विश्वचौतारीमा यहाँलाई हार्दिक स्वागत छ। Welcome to bishwachautari.com. Here you will get all information in just a click. Don't forget to subscribe for new post and updates.

September 27, 2014

कथा-'दिल्लीको ठग'

अपोलो अस्पतालको चौथो तल्लाको बेड नम्बर ३२। म,आमा र दाई बुवाको उपचारको लागि दिल्लीमा थियौं। बुवा,आमा र दाई काठमाण्डूबाट आउनु भएको थियो भने म अमेरिकाबाट सीधै दिल्ली आएको थिए। बुवाको पहिलो चरणको कीमो सकिएको करीब पाँच दिन पछि  हाम्रो वार्डमाँ एकजना ४०-४५ बर्षको नेपाली जस्तै देखिने ब्यक्ति दाईको साथमा आए।  ती ब्यक्ति मेरो अन्दाज जस्तै नेपाली नै रहेछन् , झापा घर बताउने ती ब्यक्तिले बुवाको स्वास्थ्य अबस्थाबारे धेरै चासो दिए जस्तै गरी कुरा  राखे। उनको प्रस्तुतिहरु सुन्दा र देख्दा बास्तबमै तिनी निकै सहयोगी नेपाली जस्तै लाग्यो।  उनले भने "दिल्लीमाँ तीस बर्ष देखि बसिरहेछु अनि दुःखमा परेका थुप्रै नेपालीलाई सहयोग गरेकोछु , यहाँ पनि तपाईहरुलाई केहि सहयोग गर्न सक्छु की भनेर आएको। यस अस्पतालमा एउटा रिपोर्ट लिने क्रममा आएको हु, उहा भाई (मेरो दाई )लाई बाहिर भेट्दा नेपाली जस्तै लागेर कुरा गरेको थिए। "
कुराकानीकै क्रममा उनले थपे "तपाईहरु  महँगो होटेलमामा बस्नु भएको रहेछ, यहाँ निकै सस्तो होटेलहरु पनि छन, अहिले तपाईहरुले बस्नु भएको होटेलमाझै सुबिधा भएको ,तपाईहरुलाई थाहा नभएर हो, अहिले तपाईहरुले ६०० दिनको तिर्नु हुन्छ, अब तपाईहरुले दिनको १०० भन्दा बढ़ी तिर्नु पर्दैन"
मैले सोधे "हो र ? अनि कहा छ त्यस्तो होटेल ?
उनले भने  "त्यों यस्तै गंभीर रोग लागेका बिरामीको कुरुवाहरुकै लागि यहाँको सर्कारले उपलब्ध गराउने सुबिधा हो , तेस्का लागि एउटा फर्म भर्नु पर्छ।  "
मैले फेरि उत्सुक भएर सोधे "त्यों फर्म भर्ने ठाउँ कहाँ छ ?"
तेस्पछी उनले भने" ल! म संग एकजना हिड्नुहोस, अलिकति प्रशासनिक खर्च पनि हुन्छ, ५००० भारू जति बोक्नुहोस्। "
एक जना मात्र होइन, दाई र म दुबै जना उसंग जाने भयौ।  
अपोलो अस्पताल अघिको टेम्पो स्टॉपबाट हामी तीनजना हेम्स अस्पतालतीर लाग्यौ। उनले बताए अनुसार कम शुल्कक़ो होटेलक़ो लागि हेम्स अस्पतालमा आबेदन दिने ठाउँ छ।  सबै काम तेही गएपछि हुन्छ। 
हामी हेम्स अस्पतालको गेटमा ओर्लियौ अनि उनकै पछि-पछि लाग्यौ।अस्पतालमा सारै भीडभाड़ थियो। भुइतल्लाबाट पहिलो तल्ला उक्लने स्टेपनीर उनी  रोक्किए ।
"ल अब प्रशासन नजिकै छौ हामी, मैले सबैलाई चिनेको छु,त्याका कर्मचारीहरुलाई,तपाईंहरु जानु भयो भने ढिलो हुन्छ, तपाईहरु यही बस्दै गर्नुस, बरु मलाई बिरामीको नाम, ठेगाना अनि ३००० भारु दिनुहोस प्रशासनिक खर्चको लागि, त्यों पैसा तपाईहरु होटेलमा बस्नको लागि डिपोजिट पनि हो। "
मेरो दिमाग शून्य जस्तै भयो।  खल्तीबाट ३००० निकालेर उन्को  हातमा राखीदिए, एउटा कागज़मा बुवाको बिबरण लेखेर दिए।  त्यसपछि उनी  माथिल्लो तल्लामा उक्लिए ।
म झस्किए।  अनि दाईलाई भने "त्यों मान्छे भाग्यो भने त्यसको के परिचय हामीसँग छ त दाई ?"
दाईले भन्नुभयो "त्यों तेत्तिकै कहाँ भाग्न सक्छ  र ?"
मेरा आँखामा  उक्त  ब्यक्तिको तस्बिर नाचिरहेको थियो। हामी अलिकति ढिलो भइसकेका थियौ।म त्यों मान्छे गएको बाटो हेर्दै पछि लागे, तर त्यो बिशाल अस्पतालमा उस्को नाम निशान भेटिएन। करीब एक घण्टा खोजिसकेपछि  हामीले हेम्स अस्पतालको सेक्युरिटीलाई घटनाको जानकारी गरायौ। केहिबेरको बार्तालापमा उनीहरुले उल्टै यस्ता  प्रश्नहरु सोझ्याए  "अपरिचित ब्यक्तिको आपने क्यू बिस्वास किया? यहापे रोज यैसी घटनाएं होति हे, आपके पास उस्का कोही परिचय, फोटो या नंबर है ?
हामी नाजवाफ भयौ र  भन्यौ "नही "!!!

April 26, 2014



उपन्यास 'मोना' अहिले नेपालका निम्नलिखित पुस्तकपसलहरुमा उपलब्ध छ,
मुख्य बितरकहरु:
(१) एमके पब्लिसर एंड डिस्टीब्युटर ,भोटाहिटी ,फोन :०१-४२४९८३६
(२) भिजन पब्लिकेसन् , बागबजार ,फोन :९८५११२१४२६
अन्य वितरकहरु:
(१) नेसनल बुक सेन्टर , भोटाहिटी..., काठमाडौँ फोन :०१-४२२१२६९
(२) हरेक पुस्तक भण्डार , भोटाहिटी , काठमाडौँ , फोन :०१-४२५२९००
(३) हिमालयन बुक सेन्टर , रेडक्रस बिल्डिंग ,बागबजार ,फोन :०१-४२४२०८५
(४) श्री गोदाबरी बुक्स सेन्टर , बागबजार , काठमाडौँ , फोन :०१-४२३९१०७
(५) नेसनल बुक सेलर, जामेमार्केट ,रत्नपार्क ,फोन : ०१-४२४२४०९
(६) इन्टरनेसनल बुक शप, नेपाल प्रर्दशनी स्थल अगाडी , फोन: ०१-४२३२२५४
(७) सिद्धार्थ बुक्स एंड स्टेसनरी सेन्टर ,नया बानेश्वर चोक ,काठमाडौँ ,फोन :०१-४४९७३९०
(८) एस एन बुक्स शप ,चाबहिल, मित्रपार्क , फोन :०१- ४४६४७१०
(९) सिन्धुलीका प्रमुख पुस्तकपसलहरु : परजुना, काभ्रेभगवती, सदिक्षा
(१०) पोखरा,बुटवल,पाल्पा,दाङ,चितवन,धनगढी,धरान,बिराटनगरका पुस्तकपसलहरु
पुस्तकको मूल्य रु.२५०,$१०(नेपालबाहिर)


समयको-कुरुप-तस्बिर

http://www.ebudhabar.com/समयको-कुरुप-तस्बिर/

समयको कुरुप तस्बिरअधिकांश मानिसको जीवन संघर्षमा नै रुमल्लिएर बित्ने गर्दछ । संघर्ष, त्यस्ता मानिसहरूका निम्ति जीवन जिउने सूत्र र कला पनि हो । र, त्यस्ता मानिसहरू संघर्षका अनेक तह र आयाम सँगालेर बाँचेका हुन्छन् र उनीहरूका हरेक पाइला–पाइलामा संघर्षका रेखाहरू चिन्हित हुन्छ ।
उपन्यासकार विश्वबन्धु कार्कीले आफ्नो प्रथम उपन्यास ‘मोना’मार्फत नेपाली समाजको अत्यन्तै कुरुप र असमान अनुहारलाई सार्वजनिक गर्ने ध्येय सँगालेको प्रतीत हुन्छ । उपन्यासमा उनले सामाजिक एवम् परिवेशगत विडम्बनालाई धेरै नै मिहिन र प्रभावकारी ढंगले चित्रित गरेका छन् । एउटा समाज र परिवारभित्रका व्यक्तिको जीवनकथा बुनिएको ‘मोना’मा विपन्न वर्गका कामकाजी महिलाको जीवन–संसार हामीसामु उपस्थित हुन्छ । उनले नेपाली समाजमा नारी वर्गले भोग्नुपरेका दु:ख, कष्ट, उत्पीडन, अपमान, अवसादजस्ता पक्षहरूलाई कलात्मक ढंगले पस्किएका छन् उपन्यासमा ।
उपन्यासकी मूलपात्र मोना एउटा गरिब परिवारमा जन्मिएकी दु:खका अनेक आयामहरूसित परिचित व्यक्ति हुन् । ग्रामीण भेगमा जन्मिएका उनले सानैदेखि पारिवारिक दायित्व बेहोर्न बाध्य हुनुपर्छ । ग्रामीण क्षेत्रका एउटा गरिब परिवारका नारीले के–कस्ता दु:खका शृंखलाहरू पार गर्नुपर्छ ? यो सर्वविदितै पक्ष हो । दु:खका पक्षहरू घना रहेकै अवस्थामा, किशोरकालीन दिनहरूमा टेक्दै गर्दा उनी र उनका समकालीन दलित युवा चन्द्रेबीच मायाका पोयोहरू बाटिन्छन् । उनीहरू एकैसाथ जिउने र मर्ने वाचासँगै सपनाका बान्कीहरू पनि बुन्छन् । तर, परिस्थिति भने उनीहरूले सोचेअनुरूप सरल र सुगम तरिकाले विकसित हुँदैन । अपवादलाई छोड्ने हो भने, सामाजिक कुरीति, विसंगति, जातीय भेदभाव र धार्मिक/सांस्कृतिक जटिलताहरूले बेरिएको नेपाली समाजमा एउटा दलित युवा र गैरदलित युवतीबीच विवाह हुने कुरा असम्भवप्राय: नै हुन्छ । त्यही कारण, मोनाको बिहे एउटा सम्पन्न परिवारको युवासित हुन्छ । तर, मोनाको बिहे जुन युवासित हुन्छ, ऊ एड्सद्वारा पीडित व्यक्ति हुन्छ । सहरमा बसोवास गर्ने क्रममा त्यहाँका वेश्यालयहरूमा धाउने चरित्र भएका मोनाको पतिले अन्तत: मोना र उनको पेटमा रहेको शिशुलाई समेत एड्स सारेर मृत्युको सिकार बन्न पुग्छ । पतिको मृत्युपछि मोनाको जीवन कहालीलाग्दो स्थितिबीच गुज्रिन्छ र अन्तत: उसले आफ्ना बाल्यकालदेखिकै साथी चन्द्रेसित नै निकटता बढाउँछे । तर, चन्द्रेसित निकट भए तापनि उनीहरूको गाउँमा बस्ने वातावरण भत्किन्छ । गाउँमा अनेक किसिमका दु:ख, अपमान झेल्नुपरेपछि सहर छिरेका ती तीनै पात्रको दु:खद् अन्त्य हुन्छ । बियोगान्त तरिकाले उपन्यास टुंगिन्छ ।
नेपाली समाजको वास्तविक स्थितिको उत्खनन् गर्ने क्रममा ‘मोना’ले धेरै प्रश्न पनि उठाएको छ । हुन पनि, नारीहरू एकै दृष्टिमा चरित्रहीन बन्न पुग्छन्, यही नै नेपाली समाजको कटु यथार्थ हो । एउटी नारीलाई हरेक किसिमले प्रयोग गरेर उसलाई चरित्रगत हिसाबले समाप्त पार्नका लागि हरसम्भव प्रयास गर्ने गरिन्छ । त्यसको ज्वलन्त दृष्टान्त मोनाजस्तै असंख्य पात्र हुन् । साथै, एउटा पतिको घनघोर भोगवादी प्रवृत्तिका कारण उसका पत्नी र सन्तानले समेत कसरी दु:ख भोग्नुपर्छ र दारुण मृत्युको सिकारसमेत बन्न पुग्नु पर्दछ भन्ने देखाउने क्रममा पनि उपन्यास अग्रसर छ ।
नारीप्रति हिंसा र संवेदनहीनताको विष कतिसम्म फैलिएको छ ? यो पक्ष देखाउन सक्षम उपन्यासमा पारिवारिक अपवादको सम्पूर्ण दोष एउटी नारीको टाउको खन्याएर नेपाली समाजले आफूलाई कतिसम्म क्रूर र अमानवीयताको गोरेटोमा पाइला बढाइरहेको छ भन्ने पनि प्रस्ट पारेको छ । र, उपन्यासमा नारीप्रति समाजको पूर्वाग्रहको खुलासासमेत गरिएको छ । नेपाली समाजको विद्रुप तस्बिर उतार्न अग्रसर ‘मोना’ निम्न वर्गीय नेपाली सामाजिक जीवनको ‘रफ ड्राफ्ट’ प्रतीत हुन्छ । तर, उपन्यासभित्रका पात्रहरू भने ‘फेयर’ जीवन बाँच्ने उत्कट अभिलाषा राख्छन् । तर समाज, समय र परिस्थितिले तिनीहरूलाई ‘रफ’ मा नै बाँच्न बाध्य तुल्याउँछ ।
‘मोना’ केवल स्थुल निर्वाह र सामाजिक स्थितिहरूको बयानमा मात्र बढी केन्द्रित छ । पात्रहरू परिस्थितिसित टक्कर लिन त्यति सक्षम र सबल छैनन् । तथापि, विश्वबन्धुको यो उपन्यासले एउटा के आशा निश्चित रूपमा जगाउँछ भने, भविष्यमा उनीबाट नेपाली साहित्यक्षेत्र र पाठकहरूले अझ धेरै उम्दा उपन्यास पाउनेछन् ।
उपन्यासकार : विश्वबन्धु कार्की
विधा : उपन्यास
प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी, अमेरिका
पृष्ठ : २०८
मूल्य : २५०।–

Featured Post (चित्रित पोस्ट)

BishwaArt