विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

January 16, 2019

प्रदिपको नयाँ गीत 'के नै छ र'मा पल शाह र आँचल शर्माको उत्कृष्ट नृत्य

अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँले आफ्नो नयाँ गीत लिएर आएका छन्।नेपाल आईडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियोमा सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ।भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका हुन्।कल्याण सिंहले संगीत भरेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ। हाल  सम्म  भिडियो लाई करिब  चार लाख पटक हेरि सकिएको छ :
प्रस्तुत छ युट्युब भिडियो:
Lyrics: Pradeep Chapagain Music: Kalyan Singh Arrange: Rikesh Gurung Vocal: Pratap Das Actors: Paul Shah & Aanchal Sharma Cinematography: Utsav Dahal Choreography: Gamvir Bista Edit: Suprim Parajuli Direction: Bikash Subedi


December 02, 2018

कविता 'पुरस्कार पसल'

मेरो घर छेउ 
अहिले नयाँ पसल खुलेको ,
'पुरस्कार पसल'
पसल अगाडीको बोर्डमा 
ठूलो अक्षरले लेखिएकोछ
हे महोदय,
कस्तो पुरस्कार खोज्नु भएको?
रोजी रोजीछानी छानी लानुहोस्
अब पुरस्कार नपाएर मर्ने दिन गए।
मैले साहुजीलाई सोधे
कस्तो पसल खोल्नु भएको?
यस्तो नि काही पसल हुन्छ?
साहुजीले मुस्कुराउदै सोध्नु भो
कहिले पुरस्कार पाउनु भएकोछ?
छैन
केही लेख्नु भएको ?
अलिअलि
कति भयो लेख्न थालेको?
१५-२० वर्ष
हो यो पसल 
तपाई जस्तैहरूको लागि हो
देख्नु भयो 
खुलेको दुई दिन मै 
सबै पुरस्कार बिक्री भैसकेका छन्,
अब केही मात्र बाँकी ,
त्यो पनि भरैसम्ममा बिक्री हुनेछ।
तपाईको पुरस्कार कस्ले किन्छ?’
त्यो माख्लाघरे कान्छो छैन
एकै दिनमा तीनवटा किनेर लग्यो
सबै राम्रा  महँगा पुरस्कार। 
उल्ले के कुरामा योगदान गरेको ?’
पुरस्कार पैसाले पाइन्छ
योगदान चाहिन्न
त्यतिकैमा एउटा ग्राहक आयो
पुरस्कार ?’
 कस्तो चाहिने हो?
ताम्रपत्र सहितको कि सामान्य?
किनेपछि राम्रै किन्ने हो
लु यो लिनुस् सबैभन्दा राम्रो
पैसो कति हो?’
कति दिन सक्नु हुन्छ?
उधारो दिनुहुन्छ?’
पुरस्कार नि उधारो?
पुरस्कार चाहिएको  पैसा छैन
आफ्नै मान्छे विश्वास गरे
लिएर जानुहोस्
पुरस्कारको वारेन्टी छैन?’
कतिको वारेन्टी लिनुहुन्छ?
 महिनाएक वर्षपाँच वर्ष?
चिन्ता गर्नु पर्दैन
हाम्रो पसलको पुरस्कार धेरै टिक्छ
घामपानीहुरीवतासअसिनाले यो बिग्रदैन
लु राखिदिनुहोस् झोलामा
खुशी हुदै ग्राहक लाग्छ आफ्नो बाटो
पसले नयाँ पुरस्कारको 
प्याकेट खोल्दैछन्।
 छाम्छु खल्तिमा 
 निकाल्छु गाता नभएको मेरो पुरानो किताब
मलाई देखेर किताब 
केहि भन्न खोज्दैछ
किताबलाई हेर्दै  मौन उभिएको छु 
साहुजी चिच्याउन थाले
पुरस्कारपुरस्कारपुरस्कार..
सस्तोभरपर्दोविशेष छुटसहित....’
पसल अगाडि अर्को ग्राहक उभियो
 सोच्दैछु
आजकल,पुरस्कार पसलको व्यापार चम्कदैछ।

-विश्वबन्धु कार्की, हाल:अमेरिका 

November 04, 2018

छुट्यो टीका



खाली मेरो निधार छुट्यो टीका
दिदीबैनीको प्यार छुट्यो टीका।

आउछु भन्दाभन्दै वर्षौ बितिगो
विदेशको घरवार छुट्यो टीका।

झिलीमिली होला त्यो गाउँशहर
अँध्यारो यो संसार छुट्यो टीका।

मखमली सयपत्री फुलेको पल
खल्लो भो तिहार छुट्यो टीका।

-विश्व कार्की,
हाल-भर्जिनिया, अमेरिका

Featured Post (चित्रित पोस्ट)

BishwaArt