लेख्ने आट नै हरायो भनौ या लेख्ने जागर नै भयन,तर पनि आज म लेख्ने साह्स बटुल्दैछु ।खोई कुरा कहा बाट सुरु गरौ,मनमा धेरै कुरा हरु बाहिर निस्कन ब्याकुल छन।
आठ महिना अघि अमेरिका प्रस्थान गर्दाका केही तरंगहरु खोतेलने प्रयास गर्दैछु ।लन्डन हीथ्रो एयरपोर्टमा कतार एयरको एयरबस आबतरण गरे पछि त्यहा करीब २ घंटाको ट्रांसिट थियो , त्यहाबाट अमेरिकाको डालस वाशिंगटन डिसी को लागी यूनाइटेड एयरलाइंस को फ्लाइटको लागी चेकिंगको लाइनमा म र मेरी पत्नी लामबद्ध थियौ।
हैण्डक्यारी का सामान हरु लाई एक्सरे मेसिन भित्र राख्ने काम भैरहेथ्यो ,अचानक मेरो ब्याग लाई स्क्यान गर्दा "ट्या" "ट्या " "ट्या" गरेर आवाज आयो ।
नेपाल को टीआईए, कतार को दोहा एअरपोर्ट मा केही नभएको कुरा लन्डन मा कसरी हुन पुग्यो आफै चकित परे ।केही समय अघि संकास्पद पार्सललाई एअरपोर्ट मा नियंत्रण मा लिएको समाचार अंतरास्ट्रीय समाचार माध्यम हरुले प्रमुख समाचार बनाएर प्रसारित गरेका समाचारहरु झल्झालती सम्झन पुगे ।मनमा डर र त्रासको हरीकेन नै आय झै भयो ।अनि सम्झे आतंकबादको युद्ध लड़ीरहेका अमेरिका र यूरोपमा एउटा सोझो नेपालीको छोरो हतियार सहित समातिएको समाचार संसारभर छण भरमै चैतको डढेलोझै फैलीरहेको लाग्यो ।
"हात माथि गर ' अंग्रेजी भाषामा त्याहाको सेकुरीटी हेर्ने गोरो मान्छेले भन्यो अनि दूबै जनालाई एउटा छुट्टै कोठामा लिएर गयो ।डरले सीमा नाघ्न थाल्यो ,अब के हुने हो ? भन्ने प्रश्न मात्र दिमागमा दौड़ीरहेथ्यो ।"नेपाल बाट ?" पासपोर्ट हेरेर उसले सोध्न सुरु गर्यो ।
'झोलामा के के बोक्न मिल्छ तिमीलाई था 'थिएन ?'
'थियो '
'अनि यो के हो थाहा छ तिमीलाई ?'
'हजूर सर थाहा छ '
'अब तिमी जान पाउन्नौ अमेरिका ' उसले टाउको हल्लाउदै भन्यो ।
मेरी पत्नी र म एक अर्का लाई हेर्दै कालानीला भैसकेका थियौ।मैले दुई हात जोडेर बिन्ती गरे र भने 'यो मेरो पहिलो बिदेश यात्रा हो त्येसैले थाहा भएन, म जे पनि सजाय भोग्न तयार छु ' मैले यति भन्ना साथ उसले मलाई एउटा कागज मेरो अगाड़ी राख्दै सही गर्न अर्हायो। मलाई तब भने पार पाइएको जस्तो भान भयो,हल्का मनले सरासर सही गरिदिए । उसले मेरो झोला भीत्रको सामान नजिकैको बिनमा फालिदियो र अघाड़ी बढ़न इशारा गर्यो।त्यसपछि धेरै ठुलो मुक्ति मिलेको भान भयो हामी दुबैलाई ।त्यतीबेला हामीलाई पिंजड़ा बाट चरा छुटे झै भान भएथ्यो,सायद त्यसबेलाको हाम्रो अनुहार हेर्न लायक को थियो होला । बास्तबमा त्यों मेरो झोला भीत्रको सामान केहि नभएर पानी राख्ने प्लास्टिकको बोतल थियो ।
डलासएअरपोर्ट मा बोईंग जहाज अबतरण भएपछि पनि हामी इमीग्रेसनमा चेकिंगमा थियौ ।तेस्बेला भने लन्डनको जस्तो नहोला भन्ने लागीरहेथ्यो ।तर त्यस्तो भएन ,फेरी मेसिनले "ट्या" "ट्या " "ट्या" गरेर आवाज निकाल्यो।' लौऊ फसाद ' फेरी एस्तो के भयो ? हामी चकित थियौ ।त्यहाको सेकुरीटी अफिसरले झोला खोल्न भन्यो ।हामीले झोला खोल्यौ,भीत्र केहि भएजस्तो त लाग्या थिएन ।तर पनि उस्ले झोला बाट एउटा सामान लन्डन कै जसो गरि बिनमा फालिदियो।धन्न उस्ले केहि गर्न भनेन ,मलाई लाग्यो किन मैले ति समानहरु लिएर आएछू? अब त झोलानै रित्तो थियो ,गंतब्यमा पहिलो पाईला टेक्दै गर्दा एउटा कसम खाए 'अब उपरान्त त्यस्ता खाने कुरा लिएर कतै उड़ने छैन'।त्यहा फालिएको चीज भने हामी नेपालीको प्रिय खानेकुरा गुन्द्रुक र सुकुटी थियो ।
(चार वर्ष अघी अमेरिका आउने क्रममा भोगेको अनुभबमा आधारीत )