विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

January 27, 2018

अमेरिकामा कसरी सुरक्षित हुने?

संसार कै शक्तिशाली देश अमेरिका। हरेक वर्ष हजारौको संख्यामा नेपालीहरु विद्यार्थी भिसामा,आप्रवासी भिसामा, पर्यटक तथा व्यापारिक भिसामा अमेरिका भित्रने गर्छन।अमेरिका आए पछि शुरुवाती दिनहरूमा अधिकांश नेपालीहरुले ग्यास स्टेशन,ग्रोसरी स्टोर,रेस्टुरेन्टहरु बाटै काम शुरू गर्छन र गर्दै आएकाछन।
अमेरिकामा हामी नेपालीहरु कसैसँग झैझगडा गर्न पक्कै आएका होइनौ। हामी आफ्नो र विशेष गरि सन्तानको राम्रो शिक्षा र उज्ज्वल भविष्यको खोजीमा आएका हौ। हामी सबैलाई आफ्नो जीवन र परिवार भन्दा ठूलो आफ्नो काम या व्यवसाय हुन सक्दैन। तपाईको परिवारका लागि तपाई महत्वपूर्ण हुनुहुन्छ,परिवारमा तपाईको साथ जरुरी छ। तपाईको एकछिनको संयमताले तपाईको जीवन बच्दछ। ठूलो दुर्घटना टर्न सक्दछ। 
गत बुधबार जुलाई ४ मा भर्जिनियामा रेशम बजगाईंको ग्यास स्टेसनमा लुटेराको आक्रमण परि र केहि समय  अघि  टेक्सासमा  समिरा सिवाकोटी र मनिष पाण्डेको काम मै हुदा लुटेराको गोली लागेर ज्यान गएको थियो। यस्ता घटनाहरु  घट्नु पक्कै पनि दुःखद  कुरा हुन। यस्ता घटनाहरुबाट पाठ सिक्नै पर्छ, विशेष गरी नव आगन्तुकहरुले। जो अमेरिकामा ४-५ वर्ष भन्दा बढी समय देखि हुनुहुन्छ उहाहरुले यहाँको जीवनलाई धेरथोर बुझी सक्नु भएकोछ। नेपालीहरुले 'कसैसँग झुक्दै नझुक्ने','परि आए पछि नहट्ने'भन्ने जस्ता कुरालाई एकपटक गम्भीर भएर सोच्नु जरुरी छ। यदि कोहीमाथि अन्याय/हिंसा  भएको छ भने कानुनी बाटो रोज्ने आधारहरु पक्कै पनि छन। तपाई माथि कोही आक्रमण गर्न आउछ भने प्रतिरक्षाको लागि तयारी रहनु अवश्य पर्छ नै, तर यो मेरो लेख विशेष गरि दैनिक काममा हुदा,यात्रा गर्दा अमेरिकामा कसरी सुरक्षित हुने भन्ने विषयमा केन्द्रित हो। सम्भावित दुर्घटनाबाट बच्न केके कुरामा ध्यान दिने:
  • आफ्नो काममा/घर भन्दा बाहिर कसैसँग झगडामा नअल्झिने।
  • काममा हुदा कोही लुटन आएको छ भने सर्लक्क हात उठाएर बस्ने,झुक्किएर पनि कुस्ती खेल्नतिर नलाग्ने।
  • बाटो/पार्किंगमा तपाईको गाडीलाई कसैले ठक्कर दियो या तपाईले अरुको गाडीलाई ठक्कर दिनु भयो भने पनि जो सुकैको गल्ती होस भनाभनमा नलाग्ने, तुरुन्त ९११ मा फोन गर्ने।
  • सडकमा कसैसँग पनि सवारी गतिको टकरावमा नअल्झने, तपाईको गाड़ी रोकेर कसैले बाहिर निक्लन भन्यो भने बाहिर नजाने, लुटेरा पनि हुन सक्छ/तपाईलाई आक्रमण पनि गर्न सक्छ,तुरुन्तै प्रहरीलाई फोन गर्ने।
  • सवारी नियम उल्लंघन हुन गई तपाईलाई प्रहरीको गाडीले पछ्याएको छ भने सडकको सुरक्षित छेउमा लगेर गाडी रोक्ने ,प्रहरीसँग बोल्दा नडराउने,स्पस्ट आफ्नो कुरा राख्ने। प्रहरीलाई छलेर भाग्न खोज्नु ठूलो भूल हुनेछ। 
  • पार्क/ट्रेलमा एक्लै नहिड्ने, साँझ या राती जादै नजाने, यदि तपाईलाई कसैले पिछा गरेको शंका लागेमा नजिकैको वस्तितिर जाने,परिवार या साथीभाईलाई आफ्नो अवस्थाबारे जानकारी दिने।
  • यदि तपाईको काममा सेवाग्राही तपाई सँग रिसायो भने भनाभनमा नलाग्ने, तुरन्त म्यानेजरलाई खबर गर्ने, तपाईको कार्यालयले त्यस्ता व्यक्तिलाई आगामी दिनमा त्यो स्थानमा प्रतिबन्ध जारी गर्न सक्छ।
  • भनाभानको  स्थितिमा आफुले कहिल्यै पनि शुरूमा हात छाड्नु हुदैन।
  • आपतकालीन अवश्थाको तयारीको लागि आफु बस्ने शहरको प्रहरी कार्यालयको फोन नम्बर साथमा राख्ने।
  • गाडीमा एक्लै लामो यात्रा नगर्ने, गर्नै परे दिनको समयमा मात्र गर्ने।
  • आफ्नो परिवारलाई सधै आफ्नो काम/यात्राबाट घर फर्कने समय,हुन सक्ने ढिलाई बारे जानकारी गराउने।
'अमेरिकामा कसरी सुरक्षित हुने?' भन्ने विषयलाई विशेष गरि नवआगन्तुकहरुमा अभियान कै रुप दिनु पर्ने कुरा पछिल्ला घटनाहरुले देखाएका छन्। अब एकपटक गहिरिएर सोच्नुहोस र साथीभाईलाई पनि सल्लाह दिनुहोस।काम र पैसा भन्दा जीवन अमूल्य छ ।


January 21, 2018

चर्चित बन्दै निशान भट्टराईको नयाँ गीत 'आफ्नै छायाँ सँगपनि'

नेपाल आईडलको पहिलो सिजनमा धेरैको मन जित्न सफल सुमधुर स्वरका धनि निशान भट्टराईको नयाँ गीत 'आफ्नै छायाँ सँगपनि'को म्यूजिक भिडियो आइतबार युट्यूव मार्फत सार्वजनिक भएकोछ। प्रदिप चापागाँईको शब्द  र आनन्द राईको संगीत रहेको उक्त गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन। एस स्टडी अस्ट्रेलियाले प्रस्तुत गरको उक्त म्यूजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन।आकर्षक बनेको भिडियोमा अनिल थापा र जेविका कार्कीको अभिनय रहेको छ। युट्यूवमा राखिएको भिडियोलाई अहिले सम्म पाँच लाख भन्दा बढी पटक हेरिएकोछ। प्रस्तुत छ 'आफ्नै छाया सँगपनि'को युट्यूव मार्फत सार्वजनिक म्यूजिक भिडियो:

Featured Post (चित्रित पोस्ट)

BishwaArt