विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

February 04, 2018

सावधान:निशुल्क वाईफाई चलाउन पाएर मख्ख नपर्नुहोला

अहिले प्रविधिको प्रयोगले मानिसलाई यति सम्म नतमस्तक बनाईदिएको कि आफन्त साथीभाईको घर जादा समेत सन्चो विसन्चो भन्दा पहिला हामी वाईफाईको पासवर्ड सोध्न शुरु गर्छौँ। सबैलाई आफ्नो फोनको इन्टरनेट डाटा कम खर्च गर्न मनपर्छ,अझ नि:शुल्क वाईफाई प्रयोग गर्न पाउदा हामी खुशी महसुस गर्ने गर्छौं।अबदेखि भने निशुल्क वाईफाई चलाउने बानीलाई परिवर्तन गरि हाल्नु होला,किनकि असुरक्षित वाईफाईको प्रयोग तपाईंको लागि खतरा बन्न सक्ने विवरणहरु आइरहेकाछन्।  

अमेरिकामा ५७ प्रतिशत व्यक्तिको व्यक्तिगत विवरणको चोरी सार्वजनिक वाईफाईको प्रयोग गर्दा हुने गरेको तथ्य सार्वजनिक भएकोछ।जब तपाई घर बाहिर वाईफाई प्रयोग गर्दै हुनुहुन्छ,तपाइँको व्यक्तिगत विवरणमाथि वाईफाईको स्वामित्व भएको व्यक्तिले चाहेमा पहुँच पुर्याउन सक्छ भने उक्त व्यक्तिले तपाईंको विवरण गलत उद्देश्यका लागि प्रयोग गर्न पनि सक्दछ। 

तपाईंको सामाजिक संजाल जस्तै, बैंक वा क्रेडिट कार्ड विवरणहरू,फोटोहरू,महत्वपूर्ण जानकारीहरू गलत व्यक्तिको हातमा पर्नु तपाईंको लागि अवश्य खतरापूर्ण हुनेछ।अहिले हामी सबै बढ्दै गएको साइबर अपराध इन्टरनेट हैकिंग बारे जानकार छौ। त्यसैले तपाईंको घर जस्तै घरको वाईफाई पासवर्ड पनि सुरक्षित हुनु अति आवश्यक ,किनकि तपाईंको घरको वाईफाई गलत व्यक्तिको हातमा पर्नु भनेको तपाइँको व्यक्तिगत विवरणहरू माथि बाह्य व्यक्तिको पहुच पुग्नु जस्तै मानिन्छ। वाईफाईको प्रयोगलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? त्यसको लागि यी सामान्य कुराहरूमा ध्यान पुर्याऔ:

सधैँ सुरक्षित विश्वसनीय वाईफाई प्रयोग गर्ने,
यदि तपाईलाई घर बाहिर हुदा वाईफाई चलाउनै पर्ने परिस्थिति आए पनि उक्त स्थानमा आफ्ना सामाजिक सञ्जाल, बैंक क्रेडिट कार्डको अनलाईनल खाता पहिला लगआउट गरेर मात्र चलाउने
घरको लागि सुरक्षित वाईफाईको पासवर्ड छनौट गर्ने, समय समयमा पासवर्ड परिवर्तन गरी राख्ने
अनलाईन खाताहरूको पासवर्ड पनि समय समयमा परिवर्तन गरि राख्ने
सधै तपाईको घरको  वाईफाई प्रयोग गर्ने उपकरणहरूको तथ्यांक जाँच गर्ने
असुरक्षित वाईफाईको प्रयोग गर्नु भन्दा आफ्नै फोनको डाटा प्रयोग गर्नु बुद्धिमानी हुनेछ

नयाँ वाईफाईको प्रयोग गर्नु पूर्व एक पटक सोच्नुहोस् आफूलाई सुरक्षित राख्नुहोस् अनि अरूलाई पनि कसरी सुरक्षित हुने सुझाव दिनुहोस्। 

January 27, 2018

अमेरिकामा कसरी सुरक्षित हुने?

संसार कै शक्तिशाली देश अमेरिका। हरेक वर्ष हजारौको संख्यामा नेपालीहरु विद्यार्थी भिसामा,आप्रवासी भिसामा, पर्यटक तथा व्यापारिक भिसामा अमेरिका भित्रने गर्छन।अमेरिका आए पछि शुरुवाती दिनहरूमा अधिकांश नेपालीहरुले ग्यास स्टेशन,ग्रोसरी स्टोर,रेस्टुरेन्टहरु बाटै काम शुरू गर्छन र गर्दै आएकाछन।
अमेरिकामा हामी नेपालीहरु कसैसँग झैझगडा गर्न पक्कै आएका होइनौ। हामी आफ्नो र विशेष गरि सन्तानको राम्रो शिक्षा र उज्ज्वल भविष्यको खोजीमा आएका हौ। हामी सबैलाई आफ्नो जीवन र परिवार भन्दा ठूलो आफ्नो काम या व्यवसाय हुन सक्दैन। तपाईको परिवारका लागि तपाई महत्वपूर्ण हुनुहुन्छ,परिवारमा तपाईको साथ जरुरी छ। तपाईको एकछिनको संयमताले तपाईको जीवन बच्दछ। ठूलो दुर्घटना टर्न सक्दछ। 
गत बुधबार जुलाई ४ मा भर्जिनियामा रेशम बजगाईंको ग्यास स्टेसनमा लुटेराको आक्रमण परि र केहि समय  अघि  टेक्सासमा  समिरा सिवाकोटी र मनिष पाण्डेको काम मै हुदा लुटेराको गोली लागेर ज्यान गएको थियो। यस्ता घटनाहरु  घट्नु पक्कै पनि दुःखद  कुरा हुन। यस्ता घटनाहरुबाट पाठ सिक्नै पर्छ, विशेष गरी नव आगन्तुकहरुले। जो अमेरिकामा ४-५ वर्ष भन्दा बढी समय देखि हुनुहुन्छ उहाहरुले यहाँको जीवनलाई धेरथोर बुझी सक्नु भएकोछ। नेपालीहरुले 'कसैसँग झुक्दै नझुक्ने','परि आए पछि नहट्ने'भन्ने जस्ता कुरालाई एकपटक गम्भीर भएर सोच्नु जरुरी छ। यदि कोहीमाथि अन्याय/हिंसा  भएको छ भने कानुनी बाटो रोज्ने आधारहरु पक्कै पनि छन। तपाई माथि कोही आक्रमण गर्न आउछ भने प्रतिरक्षाको लागि तयारी रहनु अवश्य पर्छ नै, तर यो मेरो लेख विशेष गरि दैनिक काममा हुदा,यात्रा गर्दा अमेरिकामा कसरी सुरक्षित हुने भन्ने विषयमा केन्द्रित हो। सम्भावित दुर्घटनाबाट बच्न केके कुरामा ध्यान दिने:
  • आफ्नो काममा/घर भन्दा बाहिर कसैसँग झगडामा नअल्झिने।
  • काममा हुदा कोही लुटन आएको छ भने सर्लक्क हात उठाएर बस्ने,झुक्किएर पनि कुस्ती खेल्नतिर नलाग्ने।
  • बाटो/पार्किंगमा तपाईको गाडीलाई कसैले ठक्कर दियो या तपाईले अरुको गाडीलाई ठक्कर दिनु भयो भने पनि जो सुकैको गल्ती होस भनाभनमा नलाग्ने, तुरुन्त ९११ मा फोन गर्ने।
  • सडकमा कसैसँग पनि सवारी गतिको टकरावमा नअल्झने, तपाईको गाड़ी रोकेर कसैले बाहिर निक्लन भन्यो भने बाहिर नजाने, लुटेरा पनि हुन सक्छ/तपाईलाई आक्रमण पनि गर्न सक्छ,तुरुन्तै प्रहरीलाई फोन गर्ने।
  • सवारी नियम उल्लंघन हुन गई तपाईलाई प्रहरीको गाडीले पछ्याएको छ भने सडकको सुरक्षित छेउमा लगेर गाडी रोक्ने ,प्रहरीसँग बोल्दा नडराउने,स्पस्ट आफ्नो कुरा राख्ने। प्रहरीलाई छलेर भाग्न खोज्नु ठूलो भूल हुनेछ। 
  • पार्क/ट्रेलमा एक्लै नहिड्ने, साँझ या राती जादै नजाने, यदि तपाईलाई कसैले पिछा गरेको शंका लागेमा नजिकैको वस्तितिर जाने,परिवार या साथीभाईलाई आफ्नो अवस्थाबारे जानकारी दिने।
  • यदि तपाईको काममा सेवाग्राही तपाई सँग रिसायो भने भनाभनमा नलाग्ने, तुरन्त म्यानेजरलाई खबर गर्ने, तपाईको कार्यालयले त्यस्ता व्यक्तिलाई आगामी दिनमा त्यो स्थानमा प्रतिबन्ध जारी गर्न सक्छ।
  • भनाभानको  स्थितिमा आफुले कहिल्यै पनि शुरूमा हात छाड्नु हुदैन।
  • आपतकालीन अवश्थाको तयारीको लागि आफु बस्ने शहरको प्रहरी कार्यालयको फोन नम्बर साथमा राख्ने।
  • गाडीमा एक्लै लामो यात्रा नगर्ने, गर्नै परे दिनको समयमा मात्र गर्ने।
  • आफ्नो परिवारलाई सधै आफ्नो काम/यात्राबाट घर फर्कने समय,हुन सक्ने ढिलाई बारे जानकारी गराउने।
'अमेरिकामा कसरी सुरक्षित हुने?' भन्ने विषयलाई विशेष गरि नवआगन्तुकहरुमा अभियान कै रुप दिनु पर्ने कुरा पछिल्ला घटनाहरुले देखाएका छन्। अब एकपटक गहिरिएर सोच्नुहोस र साथीभाईलाई पनि सल्लाह दिनुहोस।काम र पैसा भन्दा जीवन अमूल्य छ ।


January 21, 2018

चर्चित बन्दै निशान भट्टराईको नयाँ गीत 'आफ्नै छायाँ सँगपनि'

नेपाल आईडलको पहिलो सिजनमा धेरैको मन जित्न सफल सुमधुर स्वरका धनि निशान भट्टराईको नयाँ गीत 'आफ्नै छायाँ सँगपनि'को म्यूजिक भिडियो आइतबार युट्यूव मार्फत सार्वजनिक भएकोछ। प्रदिप चापागाँईको शब्द  र आनन्द राईको संगीत रहेको उक्त गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन। एस स्टडी अस्ट्रेलियाले प्रस्तुत गरको उक्त म्यूजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन।आकर्षक बनेको भिडियोमा अनिल थापा र जेविका कार्कीको अभिनय रहेको छ। युट्यूवमा राखिएको भिडियोलाई अहिले सम्म पाँच लाख भन्दा बढी पटक हेरिएकोछ। प्रस्तुत छ 'आफ्नै छाया सँगपनि'को युट्यूव मार्फत सार्वजनिक म्यूजिक भिडियो:

Featured Post (चित्रित पोस्ट)

BishwaArt