विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

May 06, 2018

गजल ‘झरी’

रातभर नै अविरल झरी परेको दिन 
जूनले आँगनीमा याद छरेको दिन।

पीडाले खुशीलाई बस्ने ठाउँ नि दिएन
खाली होला मनले बसाई सरेको दिन।

भाग्यमा साढे सातको दशा लागेकोछ
सुख पाईएला कि दशा टरेको दिन?

चल्छ सम्बन्धको रथ सधै विश्वासले 
यात्रा रोकिन्छ कुठाराघात गरेको दिन।

संसारलाई स्वार्थी बनाईरहेछ पैसाले
हारालुछ चल्छ घरमै अाफै मरेको दिन।

-विश्वबन्धु कार्की, हाल:भर्जिनिया,अमेरिका 

Featured Post (चित्रित पोस्ट)

BishwaArt