विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

June 23, 2016

गजल

रोम रोममा नसा चढेको बेला
मुटुको चाल अलि बढेको बेला।

नसुनाउ तिम्रा प्रेम कहानीहरू
मनमा व्यथा गढेको बेला।

कसरी भागौं यो दुनिया देखि
पृथ्वी नै सारा अढेको बेला।

मुनामदनलाई कतै बिर्सियौ कि?
रोमियो र जुलियट पढेको बेला।
               ***

June 22, 2016

गजल

ओईलाइ फूल झरेर जान्छ
आकाशको जून सरेर जान्छ।

अजम्बरी छ प्रीत मायालु
मुटुमा जीवन भरेर जान्छ।

जब भेट्छु तिमीलाई बाटोमा
मायाको ईन्द्रेणी परेर जान्छ।

दु:खको दलदलमा भासिएछु
नडराउ यो दशा टरेर जान्छ।

कति कुद्ने सधै पैसा कै लागि?
शरीर त एकदिन मरेर जान्छ।
                ***

June 21, 2016

गजल

खोज्छ भोक जिन्दगी भातको सितामा
हेर्छ टुहुरो एकटक जल्दो घाटको चितामा।

जिसस् इज ग्रेट भन्दैथे पुजारी बाबा
कसम खाएर उनै फेरि छुन्छन् गीतामा।

अर्ति छाडी  हिड्यो छोरो अर्कै बाटो
आज खोट देख्दैछ ऊ आफ्नै पितामा।

भेटी एक चढाई भक्त टिप्छ पाँचका नोट
देखी हाँस्छन देवता मन्दिरका भित्तामा।
                        ***        

Featured Post (चित्रित पोस्ट)

BishwaArt