भर्खरै: उत्तर कोरिया द्वारा आफ्नो परमाणु परिक्षण बन्द गर्ने घोषणा, अमेरिकी राष्ट्रपतीसँग वार्ताको पुर्वसन्ध्यामा कोरियाली शासक किमको कदमलाई रणनितीक रुपमा हेरिएकोछ। अमेरिका,बेलायत र फ्रान्सका संयुक्त फौजहरुद्वारा सिरियामा हवाई हमला, सिरियाले आफ्ना नागरिकहरु माथि रासयनिक हतियार प्रयोग गरेको आरोप। फ्लोरिडाको एक स्कुलमा पुर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउदा १७ जनाको ज्यान गयो,आक्रमणकारी प्रहरीको नियन्त्रणमा,बन्दुक नियन्त्रणको आवाज पुन: चर्कियो,अमेरिकाभर प्रदर्शन। अमेरिकाले यल सल्भाडोरलाई १५ वर्ष देखी दिदै आएको टिपीयस सुविधा खारेज गर्‍यो, २०१९को अन्त्य सम्म दुई लाख साल्भाडोरियनले अमेरिका छाड्नु पर्ने। २०१८ को जनवरी २२ देखि अमेरिकाको यातायात सुरक्षा विभागले नौ राज्यले न्यूनतम संघीय सुरक्षा मापदण्ड पुरा नगरेको भन्दै उक्त राज्यका सवारीचालक अनुमति पत्रको भरमा हवाईयात्रा गर्न नपाउने निर्णय लिएको छ।

08 October, 2016

दशैं आयो

दुवोमा लागेको शित सम्झें दशैं आयो
सुमधुर मालश्री गित सम्झें दशैं आयो।

हार्न जानेको छैन नेपाली मनले कतै
दुर्गा भवानीको जीत सम्झें दशैं आयो।

हुर्केको बचेरो पुग्यो सात समुन्द्र पारी
चराचुरूंगीको प्रीत सम्झें दशैं आयो।

देउरालीमा पिंग खेल्नेको भीड होला
सुन्दर नेपाली रित सम्झें दशैं आयो।