासन नजिकै छौ हामी, मैले सबैलाई चिनेको छु,त्याका कर्मचारीहरुलाई,तपाईंहरु जानु भयो भने ढिलो हुन्छ, तपाईहरु यही बस्दै गर्नुस, बरु मलाई बिरामीको नाम, ठेगाना अनि ३००० भारु दिनुहोस प्रशासनिक खर्चको लागि, त्यों पैसा तपाईहरु होटेलमा बस्नको लागि डिपोजिट पनि हो। "
मेरो दिमाग शून्य जस्तै भयो। खल्तीबाट ३००० निकालेर उन्को हातमा राखीदिए, एउटा कागज़मा बुवाको बिबरण लेखेर दिए। त्यसपछि उनी माथिल्लो तल्लामा उक्लिए ।
म झस्किए। अनि दाईलाई भने "त्यों मान्छे भाग्यो भने त्यसको के परिचय हामीसँग छ त दाई ?"
दाईले भन्नुभयो "त्यों तेत्तिकै कहाँ भाग्न सक्छ र ?"
मेरा आँखामा उक्त ब्यक्तिको तस्बिर नाचिरहेको थियो। हामी अलिकति ढिलो भइसकेका थियौ।म त्यों मान्छे गएको बाटो हेर्दै पछि लागे, तर त्यो बिशाल अस्पतालमा उस्को नाम निशान भेटिएन। करीब एक घण्टा खोजिसकेपछि हामीले हेम्स अस्पतालको सेक्युरिटीलाई घटनाको जानकारी गरायौ। केहिबेरको बार्तालापमा उनीहरुले उल्टै यस्ता प्रश्नहरु सोझ्याए "अपरिचित ब्यक्तिको आपने क्यू बिस्वास किया? यहापे रोज यैसी घटनाएं होति हे, आपके पास उस्का कोही परिचय, फोटो या नंबर है ?
हामी नाजवाफ भयौ र भन्यौ "नही "!!!
-विश्वबन्धु कार्की,
हाल:अमेरिका
-विश्वबन्धु कार्की,
हाल:अमेरिका