भर्खरै: विश्वकप फुटबल २०१८को उपाधी फ्रान्सले जित्यो, क्रोएसियालाई ४-२ले हराउदै फ्रान्स २० वर्षपछि दोश्रो पटक उपाधी जित्न सफल । अमेरिकी राष्ट्रपती ट्रम्प र उत्तर कोरियाका शासक किम बिच सिङापुरमा ऐतिहासिक भेटवार्ता,उत्तर कोरियाद्वारा आणविक निशस्त्रीकरण गर्ने घोषणा। अमेरिकी राष्ट्रपती ट्रम्पद्वारा ईरानसँगको आणविक सम्झैताबाट बाहिरिने घोषणा। भुकम्पपछी अमेरिकाले नेपाललाई दिदै आएको टिपियस सुबिधा नविकरण नगरेपछी २०१९को जुन २४ भित्र उक्त सुबिधा लिएका नेपालीहरुले अमेरिका छोड्नु पर्ने। अमेरिका,बेलायत र फ्रान्सका संयुक्त फौजहरुद्वारा सिरियामा हवाई हमला, सिरियाले आफ्ना नागरिकहरु माथि रासयनिक हतियार प्रयोग गरेको आरोप। फ्लोरिडाको एक स्कुलमा पुर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको ज्यान गयो,आक्रमणकारी प्रहरीको नियन्त्रणमा,बन्दुक नियन्त्रणको आवाज पुन: चर्कियो,अमेरिकाभर प्रदर्शन। अमेरिकाले यल सल्भाडोरलाई १५ वर्ष देखी दिदै आएको टिपीयस सुविधा खारेज गर्‍यो, २०१९को अन्त्य सम्म दुई लाख साल्भाडोरियनले अमेरिका छाड्नु पर्ने। २०१८ को जनवरी २२ देखि अमेरिकाको यातायात सुरक्षा विभागले नौ राज्यले न्यूनतम संघीय सुरक्षा मापदण्ड पुरा नगरेको भन्दै उक्त राज्यका सवारीचालक अनुमति पत्रको भरमा हवाईयात्रा गर्न नपाउने निर्णय लिएको छ।

20 January, 2018

गजल ‘को होला?’

लुकी लुकी त्यो झ्यालबाट हेर्ने को होला?
मनको आँगनमा प्रेमको फूल छर्ने को होला?

शरीर थर्थरी काप्ने गर्छ विहानीको सिरेटोमा
अन्जानलाई न्यानो अँगालोमा बेर्ने को होला?

हिडीरहेछु वर्षौ देखि उही एक्लो यात्रामा 
मलाई देखी लजाउदै बाटो फेर्ने को होला?

लेख्ने आँट गरेन कसैले हृदयको भित्तामा
मुटुको कुनामा आफ्नो नाम केर्ने को होला?

यो जीवनमा सुन्दर रंगहरू भर्ने को होला?
लुकी लुकी त्यो झ्यालबाट हेर्ने को होला?

-विश्वबन्धु कार्की, हाल:अमेरिका 

15 January, 2018

गजल ‘थाहै भएन’

जिन्दगी कति चाडो ढल्किएछ थाहै भएन
मनमा प्रेमको आगो सल्किएछ थाहै भएन।

तिरमिर तिरमिर देख्दैछु त्यो परको क्षितिज 
आँखामा तिम्रो तस्विर टल्किएछ थाहै भएन।

बगैंचामा गुनगुन बढ्दै गएकोछ हिजोआज
ती फूलहरूमा भमरा पल्किएछ थाहै भएन।

बिर्सन धेरै कोशिशहरू गरि नै रहे रातभर
फेरि पुराना यादहरू झुल्किएछ थाहै भएन।

सम्झनाका छाल छचल्किएछ थाहै भएन
जिन्दगी कति चाडो ढल्किएछ थाहै भएन।

-विश्वबन्धु कार्की, हाल:अमेरिका 

14 January, 2018

गजल ‘गन्तव्य’

सधै खट्किरहन्छ मनमा एउटै कुरा
गन्तव्य टाढा कहिले होला पुरा?

आजकल मुटु दुखेको दुख्यै मेरो
एक हातले गुलाब दियौ अर्कोले छुरा।

झुपडीको छानो नटालेको वर्षौ भाछ 
कहाँ पाउँ हीराका हार सुनका चुरा?

दु:खको पहाड झनझन अग्लो बन्दैछ 
आफ्नै खुशीहरू भने बन्दै गए भुरा।

उमेरसँगै हातगोडाहरू हुदै गए लुरा
गन्तव्य टाढा कहिले होला पुरा?
-विश्वबन्धु कार्की, हाल:अमेरिका