विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

June 05, 2015

कविता :'मैले छाडेको स्वर्ग'

प्रभातमा
मेरो घरछेउ बज्ने
मन्दिरका घन्टीहरुका आवाज
सुन्न नपाउदा
आजकल,
म बहिरो बनिरहेछु,
मोटरगाडीका कानै खाने
टड्कारा हर्नहरु
मलाई पलपल लखेटीरहेछन्
जिन्दगि को युद्ध जित्न,
किनकि,
मैले लुम्बिनी छाडेर आए|

बिरामी शरीरलिएर
म महिनौ कोठामा थलिदापनि
पल्लो कोठाको 'हेल्लो हाइ'
मैले सुन्न पाएको छैन,
यन्त्रमानबहरु
पैसा बनाउने मेसिन जस्तै
बेखबर छन्
यो प्रेम र ममता संग,
लोपोन्मुख मनबतासंग,
किनकि,
मैले बुद्ध छाडेर आए|

दिनभर सुर्य नदेखेको
सूर्यमुखीको शरीरजस्तै
मेरो मन ओइलाइरहेछ
यी मसनघाट झैँ लाग्ने
कंक्रिटका जंगलहरुभित्र,
यो निलो आकाश
म बस्ने घरको
कयौ तल्लाहरुमाथि
झुण्डिएझैँ लाग्दा
मेरो चन्द्रसुर्य फहराएको
देख्न पाएको छैन,
किनकि,
मैले सगरमाथा छाडेर आए|

यो शोकेसमा
सजिएका सुगंधहिन फूलहरु
यो स्क्रिनमा झर्दै गरेको
सेतो झरना
मलाई फकाएझैँ गर्दैछन्,
फ्रिजभरि सजिएका
स्वाद भरेका जुसहरु,
त्यो ठेकीको महि भन्दा
खल्लो छ , नमिठो छ
किनकि,
मैले जन्मघर छाडेर आए|

तनाब छ,आक्रोश छ
सबैतिर,
दुनियादेखि विरक्तिएकाहरु
निदाउन नसकेर
स्लिपिङ्ग ट्याब्लेट खाइरहेछन,
मनलाई खुशीपर्न
कृत्रिम सान्त्वना दिइरहेछन,
अनि म
बाचेको अभिनय गर्दैछु
यो बिरानो भूमिमा ,
किनकि,
मैले स्वर्ग छाडेर आए|
(यो कबिता सम्पूर्ण प्रबासी मनहरुमा समिर्पित गर्दछु)
:-विश्वबन्धु कार्की ,हाल:भर्जिनिया अमेरिका                   

September 27, 2014

कथा-'दिल्लीको ठग'

अपोलो अस्पतालको चौथो तल्लाको बेड नम्बर ३२। म,आमा र दाई बुवाको उपचारको लागि दिल्लीमा थियौं। बुवा,आमा र दाई काठमाण्डूबाट आउनु भएको थियो भने म अमेरिकाबाट सीधै दिल्ली आएको थिए। बुवाको पहिलो चरणको कीमो सकिएको करीब पाँच दिन पछि  हाम्रो वार्डमाँ एकजना ४०-४५ बर्षको नेपाली जस्तै देखिने ब्यक्ति दाईको साथमा आए।  ती ब्यक्ति मेरो अन्दाज जस्तै नेपाली नै रहेछन् , झापा घर बताउने ती ब्यक्तिले बुवाको स्वास्थ्य अबस्थाबारे धेरै चासो दिए जस्तै गरी कुरा  राखे। उनको प्रस्तुतिहरु सुन्दा र देख्दा बास्तबमै तिनी निकै सहयोगी नेपाली जस्तै लाग्यो।  उनले भने "दिल्लीमाँ तीस बर्ष देखि बसिरहेछु अनि दुःखमा परेका थुप्रै नेपालीलाई सहयोग गरेकोछु , यहाँ पनि तपाईहरुलाई केहि सहयोग गर्न सक्छु की भनेर आएको। यस अस्पतालमा एउटा रिपोर्ट लिने क्रममा आएको हु, उहा भाई (मेरो दाई )लाई बाहिर भेट्दा नेपाली जस्तै लागेर कुरा गरेको थिए। "
कुराकानीकै क्रममा उनले थपे "तपाईहरु  महँगो होटेलमामा बस्नु भएको रहेछ, यहाँ निकै सस्तो होटेलहरु पनि छन, अहिले तपाईहरुले बस्नु भएको होटेलमाझै सुबिधा भएको ,तपाईहरुलाई थाहा नभएर हो, अहिले तपाईहरुले ६०० दिनको तिर्नु हुन्छ, अब तपाईहरुले दिनको १०० भन्दा बढ़ी तिर्नु पर्दैन"
मैले सोधे "हो र ? अनि कहा छ त्यस्तो होटेल ?
उनले भने  "त्यों यस्तै गंभीर रोग लागेका बिरामीको कुरुवाहरुकै लागि यहाँको सर्कारले उपलब्ध गराउने सुबिधा हो , तेस्का लागि एउटा फर्म भर्नु पर्छ।  "
मैले फेरि उत्सुक भएर सोधे "त्यों फर्म भर्ने ठाउँ कहाँ छ ?"
तेस्पछी उनले भने" ल! म संग एकजना हिड्नुहोस, अलिकति प्रशासनिक खर्च पनि हुन्छ, ५००० भारू जति बोक्नुहोस्। "
एक जना मात्र होइन, दाई र म दुबै जना उसंग जाने भयौ।  
अपोलो अस्पताल अघिको टेम्पो स्टॉपबाट हामी तीनजना हेम्स अस्पतालतीर लाग्यौ। उनले बताए अनुसार कम शुल्कक़ो होटेलक़ो लागि हेम्स अस्पतालमा आबेदन दिने ठाउँ छ।  सबै काम तेही गएपछि हुन्छ। 
हामी हेम्स अस्पतालको गेटमा ओर्लियौ अनि उनकै पछि-पछि लाग्यौ।अस्पतालमा सारै भीडभाड़ थियो। भुइतल्लाबाट पहिलो तल्ला उक्लने स्टेपनीर उनी  रोक्किए ।
"ल अब प्रशासन नजिकै छौ हामी, मैले सबैलाई चिनेको छु,त्याका कर्मचारीहरुलाई,तपाईंहरु जानु भयो भने ढिलो हुन्छ, तपाईहरु यही बस्दै गर्नुस, बरु मलाई बिरामीको नाम, ठेगाना अनि ३००० भारु दिनुहोस प्रशासनिक खर्चको लागि, त्यों पैसा तपाईहरु होटेलमा बस्नको लागि डिपोजिट पनि हो। "
मेरो दिमाग शून्य जस्तै भयो।  खल्तीबाट ३००० निकालेर उन्को  हातमा राखीदिए, एउटा कागज़मा बुवाको बिबरण लेखेर दिए।  त्यसपछि उनी  माथिल्लो तल्लामा उक्लिए ।
म झस्किए।  अनि दाईलाई भने "त्यों मान्छे भाग्यो भने त्यसको के परिचय हामीसँग छ त दाई ?"
दाईले भन्नुभयो "त्यों तेत्तिकै कहाँ भाग्न सक्छ  र ?"
मेरा आँखामा  उक्त  ब्यक्तिको तस्बिर नाचिरहेको थियो। हामी अलिकति ढिलो भइसकेका थियौ।म त्यों मान्छे गएको बाटो हेर्दै पछि लागे, तर त्यो बिशाल अस्पतालमा उस्को नाम निशान भेटिएन। करीब एक घण्टा खोजिसकेपछि  हामीले हेम्स अस्पतालको सेक्युरिटीलाई घटनाको जानकारी गरायौ। केहिबेरको बार्तालापमा उनीहरुले उल्टै यस्ता  प्रश्नहरु सोझ्याए  "अपरिचित ब्यक्तिको आपने क्यू बिस्वास किया? यहापे रोज यैसी घटनाएं होति हे, आपके पास उस्का कोही परिचय, फोटो या नंबर है ?
हामी नाजवाफ भयौ र  भन्यौ "नही "!!!

Featured Post (चित्रित पोस्ट)

BishwaArt