विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

December 27, 2017

अमेरिकामा स्वस्तिक चिन्हको प्रयोग तपाईको लागि खतरा बन्न सक्छ

हिन्दु धर्मावलम्बीहरुले पवित्र मानेर पूजाआजामा प्रयोग गर्ने स्वस्तिक चिन्ह अब देखि अमेरिकामा प्रयोग गर्दा ध्यान पुर्याउनु होला, किनकि स्वस्तिक चिन्ह अहिले स्वेत सर्वोच्चता वकालत गर्ने  नियो नाजी,केकेके जस्ता समूहहरुले  प्रयोग गरिरहेछन। यो चिन्ह हिटलरको नाजी पार्टी र नाजी जर्मनीले दोश्रो विश्वयुद्द पहिला प्रयोगमा ल्याएको थियो। 

अमेरिकामा स्वेत सर्वोच्चताको समर्थन गर्ने गोराहरुले स्वस्तिक चिन्ह भएको झण्डा आफ्नो घर अगाडि राख्न शुरू गरेका छन।  केहि समय अघि भर्जिनियाको सार्लोट्सभिलमा भएको स्वेत राष्ट्रबादीहरुको हिंसात्मक प्रदर्शनमा स्वस्तिक झण्डाहरु पनि प्रयोग भएको थियो। अमेरिकामा बढिरहेको रंगको विभाजनमा विशेष गरेर आप्रबासीहरुलाई  ती स्वेत सर्बोच्चताको समर्थन गर्ने समूहहरुले निशाना बनाइरहेका छन, जसको शिकार  अमेरिकामा बसोबास गरिरहेका नेपालीहरु पनि भइरहेकाछन।   

गत शुक्रबार मात्र स्वस्तिक चिन्हको विवादले भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा रहेको रेस्टन शहरमा दुई जनाको ज्यान गएको छ। नजिकैको पार्कमा स्वस्तिक चिन्ह बनाउने ब्यक्तिले प्रेमिकालाई सोही कारणले भेट्न नपाएपछि उक्त ब्यक्तिले प्रेमिकाको आमाबुवालाई गोलीहानी हत्या गरेको थियो र पछि आफैलाई गोली हानेको थियो।

अमेरिकामा रहदा आफ्नो घर बाहिर पूजाआजा गर्दा देखिने गरि स्वस्तिक चिन्ह नबनाउदा नै राम्रो, यदि बनाउनै परे पूजाकोठाको वरिपरि बनाउँदा ठिक हुनेछ। आफ्नो शरीरमा देखिने गरि स्वस्तिक चिन्हको टाटु बनाउनु भएको छ भने अब सार्वजनिक ठाउँमा जादा भने अवश्य विचार पुर्याउनु पर्नेछ।  



December 25, 2017

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले यसरी दिए क्रिसमसको शुभकामना

टेलीफोनमा क्रिसमसको शुभकामना दिदै प्रथम महिला मेलानिया र राष्ट्रपति ट्रम्प 
राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले यस वर्षको  क्रिसमस फ्लोरिडा स्थित आफ्नै मार ए लगो रिसोर्टमा मनाएकाछन्।दुबैले क्रिसमसको अघिल्लो साँझ आइतबार अमेरिकी बालबालिकाहरु संग टेलीफोनमा क्रिसमसको शुभकामना आदानप्रदान गरेका थिए। 

सोमबार क्रिसमसको दिन भिडियो मार्फत शुभकामना दिदै 'मेलानिया र म क्रिसमसको अवसरमा अमेरिका र सम्पूर्ण विश्वलाई क्रिसमसको शुभकामना दिन पाउदा अत्यन्तै खुशी छौ। हामीले अमेरिकाको भलो र अमेरिकी जनताको आत्मा देखेका छौ।  हामी बर्दीका साहसी पुरुष र महिलाहरु प्रति सम्मान अर्पण गर्दछौ।'  राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको क्रिसमसको शुभकामना भिडियो :  


December 24, 2017

आफू विरुद्धको पछिल्लो नाकाबन्दीबारे उत्तरकोरियाको खतरनाक प्रतिक्रिया


संयुक्त राष्ट्रसंघले उत्तरकोरिया विरुद्ध भर्खरै पारित गरेको थप नाकाबन्दीबारे प्रतिक्रिया जनाउँदै उस्ले आइतबार उक्त प्रक्रियाको समर्थन गर्ने मुलुकहरुले ठूलो  मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।उस्का पछिल्ला क्षेप्यास्त्र परिक्षणहरूको अन्तराष्ट्रिय समुदायले चर्को विरोध गर्दै आईरहेकाछन्। 
उत्तर कोरियाका शासक किम जोन उन


अन्तराष्ट्रिय  समुदायको आलोचनाको  वेवास्ता गरिरहेको  उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले  भर्खरै थप नाकाबन्दी लगाएको हो। पछिल्लो नाकाबन्दी पछि उस्ले पेट्रोलियम पदार्थको निर्यात गर्न पाउने छैन। उक्त कदमबाट परमाणुजडित  क्षेप्यास्त्र बनाउने  अभियानमा रहेको उत्तर  कोरियालाई नकारात्मक आर्थिक प्रभाव पर्नेछ। 

संयुक्त राष्ट्रसंघमा उत्तरकोरिया विरुद्धको नाकाबन्दीलाई समर्थन गर्ने मुलुकहरु प्रति र मुख्य रुपमा संयुक्त राज्य अमेरिका प्रति उत्तर कोरिया रुस्ट बनेको छ। यसलाई उत्तर कोरियाले ऊ बिरुद्ध युद्द छेडिएको घोषणाको रुपमा लिएको जनाएको छ। केहि समय अघि अमेरिकी मेरिन कोर्प्सका जनरलले आफ्ना फौजलाई 'युद्ध नजिकिएको' जानकारी दिनुलाई कोरिया प्रायद्वीपमा जुनसुकै बेला युद्ध शुरू हुन सक्ने खतरा बढेर गएको हो।     

Featured Post (चित्रित पोस्ट)

BishwaArt