विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

December 03, 2017

अमेरिकी सिनेटमा पेश भएको कर सम्बन्धी बिधेयक ५१/४९ मतले पारित

Image result for tax cut and jobs act in senate
वाशिंगटन डिसी-अमेरिकी माथिल्लो सदन सिनेटमा पेश भएको कर कटौती र काम सम्बन्धी बिधेयक ५१/४९ मतले पारित भएको छ।  शुक्रबार राति अबेर सम्म चलेको बहसमा डेमोक्रेट्स सिनेटर हरुले बिधेयकको चर्को आलोचना गरेका थिए। शनिबार बिहान करीब २ बजे पारित भएको उक्त बिधेयकको बिपक्षमा रिपब्लिकन सिनेटर बब क्रोकरले मतदान गरे। ऊनि राष्ट्रपति ट्रम्पको चर्को आलोचक मानिन्छन। अब तल्लो र माथिल्लो सदन मिलेर बिधेयकलाई अन्तिम रूप दिने काम हुनेछ। 
संयुक्त बिधेयक दुबै सदनमा पास भए पछि हस्ताक्षरको लागि राष्ट्रपति ट्रम्पसमक्ष  जानेछ। राष्ट्रपतिबाट हस्ताक्षर भए पछि उक्त बिल कानूनको रूपमा  लागु हुनेछ। उक्त कानून लागु भएको खण्डमा धनिहरुको ब्यापारिक करमा ब्यापक कटौती हुनेछ भने यस्ले ७५,००० डलर भन्दा कम आम्दानी गर्ने ब्यक्ति/परिवारको कर बढाउने निश्चित छ। 

June 18, 2017

उपन्यास अंश-'छुटेको रेल'

आज फेब्रुअरी १४, उही डनलरिंग मेट्रो (रेलस्टेशन)को मूल गेटको चारैतिर मेरा आँखा डुलाईरहेकोछु।यो सातौ वर्ष हो। म त्यो दिन सम्झिरहेकोछु, जस्ले मलाई यस स्थानमा सधै आउन बाध्य बनाईरहेछ।

समय आफ्नै वेगमा दौडिरहेछ।पोटोम्याक(एक नदि जस्ले मेरिल्याण्ड र भर्जिनियालाई छुट्याउछ)मा धेरै पानी बगिसकेकोछ।यो जाडो याम, सडक छेउमा थुप्रिएको हिउँ अझै पग्लिसकेको छैन। मेट्रो अघि रहेको स्टारबक्स कफिसपमा बिहानीको कफि लिनेहरूको लाइन छ। यहाँका मान्छेलाई आदतनै बनेकोछ, बिहान कफि नलिइकन यिनीहरूको दिन नै शुरू हुन सक्दैन। कफि बिना अमेरिका उठ्न सक्दैन।वरिपरि हेरिरहेछु। केही खोजिरहेछु। म थाकेको छैन। कुरिरहेछु उही ठाउमा, उभिरहेछु उसैगरि जसरी म सात वर्ष अघि उभिएको थिए।बाटोमा गाडीको चाप अलि बढी नै छ, अफिसको समय, त्यहीमाथि मेट्रोको आँगन। ट्याक्सीहरूको लाइन छ मेरो अगाडी। म ठिंग उभिएको देखेर सोध्छन ड्राइभरहरू मलाई जाने हो भनेर, तर सबैलाई मेरो उही टाउको हल्लाएरै होइन भन्ने जवाफ दिन्छु।बिहान सात बजे देखि उभिईरहेको छु, आजकै दिन पारेर हरेक वर्ष कामबाट विदा लिने गरेकोछु। साथीभाई मलाई जिस्काउछन, भ्यालेण्टाइन डेको दिन विदामा बस्ने काममा ममात्र हुँ।

दिउँसोको बाह्र बज्यो।स्टेशन वरिपरिको खाजाघरमा भिड़ लाग्न थालिसकेको छ।विहान यहाँबाट छुटेको मान्छे यतिखेर सम्म न्यूयार्क पुगिसक्यो होला।मेरो आइफोनको ब्याट्री पनि ३०% मात्र बाकी छ अब।यो वर्ष पनि ती बितेका ६ वर्षहरू झै निराश भएर फर्किनु पर्ला जस्तो लाग्दैछ। धुम्मिएको आकाशमा सूर्य देख्न पाएको छैन। आईफ़ोनको मौसम एपले साँझमा हिउँ पर्ने देखाईरहेछ। चिसोले मेरा अोठ फुटेका छन्। दुइटा हात जिन्स पाइन्टको गोजीमा छन्। म केही आत्तिएको छु। बिहान देखि अहिले सम्म एक बट्टा मार्लबोरो सकिन लागेकोछ, फेरि एउटा सल्काउन खोज्दैछु।हावाको वेग केहि तेज़ छ, चुरोट सल्किदैन। हावा छेकिने नजिकको कुनातिर गए अनि सल्काए। मेरो मुखबाट धुवाको धागो निस्किरहेछ।'शिशिर' पछाडिबाट केहि चिनेको जस्तै स्वर मेरो कानमा आएर ठोक्कियो।

मुखभित्रको धुँवा निकाल्न नि भ्याइन। हत्तपत्त चुरोट भुईमा फालेर खुट्टाले कुल्चिए। पछाडि फर्कन डर लाग्यो।

'तिमीलाई मैले कति खोजे, तिमी कहाँ थियौ अहिले सम्म? 'वल्ल चिने उस्लाई।सात वर्ष अघिदेखि मैले खोजिरहेको मान्छे मेरै अगाडी देखिइन्।उनि केहि दुब्लाएकी थिइन्। आज चमत्कार नै भयो।

सात वर्ष अघि त्यो फेब्रुअरि १४ को दिन मेरो ट्याक्सीमा एक सुन्दर महिलाको प्रवेश भयो। उनी पनि नेपाली नै रहिछिन्। झट्ट हेर्दा उनि कुनै धनाढ्य वर्ग कि स्त्री देखिन्थिन।त्यो बेला मेरो अमेरिका आगमनको सुरूवाती दिनहरू थिए। उन्ले नै मलाई 'नेपाली हो?' भनेर सोधेकि थिइन्।

'म सिम्रन, नेपाली नै हुँ, नेपाल फर्किदै छु, हरेक वर्ष यही दिन पारेर म नेपाल जान्छु,किनकि भोलिपल्ट मेरो मामुको बर्थडे पर्छ, मैले मामुलाई प्रमिस गरेको छु कि उहाँको वर्थडेमा संसारको जुन कुनामा भएनि आउछु। आखिर मेरो उहाँ बाहेक यो संसारमा को छ र? मामु कहिले काही आइसिन्छ समरमा, तर एक दुई महिना पनि यहाँ बस्न सक्सिन्न। म यहाँ राम्रै काम गरिरहेछु। यही दिन म हरेक वर्ष नेपाल हिंड्छु।' उनी मात्र बोलिरहेकि थिइन्। म उन्लाई एेनामा देख्न सक्थे।डलस एयर पोर्ट सम्म डन लरिंगबाट मेरो ट्याक्सीमा उनी जादै थिइन्।उन्को साथमा एक लगेज व्याग थियो।म उन्लाई सुनिरहेको थिए। ११ बजेको इमिरेट्सको फ्लाईट थियो उन्को।मैले किन डन लरिंग हुदै भन्ने प्रश्न सोधेको थिए। जवाफमा अलेक्जेंड्रियामा मेरो निवास नजिकै मेट्रो स्टेशन छ, त्याबाट ट्रेनमै आउन सजिलो छ, ट्राफिक पनि नहुने।डलस एयरपोर्टको ड्रपअफमा उनि झरिन।'तपाई धेरै राम्रो मान्छे हुनुहुदोरहेछ, ल म अब लागे है त' उन्ले बोलेको अन्तिम वाक्य थियो। मैले 'शुभयात्रा' भन्न भ्याए। ट्याक्सी ड्राइभरको लागि एयरपोर्टमा ग्राहक लिनु र पर्याउनु नयाँ होइन, तर सिम्रनलाई भेटे पछि किन किन मलाई मनबाटै उनी आफ्नै लागिरहेको थियो। वर्षौदेखि चिनजान भए जस्तो। उन्लाई विदाई गरेपछि म पार्किंगमा गएर बसे उन्को ११ बजेको प्लेन नउडुन्जेल। म आकाश तिर घोत्लिरहेको थिए। सिम्रन चढेको प्लेन उड्यो।

(विश्वबन्धु कार्कीको दोस्रो प्रकाशोन्मुख उपन्यास 'छुटेको रेल' बाट)




June 04, 2017

सत्ता

यो सहरमा सत्ता फेरिईरहन्छ
बेमौसमको पत्ता फेरिईरहन्छ।

भूमिका अनेकन छन् उस्का
विना काम भत्ता फेरिईरहन्छ।

नयाँ कोट तयार भएर आयो
अनुदानका लत्ता फेरिईरहन्छ।

रूखको टुप्पोमा पुगेकोछ बाँदर
घरिघरि नै जत्था फेरिईरहन्छ।

Featured Post (चित्रित पोस्ट)

BishwaArt