विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

December 31, 2017

वर्ष २०१७ लाई फर्केर हेर्दा



वर्ष २०१७ले  विश्वमा केहि फरक छाप छाडेर बिदा हुदैछ। २०१७ यी व्यक्ति र विषयको वरिपरि रहेर बित्यो।समग्र रुपमा हेर्नु पर्दा २०१७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कै वरिपरि घुम्यो। जनवरी २०,२०१७मा अमेरिकाको ४५औ राष्ट्रपतिको शपथ लिए पछि ट्रम्पले चालेका कदमहरुले विश्वव्यापी तरङ्ग सिर्जना गर्यो। यही वर्ष उत्तर कोरियाले आफ्नो आणविक अभियानलाई नया उचाईमा पुर्याउदा उसको अमेरिका सँगको टकरावले कोरियन प्रायद्वीपमा जुनसुकै बेला युध्द शुरू हुन सक्ने परिस्थिति सिर्जना गरेको थियो, त्यो अवश्था २०१७मा भने टरेको छ।  


राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल शुरू गर्ने बित्तिकै मुश्लिम बाहुल्यता रहेका देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाए पछि त्यसको विरोधमा कैयौ प्रदर्शनहरु भए। सर्वोच्च अदालतले  ट्रम्पको कदमको  पक्षमा निर्णय गरेपछि मुश्लिम देश माथिको प्रतिबन्ध कायम राख्न ट्रम्प प्रशासनलाई आंशिक सफलता मिल्यो।

ट्रम्पले आफ्नो प्रशासनमा रहेका केहि व्यक्तिलाई पद्च्युद गरे। माइकल फ्लायन, सिन स्पाइसर, स्टिभ ब्याननहरु व्हाईट हाउसमा धेरै बेर टिक्न पाएनन। सबभन्दा बढ़ी चर्चा संघीय अनुसन्धान विभागका निर्देशक जेम्स कोमीको वर्खास्तीले पायो, त्यो निर्णय सँगै वाशिंगटन तात्यो।


ट्रम्प प्रशासनको ठूलो उपलब्धिको रुपमा कर कटौती विधेयक दुबै सदनबाट पारित हुनुलाई मानियो, उन्ले उक्त विधेयकलाई हस्ताक्षर गरिसकेका छन र सन २०१८ देखि यो कानूनको रुपमा लागु हुदैछ। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसको प्रभावको विषयमा अहिले पनि रबर्ट मुलरको छानबीन समितिले अनुसन्धान गरिरहेको छ।


यो वर्ष अमेरिकाको ह्यूस्टन टेक्सासमा हरिकेन हार्भी र फ्लोरिडा/पोर्टो रिको मा हरिकेन मारियाले ठूलो जनधनको क्षति पुर्यायो।
सूचना प्रबिधिको क्षेत्रमा यो वर्ष एप्पलले आफ्नो बहुप्रतीक्षित फोन आईफोन १० र ८  सार्वजनिक गर्यो। यही वर्ष रोबोट सोफियालाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो।


नेपालमा यो वर्ष स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनहरु शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा सम्पन्न भए। नेपालको संबिधान जारी भए पछि त्यसको कार्यान्वयनको लागि सम्पन्न भएका ती निर्वाचनहरुले नेपाललाई विकाश र सम्बृद्धिको दिशातर्फ अघि बढाउन कोशेढुङ्गा सावित हुनेछ।  

यहाँहरु सबैमा आउदै गरेको अंग्रेजी नववर्ष २०१८को हार्दिक मंगलमय शुभकामना। 

December 30, 2017

२०१८ देखि यी नौ राज्यहरुको सवारीचालक अनुमति पत्र लिएर हवाईयात्रा गर्न पाइने छैन

यदि तपाई ती नौ राज्यमा बस्नु हुन्छ र अमेरिकामा आन्तरिक हवाई यात्रा गर्ने सोचाई बनाई रहनु भएको छ भने अब २०१८को जनवरी २२ देखि यी उल्लिखित राज्यहरुको सवारीचालक अनुमति पत्र लिएर हवाईयात्रा गर्न पाउनु हुने छैन। ती राज्यहरु हुन:केन्टकी,मेन,मिनिसोटा,मिसौरी,मोन्टाना,अक्लोहमा,पेन्सलभेनिया,साउथ क्यारोलीना र वाशिंगटन। 
यी राज्यमा बस्ने व्यक्तिहरुले माथि उल्लिखित मितिबाट हवाईयात्रा गर्दा पासपोर्ट,मिलिटरी परिचयपत्र वा ग्रीनकार्ड देखाउनु पर्नेछ। अमेरिकाको यातायात सुरक्षा विभागले ती राज्यले न्यूनतम संघीय सुरक्षा मापदण्ड पुरा नगरेको भन्दै उक्त राज्यका सवारीचालक अनुमति पत्रको भरमा हवाईयात्रा गर्न नपाउने निर्णय लिएको हो। जनवरी २२,२०१८ देखि हवाई यात्रा गर्दै हुनुहुन्छ भने बेलैमा विचार गरिहाल्नु होला। 

December 29, 2017

बच्चालाई भान्साको चुल्होमा खेल्न दिदा न्यूयोर्कमा १२ जनाको ज्यान गयो

आगलागी नियन्त्रण गर्दै  वारुणयन्त्र सहित अग्नि नियन्त्रकहरु 
न्यूयोर्क, तीन वर्षीय बच्चाले चुल्होमा आगोसंग खेल्दा फैलिएको आगलागीमा परि पाँच तल्ले एक अपार्टमेन्ट घरमा पाँच बालबालिका सहित १२ जनाको मृत्यु भएको छ भने कैयौ व्यक्ति घाइते भएकाछन।
आगो बिहीबार साँझ ७ बजेको समयमा शुरू भएको थियो। अपार्टमेन्टको पहिलो तल्लाको  भान्सामा खेलिरहेको बच्चा आगो देखेर चिच्याए पछि मात्र बच्चाको आमालाई थाहा भएको थियो,लगत्तै ऊनी बच्चालाई लिएर ढोका खुल्लै छाडी भागेकी थिइन। खुल्ला ढोकाबाट चिम्नीको रुपमा क्षणभरमै आगो पुरै अपार्टमेन्टमा फैलिएको थियो। न्यूयोर्कमा २५ वर्ष यता कै खतरनाक आगलागीको रुपमा यसलाई लिईएको छ। यस आगलागीमा नेपाली परे/नपरेको विवरण भने प्राप्त भैसकेको छैन।  घटनाबारे अनुसन्धान जारी छ।  
  

December 27, 2017

अमेरिकामा स्वस्तिक चिन्हको प्रयोग तपाईको लागि खतरा बन्न सक्छ

हिन्दु धर्मावलम्बीहरुले पवित्र मानेर पूजाआजामा प्रयोग गर्ने स्वस्तिक चिन्ह अब देखि अमेरिकामा प्रयोग गर्दा ध्यान पुर्याउनु होला, किनकि स्वस्तिक चिन्ह अहिले स्वेत सर्वोच्चता वकालत गर्ने  नियो नाजी,केकेके जस्ता समूहहरुले  प्रयोग गरिरहेछन। यो चिन्ह हिटलरको नाजी पार्टी र नाजी जर्मनीले दोश्रो विश्वयुद्द पहिला प्रयोगमा ल्याएको थियो। 

अमेरिकामा स्वेत सर्वोच्चताको समर्थन गर्ने गोराहरुले स्वस्तिक चिन्ह भएको झण्डा आफ्नो घर अगाडि राख्न शुरू गरेका छन।  केहि समय अघि भर्जिनियाको सार्लोट्सभिलमा भएको स्वेत राष्ट्रबादीहरुको हिंसात्मक प्रदर्शनमा स्वस्तिक झण्डाहरु पनि प्रयोग भएको थियो। अमेरिकामा बढिरहेको रंगको विभाजनमा विशेष गरेर आप्रबासीहरुलाई  ती स्वेत सर्बोच्चताको समर्थन गर्ने समूहहरुले निशाना बनाइरहेका छन, जसको शिकार  अमेरिकामा बसोबास गरिरहेका नेपालीहरु पनि भइरहेकाछन।   

गत शुक्रबार मात्र स्वस्तिक चिन्हको विवादले भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा रहेको रेस्टन शहरमा दुई जनाको ज्यान गएको छ। नजिकैको पार्कमा स्वस्तिक चिन्ह बनाउने ब्यक्तिले प्रेमिकालाई सोही कारणले भेट्न नपाएपछि उक्त ब्यक्तिले प्रेमिकाको आमाबुवालाई गोलीहानी हत्या गरेको थियो र पछि आफैलाई गोली हानेको थियो।

अमेरिकामा रहदा आफ्नो घर बाहिर पूजाआजा गर्दा देखिने गरि स्वस्तिक चिन्ह नबनाउदा नै राम्रो, यदि बनाउनै परे पूजाकोठाको वरिपरि बनाउँदा ठिक हुनेछ। आफ्नो शरीरमा देखिने गरि स्वस्तिक चिन्हको टाटु बनाउनु भएको छ भने अब सार्वजनिक ठाउँमा जादा भने अवश्य विचार पुर्याउनु पर्नेछ।  



December 25, 2017

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले यसरी दिए क्रिसमसको शुभकामना

टेलीफोनमा क्रिसमसको शुभकामना दिदै प्रथम महिला मेलानिया र राष्ट्रपति ट्रम्प 
राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले यस वर्षको  क्रिसमस फ्लोरिडा स्थित आफ्नै मार ए लगो रिसोर्टमा मनाएकाछन्।दुबैले क्रिसमसको अघिल्लो साँझ आइतबार अमेरिकी बालबालिकाहरु संग टेलीफोनमा क्रिसमसको शुभकामना आदानप्रदान गरेका थिए। 

सोमबार क्रिसमसको दिन भिडियो मार्फत शुभकामना दिदै 'मेलानिया र म क्रिसमसको अवसरमा अमेरिका र सम्पूर्ण विश्वलाई क्रिसमसको शुभकामना दिन पाउदा अत्यन्तै खुशी छौ। हामीले अमेरिकाको भलो र अमेरिकी जनताको आत्मा देखेका छौ।  हामी बर्दीका साहसी पुरुष र महिलाहरु प्रति सम्मान अर्पण गर्दछौ।'  राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको क्रिसमसको शुभकामना भिडियो :  


December 24, 2017

आफू विरुद्धको पछिल्लो नाकाबन्दीबारे उत्तरकोरियाको खतरनाक प्रतिक्रिया


संयुक्त राष्ट्रसंघले उत्तरकोरिया विरुद्ध भर्खरै पारित गरेको थप नाकाबन्दीबारे प्रतिक्रिया जनाउँदै उस्ले आइतबार उक्त प्रक्रियाको समर्थन गर्ने मुलुकहरुले ठूलो  मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।उस्का पछिल्ला क्षेप्यास्त्र परिक्षणहरूको अन्तराष्ट्रिय समुदायले चर्को विरोध गर्दै आईरहेकाछन्। 
उत्तर कोरियाका शासक किम जोन उन


अन्तराष्ट्रिय  समुदायको आलोचनाको  वेवास्ता गरिरहेको  उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले  भर्खरै थप नाकाबन्दी लगाएको हो। पछिल्लो नाकाबन्दी पछि उस्ले पेट्रोलियम पदार्थको निर्यात गर्न पाउने छैन। उक्त कदमबाट परमाणुजडित  क्षेप्यास्त्र बनाउने  अभियानमा रहेको उत्तर  कोरियालाई नकारात्मक आर्थिक प्रभाव पर्नेछ। 

संयुक्त राष्ट्रसंघमा उत्तरकोरिया विरुद्धको नाकाबन्दीलाई समर्थन गर्ने मुलुकहरु प्रति र मुख्य रुपमा संयुक्त राज्य अमेरिका प्रति उत्तर कोरिया रुस्ट बनेको छ। यसलाई उत्तर कोरियाले ऊ बिरुद्ध युद्द छेडिएको घोषणाको रुपमा लिएको जनाएको छ। केहि समय अघि अमेरिकी मेरिन कोर्प्सका जनरलले आफ्ना फौजलाई 'युद्ध नजिकिएको' जानकारी दिनुलाई कोरिया प्रायद्वीपमा जुनसुकै बेला युद्ध शुरू हुन सक्ने खतरा बढेर गएको हो।     

December 23, 2017

बार्सिलोनाले रियललाई ३-० ले हरायो,मेस्सी बने नायक

भर्खरै सम्पन्न स्पेनिस लालिगाको खेलमा बार्सिलोनाले रियललाई ३-० ले हराएकोछ। बार्सिलोनाका लागि लुईस स्वारेजले ५४,मेस्सीले ६४(पेनाल्टी) र एलेक्स भिडालले ९०+३ मिनेटमा गोल गर्दै यो जित दिलाएका हुन। रियल म्याड्रिडका डानी कार्भजलले ६३ मिनटमा रातो कार्ड खादै बाहिरिनु पर्यो।  जित सँगै बार्सिलोना ४५ अंकका साथ लिगको पहिलो स्थानमा कायम नै छ भने रियल ३१ अंकका साथ चौथो स्थानमा छ। आजको खेलमा रियालका लागि क्रिस्टियानो रोनाल्डोले खासै जादु देखाउन सकेनन। 

नयाँ अवतारमा अनमोल,चर्चामा चलचित्र 'कृ' को ट्रेलर

अहिले अनमोल केसी अभिनित चलचित्र 'कृ' को ट्रेलर चर्चामा छ। एकहप्ता अघि सार्वजनिक भएको चलचित्र 'कृ' को ट्रेलरललाई अहिले सम्म १४ लाख भन्दा बढी पटक हेरिएकोछ। नयाँ अवतारमा देखिएका अनमोललाई यस चलचित्रमा नवनायिका अदिती बुढाथोकीले साथ दिएकी छिन। सुरेन्द्र पौडेलद्वारा निर्देशित 'कृ' लाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन। चलचित्र 'कृ'  सिनेमा घरहरुमा माघ २६ गते देखि लाग्दैछ।

चलचित्र 'कृ' को ट्रेलर यस लिंकमा गएर हेर्नुहोस :https://www.youtube.com/watch?v=aRoObj9rnn0

December 20, 2017

राष्ट्रपति ट्रम्पलाई कार्यकालमा पहिलो सफलता,कर कटौती २०१८ जनवरी १ बाट लागु हुँदै

व्हाईट हाउसमा  सम्बोधन गर्दै राष्ट्रपति ट्रम्प     तस्विर:फक्स न्यूज
दुबै सदनले कर कटौती विधेयक पारित गरेपछि व्हाईट हाउसमा  आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले 'जीत हासिल गर्नु सधै रमाईलो हुने' बताए।  ३१ वर्ष अघि तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले जारी गर्नु भएको कर विधेयकलाई भर्खरै जारी कर कटौती विधेयकले  प्रतिस्थापन गरेको छ।

सभामा तल्लो सदन हाउसका स्पिकर पउल रायन, माथिल्लो सदन सिनेटमा बहुमत प्राप्त रिपब्लिकन दलका नेता मिच म्याकोनलका साथै कर कटौती विधेयकलाई निर्णायक बनाउन भूमिका खेल्ने रिपब्लिकन दलका नेताहरुको उपस्थिति थियो।

राष्ट्रपति ट्रम्पले कर कटौती अमेरिकी जनताको लागि क्रिसमस उपहार भएको र विदेशिएका ठूला कम्पनीहरु अब अमेरिका फर्किएर रोजगार सिर्जना गर्ने बताएकाछन।कर कटौती विधेयक माथिल्लो सदन सिनेटबाट ५१-४८ र  तल्लो सदन हाउसबाट २२४-२०१ भोटले पारित भएको थियो। दुबै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ।  

December 18, 2017

सियाटलमा दौडिरहेको रेल लिक बाहिर जादा कैयौ हाताहाती

 फोटो:एनबिसि 
वासिंगटन राज्यको सियाटलमा सोमबार बिहान ८१ माईल प्रतिघण्टाको  गतिले दौडिरहेको एमट्र्याक रेल  लिक बाहिर जादा कैयौ व्यक्ति हाताहाती भएको खबर छ। रेल लिकबाट बाहिरिएर सडकको वाईपासमा दौडिरहेका  कारहरु  माथि बजारिएको थियो। घटनाबारे अनुसन्धान भैरहेको र थप विवरणहरू आउने क्रममा छन्।
कम्तिमा पाँचवटा कारलाई अनियन्त्रित रेलले थिचेको बताइएकोछ।एमट्र्याक रेल ५०१ विहान ६ बजे सियाटलबाट पोर्टल्याण्डको लागि छुटेको थियो।पहिला रहेको घुमाउरो लिकलाई उक्त नयाँ लिकले प्रतिस्थापन गरेको थियो। अघिल्लो हप्ता मात्र नयाँ लिकको परिक्षण सफल भएको बताइन्छ। आज एमट्र्याक रेल उक्त नयाँ लिक हुँदै पहिलो सार्वजनिक यात्रुहरु लिएर गन्तव्यतिर जादै थियो। अहिले सम्म प्राप्त जानकारी अनुसार ३ जनाको मृत्यु भैसकेको खबर छ।

December 16, 2017

कर विधेयकको संयुक्त दस्तावेज सार्वजनिक, के के छन कर विधेयकमा?

वाशिंगटन डिसी,अन्तिम समयमा रिपब्लिकन सिनेटरहरु मार्को रुबियो,माइक लि,बब  क्रोकर,जेफ फ्लेकले  कर विधेयकको पक्षमा भोट गर्ने जनाए पछी अर्को हप्ता कर विधेयक पास हुने निश्चित भएको हो।  शुक्रबार साँझ अमेरिकी कंग्रेस र सिनेटको संयुक्त कर विधेयकको दस्तावेज सार्वजनिक भएको थियो। सिनेटरहरु मार्को रुबियो र माइक लि ले बालबालिका कर सहुलियत नबढाएको खण्डमा विधेयकको विपक्षमा मतदान गर्ने जनाए पछि वाशिंगटनमा तरंग फैलिएको थियो। उक्त मागको सम्बोधन गर्दै बालबालिका कर सहुलियत प्रस्तावित ११०० डलरबाट बढाएर १४०० डलर पुर्याइएको छ। 
सिनेटमा पास भएको कर विधेयकको पहिलो भर्सनको  विपक्षमा एक मात्र रिपब्लिकन सिनेटर बब  क्रोकरले मतदान गरेका थिए, तर यो कर विधेयकको संयुक्त दस्तावेजलाई भने उन्ले समर्थन गर्ने जनाई सकेकाछन। सार्वजनिक भएको कर विधेयकमा धनिहरुको कर्पोरेट कर ३५% बाट घटाएरा २१% बनाइएको छ। ओबामाकेयर लागु भएपछिको अनिवार्य स्वास्थ्य वीमा हुनै पर्ने प्रावधान हटाइएको छ। आगामी हप्ता क्रिसमसको विदा हुनु पूर्व दुवै सदनबाट विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पको टेबलमा हस्ताक्षरको लागि जानेछ। यो राष्ट्रपति ट्रम्पका लागि कार्यकालको पहिलो संवैधानिक विजय हुनेछ।भर्खरै भर्जिनिया,न्यूजर्सी र अलबामा राज्यहरुमा भएको  चुनावमा रिपब्लिकन पार्टीको हारले कर विधेयक पास गर्नै पर्ने दबाब रिपब्लिकन पार्टीमा बढेर गएको थियो। रिपब्लिकनहरुलाई आगामी वर्ष २०१८को मध्यचुनावमा अहिले दुबै सदनमा रहि आएको बहुमत गुम्ने डर छ। डेमोक्र्याट्सहरुले कर विधेयकले धनिहरुलाईमात्र फाइदा हुने र मध्यम वर्गीय परिवारलाई मार पर्ने भन्दै चर्को आलोचना गरेकाछन।   

December 13, 2017

अलाबामा सिनेट निर्वाचनमा डेमोक्रयाटिक डग जोन्सद्वारा रिपब्लिकन रोय मोर पराजित

रिपब्लिकन रोय मोर र डेमोक्र्याटिक डग जोन्स
अमेरिकाको अलाबामा राज्यको सिनेटको निर्वाचनको नतिजा भर्खरै प्राप्त भएकोछ। यौन दुर्व्यवहारको आरोप खेपिरहेका रिपब्लिकन उम्मेदवार रोय मोरलाई डेमोक्रयाटिक डग जोन्सले पराजित गरेकाछन्। साह्रै प्रतिस्पर्धात्मक  मानिएको उक्त निर्वाचनमा डेमोक्रयाटिक पार्टीको उम्मेदवारले २० वर्ष पछि पहिलोपल्ट सिनेटको सिट सुरक्षित गरेकाछन्।यस नतिजाले सिनेटमा अब रिपब्लिकन र डेमोक्रयाट्सको सिट संख्या ५१-४९ हुनेछ। जेफ सेसन्स महान्यायधिवक्ता भएपछि सिनेटबाट उन्ले राजीनामा दिएका  थिए।सिनेटको उक्त रिक्तस्थानमा  पदपूर्तिको लागि डिसेम्बर १२ तारिखमा निर्वाचन तोकिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले रोय मोरलाई समर्थन गरेका थिए।रिपब्लिकन पार्टीले सिनेटको एक सिट गुमाएपछि ट्रम्प प्रशासनलाई सिनेटमा विचाराधीन कर नीति सम्बन्धि परिमार्जित विधेयक पास गराउन चुनौती थपिएकोछ।

December 11, 2017

न्यूयोर्कमा आत्मघाती बम विष्फोट,आक्रमणकारी बंगलादेशी नागरिक भएको पुस्टि

न्यूयोर्क, सोमबार विहान ७:२० बजेको व्यस्त समयमा न्यूयोर्क पोर्ट अथोरिटीको बस टर्मिनलमा पाइप बम विष्फोट भएकोछ। घटनामा परि संदिग्घ आक्रमणकारी सहित केही व्यक्ति घाईते भएका छन्।घटना लगत्तै उक्त क्षेत्रमा पुलिस,एफबिआई र अग्नि नियन्त्रकहरूको बाक्लो उपस्थित रहेको थियो।सडकहरु केहि समयका लागि बन्द गरिएका थिए। अधिकारीहरूले आत्मघाती आक्रमण गर्ने  घाईते आक्रमणकारीलाई  नियन्त्रणमा लिएको बताएका छन। पाईपबम विस्फोट गराउने व्यक्ति बंगलादेशी मुलको २७ वर्षिय नागरिक अकायद उल्लाह भएको र उस्ले वम विस्फोट गर्दै गर्दाको  भिडियो न्यूयोर्क प्रहरीद्वारा  सार्वजनिक गरिएको छ। आप्रवासी भिसामा सन २०११मा अमेरिका आएको उक्त व्यक्ति ब्रुकलिनमा बस्दै आएको थियो। इलेक्ट्रीशियनको  काम गर्ने आक्रमणकारीले  आफु आईएसआईएसबाट प्रेरित भएको र मुस्लिम माथि अमेरिकाले गरेको हमलाको बदला स्वरुप आक्रमण गरेको प्रहरीलाई बताएको छ।  

December 10, 2017

वाम गठबन्धन दुई तिहाईतर्फ,केपी शर्मा ओली भावी प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष एवम भूतपूर्व प्रधानमन्त्रि  केपी शर्मा ओली
नेपालमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४मा नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनलाई पछि पार्दै नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धन दुई तिहाई सिट जित तर्फ अघि बढीरहेकोछ। नेपाली कांग्रेस हस्तीहरु नै निर्वाचनमा नराम्रो संग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवा माथि राजीनामाको दबाब बढ्दै गएको चर्चा शुरू हुन थालेकोछ। प्रतिनिधि सभामा निर्वाचित युवानेता गगन थापाले अनलाईन खबर संगको कुराकानीमा पार्टीका पहिलो पंक्तिका नेताहरुले नेतृत्व दोश्रो पुस्तालाई सुम्पनु पर्ने र राष्ट्रिय महाधिबेशन बोलाइनु पर्ने बताएका छन। उन्ले पार्टीको हारबारे केन्द्रिय समितिमा समीक्षा गरिने साथै अब यही ढंगले कांग्रेस अघि बढ़न नसक्ने पनि बताएका छन। 
निर्वाचनको पछिल्लो परिणाम अनुसार केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचन्ड,शेरबहादुर देउवा,गगन थापा,प्रकाशमान सिंह,शशांक कोईराला,माधव नेपाल,झलनाथ खनाल,डा.बाबुराम भट्टराई,योगेश भट्टराई,जनार्दन शर्मा,कृष्णबहादुर महरा,राम कार्की,विना मगर,लालबाबु पन्डित, ,महेश बस्नेत,अग्नी सापकोटा,हरिबोल गजुरेल,मिनेन्द्र रिजाल,राजेन्द्र महतो,अनिल झा,उपेन्द्र यादव,नवराज सिलवाल,ज्ञानेन्द्र बहादुर कार्की,रविन्द्र अधिकारी,महन्थ ठाकुर,सुवाशचन्द्र नेम्वाङ,ईश्वर पोख्रेल  लगायतका नेताहरु प्रतिनिधि सभामा निर्वाचित भएकाछन भने चर्चित राजनैतिक छवि भएका रामचन्द्र पौडेल,कृष्णप्रसाद सिटौला,शेखर कोइराला,बिमलेन्ध्र निधी,प्रकाशशरण महत,महेश आचार्य,नविन्द्रराज जोशी,वामदेव गौतम,रविन्द्र मिश्र,नारायणकाजी श्रेष्ठ,विश्वप्रकाश शर्मा,कमल थापा,विक्रम पाण्डे, पूर्णबहादुर खड्का जस्ता नेताहरुले  भने निर्वाचनमा पराजय व्यहोर्नु परेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा वाम गठबन्धनले स्पस्ट बहुमत सहितको सरकार बनाउने नतिजा आईरहेको छ।  समानुपातिक तर्फको नतिजा पनि प्रत्यक्ष जस्तै आएको खण्डमा वाम गठबन्धनको दुई तिहाई पुग्ने निश्चित देखिन्छ। दुई तिहाईको नतीजाले वाम गठबन्धनलाई  स्थाई र शक्तिशाली सरकार गठनमा सहयोग मिल्नेछ भने संविधान संशोधन गर्न सक्ने संबैधानिक अधिकार पनि सुनिश्चित हुनेछ। नेपाली कांग्रेस आगामी पाँच वर्षको लागि प्रतिपक्षको भूमिकामा आउदै गर्दा नेकपा एमालेका अध्यक्ष एवम भूतपूर्व प्रधानमन्त्रि  केपी शर्मा ओलीलाई  भावी प्रधानमन्त्रीको रुपमा हेर्न थालिएकोछ। 

December 09, 2017

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा हिमपात शुरू

वाशिंगटन डिसी, अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा शनिबार विहानबाट हिमपात शुरू भएको छ।  राष्ट्रिय मौसम विभागका अनुसार १ देखि ३ इन्च सम्मको हिमपात हुने अनुमान गरिएको छ।  घर, आँगन र सडकहरु हिउँले भरिन थालिसकेका छन।  क्रिसमस पर्व शुरू हुनु पूर्व हिमपात हुनुपर्ने परम्परागत विश्वास रहीआएको छ। विगत वर्षहरु भन्दा यो पटक चाडै हिमपात शुरू भएको हो।  

December 07, 2017

सिनेटर अल फ्रयांकनको राजीनामा

सिनेटर अल फ्रयांकन
वासिंगटन डिसी,एक पछि अर्को महिलालाई  यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सिनेटमा प्रभावशाली उपस्थिति जनाई रहेका डेमोक्र्याटिक सिनेटर अल फ्रयांकनले आगामी हप्ता राजीनामा दिने बताएका छन्। आफ्नै पार्टीका सिनेटरहरूबाट चर्को दबाब आएपछि अन्तत उनी राजीनामाको मनस्थितिमा पुगेका हुन्। हास्य जगतबाट आफ्नो पेशा शुरू गरेका फ्रयांकनलाई ‘स्याटर्डे नाईट लाईभ ले चर्चाको शिखरमा पुर्याएको थियो।बिहिवार सिनेटमा आफ्नो भनाई राख्दै ‘ आफू जादै गरेको तर यौन दुर्व्यवहार गरेको कुरा रेकर्ड सार्वजनिक भएको मान्छे ओभल अफिसमा बसिरहेको अनि स्त्री माथि बारम्बार यौन दुर्व्यवहार गरेको मान्छे सिनेटको लागि पार्टीको समर्थनमा अभियान चलाईरेहेको छ’ भनेर राष्ट्रपति ट्रम्प र सिनेटका उम्मेदवार रोय मोर माथि संकेत गर्दै उन्ले भने। मिनिसोटा सिनेटरको राजीनामा पछि त्यहाँका गभर्नर मार्क डेटनले सन् २०१८ को चुनावसम्मको लागि अस्थाई सिनेटर नियुक्त गर्नेछन्। #मिटु भन्ने ह्यासट्याग सामाजिक संजालमा अभियानको रुपमा देखा परे सँगै  यौन दुर्व्यवहारका आरोपहरू एक पछि अर्को गर्दै बाहिर आईरहेका छन्। यस वर्षको टाईम वर्ष व्यक्ति २०१७को उपमा पनि तिनै यौन दुर्व्यवहारबारे मौनता भंगगर्ने महिलाहरूलाई दिने टाईम पत्रिकाले घोषणा  गरिसकेकोछ।
श्रोत:सीएनएन 

December 06, 2017

ट्रम्पद्वारा जेरूसेलम इजरायलको राजधानी भएको विवादस्पद घोषणा

वाशिंगटन डिसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको राजधानी जेरूसेलम भएको विवादस्पद घोषणा गरेका छन। यसका साथै ट्रम्पले टेलअभिभमा रहेको अमेरिकन राजदुतावासलाई विवादस्पद भूमि जेरूसेलममा सार्ने बताएका छन।  'इजरायल अरु सार्वभौम देश जस्तै सार्वभौम देश हो जस्लाई आफ्नो राजधानी कहाँ राख्ने भन्ने अधिकार छ' राष्ट्रपति ट्रम्पले व्हाइट हाउसको कूटनीतिक कक्षमा  आयोजित पत्रकार सम्मेलनमा भने। उक्त घोषणाले मुस्लिम विश्वमा नराम्रो तरंग फैलाई दिएको छ।   
सन १९४८मा स्थापना भएको इजरायलको राजधानीको रुपमा जेरूसेलमलाई अमेरिका सहित विश्व जगतले स्वीकार गरेका थिएनन्। यस घोषणा पछि जेरूसेलमलाई इजरायलको राजधानी स्वीकार्ने अमेरिका पहिलो राष्ट्र हुनेछ। उक्त घोषणाले  इजरायल र प्यालेस्टाइन बीचको शान्ति प्रक्रिया खल्बलिन सक्ने खतरा बढेर गएकोछ।
श्रोत:वाशिंगटनपोष्ट

'मौनता भंग गर्नेहरु' टाईमको वर्ष व्यक्ति २०१७

यस वर्ष टाईमले वर्ष व्यक्ति २०१७को उपमा यौन हिंसा बारेमा मौनाता भङ गर्ने महिलाहरुलाई प्रदान गरेकोछ। वर्षौ देखि यौन हिंसाको शिकार भएका महिलाहरुले  एक पछी अर्को गर्दै आफ्ना कथाहरु बाहिर लिएर आएका थिए। जस्ले अन्तराष्ट्रिय रुपमा अहिले एउटा सामाजिक आन्दोलनको रुप लिईरहेको छ।सामाजिक संजालहरु #मिटु भन्ने ह्यास्ट्यागले भरिएकाछन्।
अहिले हलिवुडका नाम कहलिएका हस्ती, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरु माथि पुराना यौन हिंसाका आरोपहरु लागिरहेछन्। ति आरोपहरु पछि कतीले आफ्ना कार्यस्थल बाट बिदा पाई सकेका छन भने कतिपय बिदा लिने क्रममा छन्। मौनता भंग गर्ने महिलाहरु लाई उनिहरुको सहासको उच्च मुल्याङ्कन गर्दै यो उपमा दिएको हो। टाईम वर्ष व्यक्तित्वको दोश्रो र तेश्रो स्थानमा क्रमश: अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपती सि जिन्पिङ छन। टाईमले बुधवार बिहान एनबिसिको 'टुडे' कार्यक्रममा उक्त घोषणा गरेको हो।
श्रोत:न्यूयोर्कटाईम्स

December 05, 2017

क्यालिफोर्नियामा जङली आगोले भयानक रुप लियो

लसएन्जेल्स, तेश्रो पटक दक्षिण क्यालिफोर्नियामा जङली आगोले भयानक रुप लिएर २०० एकरभन्दा बढी जमिन सखाप पार्दै मुख्य राजमार्गहरु बन्द गराईदिएको छ। उक्त आगो ३०माइल प्रतीघन्टाको दरले अघी बढीरहेको बताइन्छ। अहिले सम्म १५० सम्रचना जलेर नस्ट भाईसकेको छ भने २७,००० मनिसलाई सुरक्षित स्थानमा सारीएकोछ। गत अक्टोबरको जङली आगोमा परी ४४ मनिसको मृत्‍यु हुनुका साथै ८९०० घरहरु जलेर नस्ट भएका थिए।
श्रोत:सिबियस

रसियालाई सन् २०१८को ओलम्पिकमा प्रतिबन्ध

सन् २०१८मा चीनको प्यओङचङ्गामा आयोजना हुन लगेको शितकालिन ओलम्पिकमा रसिया माथि प्रतिबन्ध लगेको छ। अन्तरास्ट्रिय ओलम्पिक कमिटीले डोपिङको आरोपमा रसिया माथि यो प्रतिबन्ध लगाएको हो।रसियालाई खेलाडीलाई शक्तीबर्धक औषधी प्रयोग गर्न लगाएको आरोप छ।  अाईओसी मंगलवार जारी गरेको वक्तब्यमा रसियन खेलाडीहरुले रुसको झन्डा बोकेर खेल्न नपाए पनि स्वतन्त्र रुपमा भने खेल्न पाउने छन। प्रतिबन्धबारे रसियाका राष्ट्रपती व्लादिमिर पुटिनको प्रतिकृया आई सकेको छैन। 
         श्रोत:एनबीसी

December 03, 2017

सिभियसले एट्नालाई ६९ बिलियन डलरमा किन्ने पक्का

अमेरिकी औषधि बिक्रेता सिभियसले स्वास्थ्य बिमा कंपनी एट्नालाई ६९ बिलियन डलरमा किन्ने पक्का भएकोछ। यसबाट सिभियसलाई थप ग्राहक सम्म पुग्न  र आफ्ना नियमित ग्राहकलाई आफैसंग कायम राख्न मद्दत पुग्नेछ। एट्नाको प्रति शेयरलाई  २०७ डलर तिर्न सिभियस राजी भएको हो।
सिभियस संग ९,७०० वटा औषधी पसल र १,१०० वटा वाक इन क्लिनिक रहेकोछ भने एट्नाले २२ मिलियन ग्राहकलाई स्वास्थ्य बिमा सेवा दिदै आएको थियो। अब सिभियसको प्रतिस्पर्धा अर्को ठूलो कम्पनी यूनाइटेड हेल्थकेयर संग हुनेछ,जसले गर्दा औषधिको मूल्य घट्ने अनुमान गरिएकोछ।  
श्रोत:एपी 

नायक राजबल्लभ कोइराला वैवाहिक बन्धनमा

तस्विर सौजन्य:रमेश खनालको फेसबुकबाट 

वाशिंगटन डिसी- नेपाली चलचित्रमा  एक समयका  स्थापित नायक राजबल्लभ  कोइराला वैवाहिक बन्धनमा बांधिएका छन।  हाल अमेरिकामा बस्दै आएका नायक कोइरालाको अमेरिका निवासी प्रतिमा बिमली संग लगनगाँठो जुरेको हो। नायक कोइरालाले इंस्टाग्राममा जन्ति लिएर बेहुलीको घर जादै गरेको तस्वीर राख्दै विवाहको औपचारिक जानकारी सामाजिक संजालमा सार्बजनिक गरेका हुन। नव विवाहित दम्पतिलाई विश्वचौतरी टिम हार्दिक बधाई एबम शुभकामना ब्यक्त गर्दछ।

तस्विर सौजन्य:राजबल्लव कोइरालाको फेसबुकबाट

अमेरिकी सिनेटमा पेश भएको कर सम्बन्धी बिधेयक ५१/४९ मतले पारित

Image result for tax cut and jobs act in senate
वाशिंगटन डिसी-अमेरिकी माथिल्लो सदन सिनेटमा पेश भएको कर कटौती र काम सम्बन्धी बिधेयक ५१/४९ मतले पारित भएको छ।  शुक्रबार राति अबेर सम्म चलेको बहसमा डेमोक्रेट्स सिनेटर हरुले बिधेयकको चर्को आलोचना गरेका थिए। शनिबार बिहान करीब २ बजे पारित भएको उक्त बिधेयकको बिपक्षमा रिपब्लिकन सिनेटर बब क्रोकरले मतदान गरे। ऊनि राष्ट्रपति ट्रम्पको चर्को आलोचक मानिन्छन। अब तल्लो र माथिल्लो सदन मिलेर बिधेयकलाई अन्तिम रूप दिने काम हुनेछ। 
संयुक्त बिधेयक दुबै सदनमा पास भए पछि हस्ताक्षरको लागि राष्ट्रपति ट्रम्पसमक्ष  जानेछ। राष्ट्रपतिबाट हस्ताक्षर भए पछि उक्त बिल कानूनको रूपमा  लागु हुनेछ। उक्त कानून लागु भएको खण्डमा धनिहरुको ब्यापारिक करमा ब्यापक कटौती हुनेछ भने यस्ले ७५,००० डलर भन्दा कम आम्दानी गर्ने ब्यक्ति/परिवारको कर बढाउने निश्चित छ। 

June 18, 2017

उपन्यास अंश-'छुटेको रेल'

आज फेब्रुअरी १४, उही डनलरिंग मेट्रो (रेलस्टेशन)को मूल गेटको चारैतिर मेरा आँखा डुलाईरहेकोछु।यो सातौ वर्ष हो। म त्यो दिन सम्झिरहेकोछु, जस्ले मलाई यस स्थानमा सधै आउन बाध्य बनाईरहेछ।

समय आफ्नै वेगमा दौडिरहेछ।पोटोम्याक(एक नदि जस्ले मेरिल्याण्ड र भर्जिनियालाई छुट्याउछ)मा धेरै पानी बगिसकेकोछ।यो जाडो याम, सडक छेउमा थुप्रिएको हिउँ अझै पग्लिसकेको छैन। मेट्रो अघि रहेको स्टारबक्स कफिसपमा बिहानीको कफि लिनेहरूको लाइन छ। यहाँका मान्छेलाई आदतनै बनेकोछ, बिहान कफि नलिइकन यिनीहरूको दिन नै शुरू हुन सक्दैन। कफि बिना अमेरिका उठ्न सक्दैन।वरिपरि हेरिरहेछु। केही खोजिरहेछु। म थाकेको छैन। कुरिरहेछु उही ठाउमा, उभिरहेछु उसैगरि जसरी म सात वर्ष अघि उभिएको थिए।बाटोमा गाडीको चाप अलि बढी नै छ, अफिसको समय, त्यहीमाथि मेट्रोको आँगन। ट्याक्सीहरूको लाइन छ मेरो अगाडी। म ठिंग उभिएको देखेर सोध्छन ड्राइभरहरू मलाई जाने हो भनेर, तर सबैलाई मेरो उही टाउको हल्लाएरै होइन भन्ने जवाफ दिन्छु।बिहान सात बजे देखि उभिईरहेको छु, आजकै दिन पारेर हरेक वर्ष कामबाट विदा लिने गरेकोछु। साथीभाई मलाई जिस्काउछन, भ्यालेण्टाइन डेको दिन विदामा बस्ने काममा ममात्र हुँ।

दिउँसोको बाह्र बज्यो।स्टेशन वरिपरिको खाजाघरमा भिड़ लाग्न थालिसकेको छ।विहान यहाँबाट छुटेको मान्छे यतिखेर सम्म न्यूयार्क पुगिसक्यो होला।मेरो आइफोनको ब्याट्री पनि ३०% मात्र बाकी छ अब।यो वर्ष पनि ती बितेका ६ वर्षहरू झै निराश भएर फर्किनु पर्ला जस्तो लाग्दैछ। धुम्मिएको आकाशमा सूर्य देख्न पाएको छैन। आईफ़ोनको मौसम एपले साँझमा हिउँ पर्ने देखाईरहेछ। चिसोले मेरा अोठ फुटेका छन्। दुइटा हात जिन्स पाइन्टको गोजीमा छन्। म केही आत्तिएको छु। बिहान देखि अहिले सम्म एक बट्टा मार्लबोरो सकिन लागेकोछ, फेरि एउटा सल्काउन खोज्दैछु।हावाको वेग केहि तेज़ छ, चुरोट सल्किदैन। हावा छेकिने नजिकको कुनातिर गए अनि सल्काए। मेरो मुखबाट धुवाको धागो निस्किरहेछ।'शिशिर' पछाडिबाट केहि चिनेको जस्तै स्वर मेरो कानमा आएर ठोक्कियो।

मुखभित्रको धुँवा निकाल्न नि भ्याइन। हत्तपत्त चुरोट भुईमा फालेर खुट्टाले कुल्चिए। पछाडि फर्कन डर लाग्यो।

'तिमीलाई मैले कति खोजे, तिमी कहाँ थियौ अहिले सम्म? 'वल्ल चिने उस्लाई।सात वर्ष अघिदेखि मैले खोजिरहेको मान्छे मेरै अगाडी देखिइन्।उनि केहि दुब्लाएकी थिइन्। आज चमत्कार नै भयो।

सात वर्ष अघि त्यो फेब्रुअरि १४ को दिन मेरो ट्याक्सीमा एक सुन्दर महिलाको प्रवेश भयो। उनी पनि नेपाली नै रहिछिन्। झट्ट हेर्दा उनि कुनै धनाढ्य वर्ग कि स्त्री देखिन्थिन।त्यो बेला मेरो अमेरिका आगमनको सुरूवाती दिनहरू थिए। उन्ले नै मलाई 'नेपाली हो?' भनेर सोधेकि थिइन्।

'म सिम्रन, नेपाली नै हुँ, नेपाल फर्किदै छु, हरेक वर्ष यही दिन पारेर म नेपाल जान्छु,किनकि भोलिपल्ट मेरो मामुको बर्थडे पर्छ, मैले मामुलाई प्रमिस गरेको छु कि उहाँको वर्थडेमा संसारको जुन कुनामा भएनि आउछु। आखिर मेरो उहाँ बाहेक यो संसारमा को छ र? मामु कहिले काही आइसिन्छ समरमा, तर एक दुई महिना पनि यहाँ बस्न सक्सिन्न। म यहाँ राम्रै काम गरिरहेछु। यही दिन म हरेक वर्ष नेपाल हिंड्छु।' उनी मात्र बोलिरहेकि थिइन्। म उन्लाई एेनामा देख्न सक्थे।डलस एयर पोर्ट सम्म डन लरिंगबाट मेरो ट्याक्सीमा उनी जादै थिइन्।उन्को साथमा एक लगेज व्याग थियो।म उन्लाई सुनिरहेको थिए। ११ बजेको इमिरेट्सको फ्लाईट थियो उन्को।मैले किन डन लरिंग हुदै भन्ने प्रश्न सोधेको थिए। जवाफमा अलेक्जेंड्रियामा मेरो निवास नजिकै मेट्रो स्टेशन छ, त्याबाट ट्रेनमै आउन सजिलो छ, ट्राफिक पनि नहुने।डलस एयरपोर्टको ड्रपअफमा उनि झरिन।'तपाई धेरै राम्रो मान्छे हुनुहुदोरहेछ, ल म अब लागे है त' उन्ले बोलेको अन्तिम वाक्य थियो। मैले 'शुभयात्रा' भन्न भ्याए। ट्याक्सी ड्राइभरको लागि एयरपोर्टमा ग्राहक लिनु र पर्याउनु नयाँ होइन, तर सिम्रनलाई भेटे पछि किन किन मलाई मनबाटै उनी आफ्नै लागिरहेको थियो। वर्षौदेखि चिनजान भए जस्तो। उन्लाई विदाई गरेपछि म पार्किंगमा गएर बसे उन्को ११ बजेको प्लेन नउडुन्जेल। म आकाश तिर घोत्लिरहेको थिए। सिम्रन चढेको प्लेन उड्यो।

(विश्वबन्धु कार्कीको दोस्रो प्रकाशोन्मुख उपन्यास 'छुटेको रेल' बाट)




June 04, 2017

सत्ता

यो सहरमा सत्ता फेरिईरहन्छ
बेमौसमको पत्ता फेरिईरहन्छ।

भूमिका अनेकन छन् उस्का
विना काम भत्ता फेरिईरहन्छ।

नयाँ कोट तयार भएर आयो
अनुदानका लत्ता फेरिईरहन्छ।

रूखको टुप्पोमा पुगेकोछ बाँदर
घरिघरि नै जत्था फेरिईरहन्छ।

Featured Post (चित्रित पोस्ट)

BishwaArt