विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

July 15, 2018

फ्रान्सलाई दोश्रो पटक विश्वकप फुटबलको उपाधि


विश्वकप विजेता फ्रान्सेली टोली ट्रफीको साथमा 
विश्वकप फुटबलको एक्काइसौ संस्करण फ्रान्सले जित्न सफल भएको छ।  एम्बाप्पे,ग्रिञ्ज्म्यान र पोग्बाजस्ता खेलाडीले भरिएको फ्रान्सका अगाडी उत्कृस्ट खेल खेलेको क्रोएसियाको केहि लागेन। मोर्डिच र रेकेटिच जस्ता उदयमान खेलाडीले भरिएको क्रोएसिया फ्रान्स संग ४-२को गोल अन्तरले पराजित भएको हो।क्रोएसिया पहिलो पटक विश्वकपको फाईनलमा पुग्न सफल भएको थियो। फ्रान्सले दोश्रो पटक उपाधि जितिरहदा फ्रान्सका प्रशिक्षक डेस्च्याम्पले खेलाडी र प्रशिक्षक दुवैको रुपमा विश्वकप जित्ने तेश्रो व्यक्ति बन्दै ईतिहासमा नाम लेखाएका छन्।

विश्वकपको उत्कृस्ट खेलाडी क्रोएसिया लुका मोर्डिच ,उत्कृस्ट युवा खेलाडी फ्रान्सका एम्बाप्पे,उत्कृस्ट गोलकर्ता (सुनौलो जुत्ता) इंगलैंडका ह्यारी केन, उत्कृस्ट गोल रक्षक बेल्जियमका निकोलस कोर्टिजले जितेका छन् भने फेयर प्लेको उपाधि स्पेनले हात पारेको छ।  

विश्वकपका उत्कृस्ट खेलाडी घोषित मोर्डिच र युवा खेलाडी एम्बाप्पे
माण्जुकिकको पहिलो आत्मघाती गोलले फ्रान्सलाई १-०को अग्रता मिलेको थियो। क्रोएसियाका पेरिसिचले २८ औ मिनेटमा उत्कृस्ट गोल गर्दै खेललाई १-१ को बराबरी मा ल्याए। खेल को ३८ औ मिनेटमा फ्रान्सले पेनाल्टी पायो, उक्त अवसरलाइ फ्रान्सका ग्रिज्म्यानली खेर जान दिएनन्। ५९ औ मिनेट मा पोग्बा र ६५ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै खेललाई ४-१ स्थितिमा पुर्याए, त्यस्को ४ मिनेट नबित्दै  क्रोएसियाका माण्जुकिकले गोल गर्दै खेललाई ४-२को स्थितिमा ल्याए, जुन नतिजा नै अन्तिम बन्न पुग्यो। क्रोएसियाले अन्तिम समयसम्म पनि गोल गर्ने प्रयासलाई जारी राख्यो तर उस्को केहि सिप लागेन।

विश्वकपको फाईनल हेर्न फ्रान्सका रास्ट्रपति एम्मानुएल म्यक्रॊन, क्रोएसियाकि रास्ट्रपति कोलिण्डा किटारोविच र रुसी रास्ट्रपति ब्लाधिमिर पुटिनपनि उपस्थित थिए। विश्वकप विजेता बनेको फ्रान्सका समर्थकहरु फ्रान्सको राजधानी पेरिस लगायत विश्वभर खुशी मनाइरहेका छन्। एक महिना सम्म चलेको विश्वकपको एक्काइसौ संस्करण सकिए लगत्तै २०२२मा कतारमा हुने २२ औ संकरणतिर फुटबल प्रेमी हरुको ध्यान मोडिएकोछ। 

No comments:

Post a Comment

Featured Post (चित्रित पोस्ट)

BishwaArt