विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

January 20, 2018

गजल ‘को होला?’

लुकी लुकी त्यो झ्यालबाट हेर्ने को होला?
मनको आँगनमा प्रेमको फूल छर्ने को होला?

शरीर थर्थरी काप्ने गर्छ विहानीको सिरेटोमा
अन्जानलाई न्यानो अँगालोमा बेर्ने को होला?

हिडीरहेछु वर्षौ देखि उही एक्लो यात्रामा 
मलाई देखी लजाउदै बाटो फेर्ने को होला?

लेख्ने आँट गरेन कसैले हृदयको भित्तामा
मुटुको कुनामा आफ्नो नाम केर्ने को होला?

यो जीवनमा सुन्दर रंगहरू भर्ने को होला?
लुकी लुकी त्यो झ्यालबाट हेर्ने को होला?

-विश्वबन्धु कार्की, हाल:अमेरिका 

No comments:

Post a Comment

Featured Post (चित्रित पोस्ट)

BishwaArt