विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

July 10, 2018

भर्जिनियामा मारिएका रेशम बजगाईको परिवारलाई सहयोगको अपिल

पुर्ख्यौली घर गोरखा भई चितवन जिल्लाको भरतपुर निबाशी रेशम बजगाईलाई भर्जिनियाको हरन्डन स्थित फ़्रेंकलिन फ़ार्मको “SUNOCO “ ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा यही जुलाई ४ तारिक बिहान १:१५ बजे अज्ञात समुहले हत्या गरेका छन् । उनी अमेरिका आएको ९ महिना मात्र भएको र एउटी ५ बर्षकी छोरी र श्रीमतीका लागि यस दु:खद अवस्स्थामा केही सहयोग पुगोस भनेर एन आर एन भर्जिनिया च्याप्टरबाट यो गो फण्ड एकाउन्ट खोलिएको छ। कृपया यो मानबीय सहयोगमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौ। 

सहयोग गर्न इच्छुक महानुभावहरुले कृपया उहाको तेह्रौं पुण्य तिथि  (July 17) अगावै सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं। 

एन आर एन भर्जिनिया च्याप्टर

सहयोगको लागि तलको लिन्कमा जानु होला:
https://www.gofundme.com/helpfamily-of-resham-who-was-killed

May 06, 2018

गजल ‘झरी’

रातभर नै अविरल झरी परेको दिन 
जूनले आँगनीमा याद छरेको दिन।

पीडाले खुशीलाई बस्ने ठाउँ नि दिएन
खाली होला मनले बसाई सरेको दिन।

भाग्यमा साढे सातको दशा लागेकोछ
सुख पाईएला कि दशा टरेको दिन?

चल्छ सम्बन्धको रथ सधै विश्वासले 
यात्रा रोकिन्छ कुठाराघात गरेको दिन।

संसारलाई स्वार्थी बनाईरहेछ पैसाले
हारालुछ चल्छ घरमै अाफै मरेको दिन।

-विश्वबन्धु कार्की, हाल:भर्जिनिया,अमेरिका 

Featured Post (चित्रित पोस्ट)

BishwaArt