विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

July 04, 2016

गजल

बादलले छपक्कै ढाक्यो पानी पर्न देउ
मायाको त्यो ईन्द्रेणी मन मै झर्न देउ।

भोली देखि पिउने छैन कसमै खान्छु
अन्तिम पटक हो यो गिलास भर्न देउ।

झोल भरिएको बोतल कहिल्यै लडेन
शरीरभित्र सिसामा बग्दो नसा सर्न देउ।

धेरै दिनदेखि शान्त थियो मनको तलाउ
आज म भित्र बढिरहेको तुफान टर्न देउ।

July 01, 2016

गजल

सम्झेरै रात कट्दैछ आजकल
मनमा आशा अट्दैछ आजकल।

संसार टाढिदैछ झन् पर पर
दुरी हाम्रो घट्दैछ आजकल।

उपहार किन्नेको हुल बजारमा
फूल र नोट सट्दैछ आजकल।

यादले पछ्याइ रह्ये बाटोभरि
मुटुको व्यथा हट्दैछ आजकल।




June 28, 2016

गजल

वचन दियौ भोलीको कुरामा दम छ
तिम्रो मीठो बोलीको कुरामा दम छ।

प्रेमको भारीले थिचिएको छु दिनदिनै
बोकी हिड्ने झोलीको कुरामा दम छ।

गुनगान गाउने धेरै भेटिए यात्रामा
हल्ला बेच्ने टोलीको कुरामा दम छ।

पीडाले छियाछिया भो यो छाती
मुटु छेड्ने गोलीको कुरामा दम छ।

Featured Post (चित्रित पोस्ट)

BishwaArt